• मोरङ । मोरङको बेलबारीमा ‘छौठौ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप–२०८०’ फुटबल प्रतियोगिता हुने भएको छ । 
    फुटबलको बिकास, खेलाडी उत्पादन र प्रवद्र्धनको सााथै युवाहरुलाई सामाजिक काममा लगाउने उदेश्यले बेलबारी ११ स्थित लक्ष्मीमार्ग फुटबल मैदानमा असोज २८ देखि कार्तिक ४ गतेसम्म प्रतियोगिता हुने भएको छ । 
    प्रतियोगितामा चर्च वईज काठमाडौ, बिग्रेड ब्वाइज क्लब काठमाडौ, सहलेश युवा क्लव सिराहा, रारा फुटबल क्लव धनकुटा, बिर्तामोड युनइटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब भोजपुर, आयोजक डाँगिहाट युथ क्लव र युकेएफसी भारत गरी ८ टिम सहभागि हुने आयोजक समितिको अध्यक्ष बिक्रम वान्तावा राईले बताए । 
    उपाधि जित्ने टिमलाई ८ र दोस्रो हुनेलाई ५ लाख नगदसहित, ट्रफी, मेडल, प्रमाणपत्र, विधागत र प्रत्येक म्याचमा नगदसहित म्यान आफ द म्याच प्रदान गरिने आयोजक समितिको सचिव शम्भु बस्नेतले बताए । पुरस्कार नगद राशी मोरङ जिल्ला सदरमुकाम विराटनगर बाहिरको सबैभन्दा बढी हो । 
    करिव ६३ लाखको लागत अनुमान गरिएको गोल्डकप प्रतियोगितामा मुख्य सहयोग बेलबारी नगरपालिकाको रहने प्रतियोगिताको सञ्चार संयोजक नरेन्द्र बस्नेतले बताए । प्रतियोगिता हुने बारे आज (सुक्रबार) पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् । सोही प्रचारको लागि बेलबारी खेल मैदानमा शनिबार सञ्चारकर्मी लगायत चार टिमको प्रदर्शनी म्याचको आयोजना गरिएको छ । 
    प्रतियोगिताको लागि भुटबल मैदान सफाइ तथा दर्शक बस्ने स्थान व्यवस्थित लगायतको काम भइरहेको छ । 

     


     

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो च्यामपियनसिको उपाधी बा…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कफी बनाउने वारिष्टा र कुक तालिम सुरु भएको छ ।  पथरीशनिश्च…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा तीन दिने उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम बिहिबार समापन भएको …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरको पथरी साकेला थानमा शनिबार किरात राई समुदायको सांस्कृतिक चाड सोकेला सि…