• मोरङ । नेकपा (एकीकृत समाजवादी)को अध्यक्ष माधवकुमार नेपाल आउने कार्यक्रमको ब्यानरमा कोशी लेखिए पहिचानवादी आन्दोलनरत पक्षले कालो झण्डासहित विरोध प्रदर्शन गर्ने भएका छन् । 
    नेकपा (एस) केन्द्रीय समितिको आयोजनामा असोज १४ गते झापाको काकडभिट्टा (मेची)देखि ‘सुशासन, रोजगार र संमृद्धिका लागि समाजवादी जागरण अभियान—२०८०’ कार्यक्रम हुँदैछ । अभियान असोज २९ गते महाकालीमा समापन गर्ने कार्यक्रम रहेको बुझिएको छ । 
    अभियान उद्घाटन कार्यक्रममा पूर्ब प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल लगायतका नेताहरु, कार्यकर्ताहरु सहभागीहुने सो संगठनले जनाएको छ । 
    अभियान कार्यक्रममा कोशी लेखिएको व्यानर नराख्न र नाम उच्चारण नगर्न सुक्रबार (आज) फोन गरेर जानकारी दिएको पहिचानको लागि युवाको केन्द्रीय संयोजक भीम राईले बताए । 
    पार्टीको प्रदेश अध्यक्ष बलदेब चौधरी, झापा जिल्ला अध्यक्ष देबराज रेग्मी लगायतका नेताहरुलाई कोशी नलेख्न जानकारी गराएको संयोजक भीम राईले बताए । 
    ब्यानरमा कोशी नाम नलेख्न आग्रह गर्दागर्दै जबरजस्ति गरे कालो झण्डासहित विरोध प्रदर्शन हुने पहिचानको लागि युवाको केन्द्रीय संयोजक भीम राईले जानकारी दिए । पहिचानको लागि युवाको केन्द्रीय सहसंयोजक बिराज लिम्बू झापामै रहेको, संगठनको झापा जिल्ला अध्यक्ष समी पालुङ्वा लिम्बू, सचिव गौरिमान राई लगायतलाई सो बारे निगरानी राख्न भनिएको र अटेर गरिए तुरुन्त विरोध प्रदर्शन हुने पहिचानको लागि युवा संगठनले जनाएको छ । 
    भीम राईको साथै प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिको बिभिन्न नेताहरुले नेकपा (एस)का नेताहरुसँग फोन गरेर कोशी नलेख्न अनुरोध गरेको बुझिएको छ । 
    पहिचानको आधारमा प्रदेश नं. १ को पुन नामाङ्कनको माग गर्दै आएको आन्दोलनरत पक्षलाई गालि गरेको भन्दै केपी ओली, योगेश भट्टराई लगायतका नेताहरु आएको कार्यक्रममा विरोध प्रदर्शन हुँदै आएको छ ।  
    एमाले नेतृत्वमा रहेका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशको नाम कोशी राख्न भूमिका खेल्दा पूर्ब मुख्यमन्त्रीसमेत रहेका नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र राई नेतृत्वमा रहेको चार जना सांसदले कोशी नाममा हस्ताक्षर नदिएर पहिचानको आधारमा छुट्टै नाम प्रस्ताव गरेका थिए । 
    सोही कारण कोशीको नाममा हस्ताक्षर गर्ने ८२ प्रदेश सांसदलाई जिल्ला, जिल्लामा कालो झण्डा प्रदर्शन, कालो मोसो दल्ने लगायतको विरोध प्रदर्शन भइरहदा नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र राईलाई बिभिन्न कार्यक्रमहरुमा बोलाएर पहिचानवादी संगठनहरुले स्वागत गर्ने गरेका छन् । राजेन्द्र राई हाल पनि पहिचानको आधारमा पुन नामाङकन गर्नुपर्ने पक्षमा खुलेरै लागिरहेका छन् । 
    यद्यपि पूर्ब प्रधानमन्त्रीसमेत रहेका नेकपा (एस)का अध्यक्ष माधव नेपाल, बरिष्ठ नेता झलनाथ खनाल कोशी नाम विरुद्धको आन्दोलनमा खास सकारात्मक देखिएका छैनन् । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…