• मोरङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी नाम परिवर्तन लगायतको बारेमा देशकै समस्याको रुपमा केपी ओली रहेको बताएका छन् । 
    कोशी नाम एकल जातीय (गोत्रीय) आधारमा राखिएको भन्दै खारेजीको आन्दोलनमा रहेका संगठनका नेताहरुसँगको भेटमा पूर्ब प्रधानमन्त्रीसमेत रहेका नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल सो कुरा बताएका हुन् ।
    संयुक्त संघर्ष समिति र अध्यक्ष नेपालवीच आइतबार साँझ सुनसरीको इटहरीमा घेट वार्ता भएको थियो । 
    भेटघाटको क्रममा केपी ओली प्रदेश नं. १ को मात्र नभएर देशकै समस्याको रुपमा रहेको आरोप लगाए । ‘केपि ओलिलाई माधव नेपालको छाँयासमेत गन्हाउछ’ नेपालले भने ‘ओलिसँग छलफल संभव नभएपनि प्रदेशको समस्या समाधानको लागि प्रधानमन्त्री प्रचण्ड, शेरबहादुर देउवा, उपेन्द्र यादव लगायतसँग छलफल गर्छौ ।’
    संवैधानिक प्रक्रियाबाट प्रदेशको नाम परिवर्तन गर्न आफू र आफ्नो पार्टीमा समस्या नरहने अध्यक्ष नेपालले बताए । 
    भेटघाटमा नेकपा (एस) संघीय उपाध्यक्ष घनेन्द्र बस्नेत, उपमहासचिव जगनाथ खतिवडा, प्रदेश समिति अध्यक्ष बलदेव चौधरी लगायतको उपस्थिति थियो । 
    प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिको तर्फबाट डकेन्द्रसिंह थेगिम, केपी पालुङ्वा, तिलकप्रसाद राई, अर्जुन जम्नेली राई, मनोहर लिम्बू, विष्णु थाम्देन लगायतको सहभागिता रहेको थियो । 
    भेटमा संघर्ष समितिको तर्फबाट डकेन्द्रसिंह थेगिम, केपी पालुङ्वा, तिलकप्रसाद राई, अर्जुन जम्नेली राईले पहिचान आन्दोलन बारे बिषय राखेका थिए । अध्यक्ष नेपालले प्रदेशको नाम राख्ने बेलामा पर्याप्त छलफल नभएको र संवैधानिक बाटोबाट नाम सच्याउन सकिने बताएका हुन् । समाजवादी मोर्चाको विराटनगरमा कार्यक्रमहुँदा समेत सचेतता पूर्ण ढंगले व्यानरमा कोशी नलेखेको नेपालको भनाइ थियो । 
    ब्यानरमा कोशी नाम लेखिएन
    नेकपा (एस) केन्द्रीय समितिको आयोजनामा असोज १४ गते झापाको काकडभिट्टा (मेची)देखि ‘सुशासन, रोजगार र संमृद्धिका लागि समाजवादी जागरण अभियान—२०८०’ सुरु भएको छ । 
    अध्यक्ष माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, लगायतका केन्द्रीय नेताहरुको सहभागितामा सुरु भएको अभियान मुख्य सडकमा पर्ने बिभिन्न सहरमा कोण सभा गर्दै असोज २९ गते महाकालीमा समापन गर्ने कार्यक्रम रहेको बुझिएको छ । 
    प्रदेश नं. १ पुन नामाङन संयुक्त संघर्ष समितिले सो कार्यक्रमको ब्यानरमा कोशी नाम नलेख्न अनुरोध गर्दै लेखिए कालो झण्डासहित विरोध प्रदर्शन गर्ने फोन सम्पर्क गरेर चेतावनी दिएका थिए । अटेर गरे झापा, मोरङ, सुनसरीको बिभिन्न स्थानमा कालो झण्डा प्रदर्शनको तयारी भएको पहिचानको लागि युवाको केन्द्रीय संयोजक भीम राईले बताएका थिए । 
    पहिचानवादी संगठनहरुको चेतावनी पछि नेकपा (एस)ले १३ गते पत्रकार सम्मेलन गरेर पार्टी संवैधानिक प्रकृयाबाट प्रदेशको नाम सच्याउने वातावरण भए तयार रहेको बताएका थिए । 
    पत्रकार सम्मेलन मार्फत अभियानको व्यानरमा प्रदेशको नाम कोशी नलेख्ने बताएका थिए । सोही अनुसार ‘सुशासन, रोजगार र संमृद्धिका लागि समाजवादी जागरण अभियान—२०८०’ मा कोशी नलेखेपछि पहिचावादी संगठनको तर्फबाट अभियानको सफलताको शुभकामना दिएका छन् । आइतबार साँझ अध्यक्ष नेपालसँगको भेटमा पहिचानवादी नेताहरुले अभियान सफलताको शुभकामना दिएका हुन् । 
     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…