• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—१, मा स्थापित पथरी बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन क्वालिटी एसुरेन्स एजेन्सी (क्युएए) प्रकृया अघि बढेको छ । 
    शैक्षिक गुणस्तर क्यूएए प्रमाणित गर्न प्रकृया अघि बढेपछि त्रिभुवन विश्व विद्यालय अनुदान आयोग प्रि फिल्ड भिजिटको लागि क्याम्पस आएको हो । 
    विश्व विद्यालय अनुदान आयोगकोको पूर्ब सदस्य सचिव तथा आयोगको विशेषज्ञ प्रध्यापक भोलानाथ पोख्रेलको टोली पथरी बहुमुखी क्याम्पसको पहिलो (प्रि) भिजिटमा आएका हुन । 
    क्यूएए उच्च शिक्षामा अन्तर्राष्ट्रिय स्तर कायम भएको छ कि छैन् भन्ने मापन गर्ने प्रकृया हो । क्यूएए प्रमाणित गर्न क्याम्पसले विश्व विद्यालय अनुदान आयोगलाई प्रस्ताव गरेपछि विभिन्न मापदण्ड परीक्षण गर्छ । शैक्षिक गुणस्तर पुगेको क्याम्पस हरुलाई आयोगले प्रमाणपत्र दिन्छ र निरन्तर गुणस्तर कायम रह नरहेको परीक्षण गर्दछ । 
    स्नातक पढेर बाँकी शिक्षा लिन विदेश जान चाहने बिद्यार्थीहरुलाई क्यूएए प्रमाणित क्याम्पसको प्रमाणपत्र खोज्ने गरेको विश्व विद्यालय अनुदान आयोगको पूर्ब सदस्य सचिव तथा आयोगको विशेषज्ञ प्रध्यापक भोलानाथ पोख्रेलले बताए । 
    क्यूएए प्रमाणित गर्नु भनेको क्याम्पसमा शैक्षिक गुणस्तर अन्तराष्ट्रिय स्तरको छ, छैन प्रमाणित गर्ने प्रकृया हो । क्यूएए प्रमाणित भएका पब्लिक क्याम्पस हरुलाई त्रिभुवान विश्व विद्यालयले अनुदान लगायतको सुबिधा बढ्दछ । 
    पथरी बहुमुखी क्याम्पसलाई क्यूएए प्रमाणित गर्न क्याम्पस सञ्चालक समितिले ३२ सय पेजको रिपोर्ट त्रिभुवान विश्व विद्यालय अनुदान आयोगमा बुझाएको थियो । सो रिर्पोटको आधारमा आयोगले प्रि भिजिटमा पठाएको क्याम्पस सञ्चालक समितिको अध्यक्ष रामकुमार बस्नेतले बताए । 
    आयोगको प्रतिनिधिहरुले आइतबार, सोमबार र मंगलबार तीन दिन बसेर क्याम्पसले बुझाएको रिपोर्टको थप परीक्षण गर्नेछ । 
    यसै क्रममा आइतबार क्याम्पस सञ्चालक समितिले भिजिटर टोलीलाई स्वागतको साथै क्याम्पसको वर्तमान अवस्था बारे प्रस्तुत गरेका थिए । पूर्ब क्याम्पस प्रमुख चेतन पौडेलले क्याम्पसको शैक्षिक, भौतिक, आर्थिक, शिक्षक र विद्यार्थी लगायतको बिषयमा प्रस्तुत गरेका थिए । 
    पौिडेलको प्रस्तुतीपछि विश्व विद्यालय अनुदान आयोगका पूर्ब सदस्य सचिव तथा आयोगको विशेषज्ञ प्रध्यापक भोलानाथ पोख्रेलले क्यूएए लिने प्रकृया र नेपालको शैक्षिक अवस्था बारे बोलेका थिए । पोख्रैलले क्यूएए लिएका कतिपय क्याम्पसहरुले गुणस्तर कायम राख्न नसेको जानकारी दिएका थिए । त्यसकारण क्युएए किन लिने क्याम्पस क्लियर हुनुपर्ने पोख्रेलको भनाइ थियो । 
    नेपालमा ५० प्रतिशत विद्यार्थी १२ पास गरेर विदेश जाने, छात्राहरु अध्ययनकै क्रममा विवाह गर्ने, जनसंख्या घट्दै जानुले ड्रप आउट (पढाइ छाड्ने), पढेर केही काम छैन बारु काम गर्न विदेशिनेको संख्या बढ्दै गएको, नयाँ नयाँ प्रविधिको कारण शिक्षा महंङ्गो हुँदैगएको कारण नेपालको शैक्षिक अवस्था गम्भीर हुने पोख्रेलको भनाइ थियो । 
    कार्यक्रममा पथरीशनिश्चरे नगरको निवर्तमान प्रमुख दिलिपकुमार राई, शैक्षिक संस्था सञ्चालकहरु, क्याम्पस सञ्चालक समितिका पदाधिकारी सदस्यहरु, विद्यार्थी प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा स्थित सुनाखरी माविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यायो कपडा वितरण…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेको छ ।&n…

मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, स…