• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—१, मा स्थापित पथरी बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन क्वालिटी एसुरेन्स एण्ड एक्रिडिटेशन (क्यूएए) प्रकृयाको लागि विश्वविद्यालय अनुदान आयोगको पहिलो भिजिट मंगलबार समापन भएको छ । 
    विश्व विद्यालय अनुदान आयोगको पूर्ब सदस्य सचिव तथा आयोगको विशेषज्ञ प्रध्यापक भोलानाथ पोखरेल र नवीना चौलागाइको टोली क्याम्पसको पहिलो (तयारी) भिजिटमा आएका थिए । 
    क्यूएए (क्वालिटी एसुरेन्स एण्ड एक्रिडिटेशन) प्रमाणित भए उक्त क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तर युक्त विद्यार्थी उत्पादन गर्ने मान्यता प्राप्त हुन्छ । 
    पथरी बहुमुखी क्याम्पसले क्यूएए प्रमाणितको प्रकृया अघि बढाएपछि विश्वविद्यालय अनुदान आयोगको टोली भदौ १७ गते आएर तीन दिनसम्म अध्ययन गरेको थियो । 
    क्याम्पसले पठाएको ३२ सय पेजको प्रतिवेदनको आधारमा आयोगको टोलीले अध्ययन गरेको थियो । टोलीले क्याम्पस सञ्चालक समितिको अध्यक्ष, क्याम्पस प्रमुखलाई एक्ला, एक्लै र समूहमा, कर्मचारी, शिक्षकहरु, समाजका अगुवाहरु, विद्यार्थी, पूर्व विद्यार्थी, क्याम्पस पढेर रोजगारीमा लागेका र रोजगारदाताहरुलाई, स्याट, एसएसआर, आरएमसी, डिपार्टमेन्ट प्रमुखहरुलाई, स्ववियु पदाधिकारी, स्वास्थ्य व्यवस्था बारे छुट्टाछुट्टै भेटघाट गरेर अध्ययन गरेका थिए । 
    त्यसैगरी भौतिक पूर्वाधार, लाइबेरी, ल्याव, क्यान्टिन, गाडी तथा साइकल स्टेनको व्यवस्था हेरेका थिए । 
    पथरी बहुमुखी क्याम्पसमा एमएड, एमबीएस, बीए, बीबीएस, बीएड गरी हाल ६७६ विद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा अध्ययनरत विद्यार्थीको उर्तिर्ण प्रतिशत ४५.९४ रहेको छ । क्याम्पसमा वीचैमा पढाइ छाड्ने (ड्रप आउट) विद्यार्थी ५० प्रतिशत रहेको छ । 
    विश्व विद्यालय अनुदान आयोगको टोलीले पथरी बहुमुखी क्याम्पसलाई चार वटा भाग र ८ वटा क्षेत्रमा अध्ययन गरेका थिए । 
    आयोग टोलीले विद्यार्थी पास प्रतिशत बृद्धि गर्नुपर्ने, वीचैमा पढाइ छाड्ने विद्यार्थीको संख्या घटाउनु पर्ने, सिकाइ अभ्यास एकातर्फी (लेक्चर विधि) मात्र प्रयोग भएको, मानव श्रोत बिकासको योजना नभएको, अनुसन्धान लेख सिमित भएको लगायतको निष्कर्ष लेख्दै सुझाब समेत दिएको छ । 
    टोलीको अध्ययनबाट प्राप्त निष्कर्ष र सुझाब गरी २२ पृष्टको रिपोर्टमा विश्वविद्यालय अनुदान आयोग र क्याम्पसको दोहोरो हस्ताक्षर भएको छ । आयोगको तर्फबाट भोलानाथ पोखरेल, नवीना चौलागाई, क्याम्पस सञ्चालक समितिको अध्यक्ष रामकुमार बस्नेत, क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, स्याट कोअडिनेटर चेतनाथ पौडेल लगायतको हस्ताक्षर रहेको छ । 
    मंगलबार भएको अन्तिम छलफलमा आयोगको तर्फबाट भोलानाथ पोखरेलले रिर्पोटमा उल्लेख भएको बिषय उपस्थित सरोकारवालाहरु लाई सुनाएका थिए । 
    सञ्चालक समितिको अध्यक्ष रामकुमार बस्नेतले पथरी बहुमुखी क्याम्पसलाई अन्तर्राष्ट्रिय स्तरमा बिक्ने जनशक्ती उत्पादन गर्न सुझाबहरु लाई समेटेर क्यूएए प्रमाणित गर्न तीन महिना भित्र पुनः रिर्पोट बुझाउने प्रतिबद्धता गरेका छन् । अध्यक्ष बस्नेतले क्याम्पसले क्यूएए प्रमाणपत्र पाउनेमा विस्वास्त भएको बताएका छन् । 
    क्याम्पस प्रमुख शान्तिराम तिम्सिनाले उतिर्ण प्रतिशत बृद्धि गर्ने, क्याम्पसलाई लागेको ऋण तिर्न पहल गर्ने लगायतको प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले सबै लागे क्याम्पसको गुणस्तर सुधार नर्ग सकिने र स्थानीय सरकारको तर्फबाट सहयोग रहने बताएका छन् । संविधान सभा सदस्य चण्डीप्रसाद राईले क्यूएए प्रमाणपत्र भन्दा पनि शैक्षिक गुणस्तर वृद्धिको लागि विद्यार्थीलाई काउन्सिलिङको आवस्यक्ता रहेको बताएका थिए । 
    क्यूएए उच्च शिक्षामा अन्तर्राष्ट्रिय स्तर कायम भएको छ कि छैन् भन्ने मापन गर्ने प्रकृया हो । क्यूएए प्रमाणित गर्न क्याम्पसले विश्व विद्यालय अनुदान आयोगलाई प्रस्ताव गरेपछि विभिन्न मापदण्ड परीक्षण गर्छ । शैक्षिक गुणस्तर पुगेको क्याम्पस हरुलाई आयोगले प्रमाणपत्र दिन्छ र निरन्तर गुणस्तर कायम रहेनरहेको परीक्षण गर्दछ । 
    स्नातक पढेर बाँकी शिक्षा लिन विदेश जान चाहने बिद्यार्थीहरुलाई क्यूएए प्रमाणित क्याम्पस र प्रमाण पत्रको आवश्यकता हुन्छ । क्यूएए प्रमाणित भएका पब्लिक क्याम्पसहरु लाई विश्व विद्यालय अनुदान आयोगले अनुदान लगायतको सुबिधा बढाउद छ । 
    प्रि—भिजिटबाट आएका सुझबहरु समेटेर क्याम्पसले रिर्पोट बुझाएपछि अनुदान आयोगले दोस्रो भिजिट गर्ने र थप प्रकृया अघि बढ्ने गर्दछ । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१ कि रिजु भट्टराई नेपालको प्रतिनिधित्व गर्दै विश्व सुन्दरी प्रतियोगिता भिड्…

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेप…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित पशुपति सामुदायिक वन उपभोक्ता समितिले लाहा खेतीको लागि शनिवा…

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा जोडिएको   घोषणा ग…