• मोरङ । किरात रार्य पत्रकार संघको १६ औं स्थापना दिवस आइतबार मोरङको पथरीशनिश्चरे नगरपालिका—१, साकेला थानमा चियापानसहित समापन भएको छ । 
    किरात राई पत्रकार संघ १६ बर्ष पुगेको अवसरमा संघको मोरङ जिल्ला समितिको आयोजनामा शुभकामना आदान प्रदान तथा चिया पानसहित समापन भएको हो । 
    संघको जिल्ला अध्यक्ष बिजय खम्बूको सभापतित्वमा भएको कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराई, किरात राई खेलकुद संघको केन्द्रीय अध्यक्ष सञ्जय राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पथरीशनिश्चरे नगरको सूचना सम्पादक सन्तोष राई लगायत सञ्चार कर्मीहरुको उपस्थिति रहेको थियो । 
    नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराईले नेपालमा पहिलो रेडियो सञ्चालक नारदमणी थुलुङ, पत्रकारितामा पहिलो स्नातकोत्तर गर्ने लाल देउसा राईको बारे चर्चा गरेका थिए । 
    वक्ताहरुले पत्रकारिताको माध्यमबाट प्रदेश नं. १ मा चलिरहेको कोशी नाम विरुद्ध र पहिचानको आन्दोलनलाई सहयोग पु¥याउन आग्रह गरेका थिए । किरात राई खेलकुद संघका केन्द्रीय अध्यक्ष सञ्जय राईले आन्दोलनको क्रममा विराटनगरमा आफूहरु माथि प्रहरीले लाठी र बुट प्रहार गर्दा पत्रकारहरु उपस्थिति नहुनु दुखको बिषय भएको बताए । 
    अथितिहरुबाट १६ वटा मैन वत्ति बालेर उद्घाटन र शुभकामना आदान प्रदानपछि चिया पानसहित स्थापना दिवस समापन भएको थियो । कार्यक्रममा किरात राई यायोक्खा मोरङ जिल्ला सचिव कासिहाङ राई, पथरीशनिश्चरे नगर अध्यक्ष प्रेम राई, बुद्धिचाल संघ नगर अध्यक्ष डम्बर राई लगायतको उपस्थिति रहेको थियो । 


     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…