• मोरङ । मोरङको पथरीशनिश्चरे १० स्थित डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समूहले आफ्नौ २२ औं बार्षिक साधारणसभाको अवसरमा यस क्षेत्रमा पाइने निगुरो, सिमसाग र जिब्रीसागको प्रचारमा जोड दिएको छ । 
    समूहको २२ औं साधारण सभा शनिबार सम्पन्न भएको थियो । समूहको वन क्षेत्रमा निगुरो, बिब्रीसाग बिक्रीबाट जिविको पार्जन गर्नेको संख्या बढ्दै गएको छ भने सिमसाग उत्पादन हुने गरेको छ । तरकारी (सब्जी)को रुपमा प्रयोगहुने यी सागहरु उत्पादनमा लाग्ने समूहको योजना रहेको अध्यक्ष पोख्रेलले बताए । 
    साधारण सभामा उपस्थित संघीय सांसद सुनिल शर्मा लगायतका अतिथिहरुलाई यीनै साग मायाको चिनोको रुपमा प्रदान गरिएको थियो । 
    साधारण सभामा सुरुहुनु अघि महिलाहरुको लागि तिज कार्यक्रम राखिएको थियो । समूहका अध्यक्ष मदन पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा समूहको प्रगाति, आर्थिक लगायतको प्रतिवेदन प्रस्तुत भएको थियो । 
    उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य गीता तिम्सिना, १० नं. वडा अध्यक्ष जीवन खतिवडा, सामुदायिक वन उपभोक्ता महासंघको नेता अग्गी पौडेल, नगर अध्यक्ष मैना आचार्य लगायत उपस्थिति रहेको कार्यक्रम पूर्ब अध्यक्ष जीवन कटुवालले सञ्चालन गरेका थिए । 

     


     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…