• मोरङ । माओवादी केन्द्रको आयोजनामा ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान शनिबारदेखि सुरु भएको छ । 
    जनतासँग थप सम्बन्ध स्थापित गर्ने उदेश्यले सुरु भएको अभियानको उद्घटन अध्यक्ष प्रचण्डले दिउसो १ बजे काठमाडौंबाट गरेका थिए । उक्त अभियानको उद्घाटन देशैभर प्रत्यक्ष प्रशारण हेर्नुको साथै विभिन्न कार्यक्रम गरेर देशको सबै वडाहरुबाट अभियान सुरु भएको हो । 

    आफै भिडेपछि मात्र कार्यकर्ता आउछनः प्रचण्ड


    अध्यक्ष प्रचण्डले समाजिक न्याय र समाजवाद स्थापित गर्न माओवादी पार्टीसँग जनताको सम्बन्ध पानी र माछा, नङ र मासुको जस्तो हुनुपर्ने बताएका थिए । नेता आफै मैदानमा भिडेपछि मात्र कार्यकर्ता र जनता पछि लाग्ने बताए । 

    जनता जराहुनः किराती

    यसैक्रममा पार्टी अभियानको क्रममा मोरङको बेलबारी आइपुग्नु भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री सुदन किरातीले जनता एउटा जीवित रुखको जरा भएको बताए । रुख बलियो हुन जरा आवश्यक भएजस्तै पार्टी बलियो हुन जनताको साथ आवश्यक हुने किरातीको भनाइ थियो । 
    पार्टीको तीन महिने अभियानको क्रममा पार्टी, नेताहरु र सरकारले देश निर्माणको लागि के गर्नुपर्छ जनताबाट सुझाव संकलन गरिने मन्त्री किरातीले बताए । सुरुमा प्रस्न सहितको सुझाव पत्र गाउँगाउँमा पठाइने र संकलन गर्न आफै पुग्ने मन्त्रीले बताए । 
    जनता इतिहासको निर्माता भएकोले पार्टी र सरकारले सहि सुझाव कार्यान्वयनको लागि पहल गर्ने मन्त्री किरातीले बताए । भ्रष्ट्रचारीहरु देशको सबैभन्दा ठूलो सत्रु भएको समेत किरातीको भनाइ थियो । 

    पथरीशनिश्चरेमा यस्तो रह्यो अभियान


    ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान, घरघरमा माओवादी जनजनमा माओवादी’ अभियान मोरङ पथरीशनिश्चरे नगरको १० वटै वडामा उद्घाटन भएको छ ।
    अध्यक्ष प्रचण्डको उद्घाटन मन्तब्य प्रत्यक्ष हेरेपछि नगरको बिभिन्न वडामा रहेको सामुदायिक भवन, सार्वजनिक क्षेत्र, सरकारी कार्यालय परिसर सरसफाइ, वृक्ष रोपन, प्रशिक्षण त कतै दुब्र्यासन विरुद्ध जनचेतना कार्यक्रमको आयोजना गरी उद्घान भएको पार्टी नगर अध्यक्ष गोबिन्द कटुवालले बताए । 
    कुनै वडामा सहिद परिवार भेटघाट, सम्मान कार्यक्रम गरेर तीन महिने अभियानको उद्घाटन भएको नगर सचिव मान दियालीले बताए । 
    अभियानको लागि पथरीशनिश्चरे नगरमा पार्टीले केन्द्रीय सदस्य तथा पूर्ब प्रदेशको उपसभामुख सरस्वती पोख्रेललाई कमाण्डर तोकेर पठाएको छ । अभियान उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य पोख्रेल नगरको १० नं. वडा लगायत पुगेका थिए । 

    तीन महिने अभियानको लागि पथरीशनिश्चरे नगरमा जिम्मेवारी 
    नगर इन्चार्जः सरस्वती पोख्रेल
    वडा नं. १ मा ध्रुर्ब महत, बेदनिधी खनाल, अर्जुन किराती 
    वडा नं. २ मा शिव तिम्सिना, मान दियाली 
    वडा नं. ३ मा खेम प्रधान, नरबहादुर राई, दोर्ण खड्का, अनु राई, राधिका गौतम 
    वडा नं. ४ मा गंगा साँबा, मोहन भट्टराई, मानबहादुर बिक 
    वडा नं. ५ मा बालकुमार मगर, खड्ग मगर, रिता गिरी, नरेन्द्र घिमिरे
    वडा नं. ६ मा नेत्र पोख्रेल, पुनम खतिवडा, यशोदा खतिवडा
    वडा नं. ७ मा टिका दाहाल, गोबिन्द कटुवाल, राजकुमार बिक
    वडा नं. ८ मा दौलतराम भण्डारी (डायमण्ड), सुमन वनेम
    वडा नं. ९ मा अम्बिका अर्याल, ओम श्रमिक 
    वडा नं. १० मा सरस्वती पोख्रेल, कमल हाङबाङ, प्रेम ढकाल, रबिन राई, मदन पोख्रेल 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा स्थित सुनाखरी माविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यायो कपडा वितरण…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेको छ ।&n…

मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, स…