• काठमाडौं । प्रदेश नं. १ मा चलिरहेको कोशी नाम खारेजीको आन्दोलनमा एकपछि अर्को गर्दै शक्ति थपहुँदै गएको छ । 
    यसै क्रममा तामाङ समुदायको सामाजिक संस्था तामाङ घेदुङ संघ, मगर समुदायको साझा संस्था नेपाल मगर संघ, गुरुङ समुदायको समाजिक संस्था तमु ह्युला छोज धिं र नेवार समुदायको नेवा दबू लगायतका संगठनहरु कोशी खारेजीको आन्दोलनमा सडकमा आउने भएका छन् । यस अघि आउनेहरु स्वतह स्फूर्त आएपनि यी संगठनहरु औपचारिक रुपमा आन्दोलनमा आएका थिएन् । 
    यी संगठनहरुले सोमबार (असोज २२) गते संयुक्त विज्ञप्ति प्रकाशन गर्दै कोशी नाम खारेजीको आन्दोलनलाई ऐक्य बद्धतासहित सडक संघर्षमा आउने जनाएको हो । 
    यी संगठनहरुले प्रदेशमा चलिरहेको आन्दोलनलाई संयुक्त राष्ट्रिय पहिचान अभियानको रुपमा अघि बढाउने भन्दै कार्तिक १८ गते (शनिबार) सुनसरीको इटहरीमा बृहत सभाको आयोजना गर्ने जनाएको छ । 
    सडक संघर्षमा निस्कन उल्लेख भएको सो विज्ञप्तिमा तामाङ घेदुङ संघको केन्द्रीय अध्यक्ष मोहन गोले तामाङ, नेपाल मगर संघको अध्यक्ष ज्ञानेन्द्र पुनमागर, तमु ह्युला छोज धिंको कार्यवाहक अध्यक्ष आरबी तमू, नेवा देय बू स्वनिग बिशेष समितिको अध्यक्ष श्रीकृष्ण महर्जनको हस्ताक्षर रहेको छ । 
    सभामा तामाङ, मगर, गुरुङ, नेवार लगायत आन्दोलनरत संगठन प्रदेश नं. १ पुन नामाङकन संयुक्त संघर्षमा आबद्ध सम्पूर्णलाई सहभागि हुन् अपील गरिएको छ । विज्ञप्तिमा किरात राई यायोक्खा अध्यक्ष जीवन हाताचो राई, सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवार, किरात याक्थुङ चुम्लुङको उपाध्यक्ष गोबिन्द आङ्बुहाङ, नेपाल शेर्पा संघको महासचिव लाक्पा शेर्पा गरी आठ वटा संगठनका नेताहरुको हस्ताक्षर रहेको छ । कोशी नाम बिरुद्धको सो सभालाई ब्यापक बनाउन सम्बन्धित संगठनका नेता, कार्यकर्ताहरुलाई लाग्न आव्हान गरिएको छ ।
    ऐतिहासिक जनआन्दोलन, माओवादी जनयुद्ध, मधेश जनविद्रोह, आदिवासी जनजाति तथा दलित समुदायले सञ्चालन गरेको बलिदानीपूर्ण सङ्घर्ष अझै निष्कर्षमा नपुगेकोले आन्दोलन आवश्यक रहेको उल्लेख छ । 
    संघीय गणतन्त्र स्थापनापछि नयाँ संविधान जारी भएपनि शोषण, दमन र असमानता र विभेद जारी रहेको जनाइएको छ । संविधानप्रति असन्तुष्टि यथावत रहेको उल्लेख छ । 
    शान्तिपूर्ण, न्यायको आन्दोलनलाई ओझेलमा पार्नेगरी मुलुकमा जातीय विद्वेष फैलाउने, सामाजिक सद्भाव तथा जातीय सद्भाव भड्काउन सुनसरी, सर्लाही र बांके जिल्लामा भइरहेको गतिविधि र उत्तेजक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकृष्ट भएको उल्लेख छ । बिज्ञप्तिमा भनिएको छ ‘नेपालको गृह प्रशासन र समस्त नेपाली जनतालाई सचेत हुन समेत आग्रह गर्दछौ ।’
    सामाजिक सद्भाव कायम गर्दै सहअस्तित्व, समानताको आन्दोलनमा तामाङ, मगर, गुरुङ, नेवार, शेर्पा, सुनुवार लगायतका समूदाय सडकमा आउने भएको हो । 
    प्यालेस्टाइनी हमास समूहको आक्रमणमा परी मृत्यु भएका नेपाली युवाहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै घाइतेको उपचार र इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा फसिरहेका नेपालीको तत्काल उद्दार गर्न नेपाल सरकारसमक्ष आग्रहसमेत गरेको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाले निर्माण गरेको आवास विहिन २० परिवारलाई नयाँ घर वितरण गरेको छ ।&n…

मोरङ । पहिचावादी संयुक्त संघर्ष समितिले ‘कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान—२०८१&…

मोरङ पथरीशनिश्चरे नगरका दिपेन्द्रराज तिम्सिनाको १२ पुस्तक ’गुमनाम एक इतिहास बिसे नगर्ची’ प्रका…

मोरङ । पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शनिबार साँझ मोरङ पथरीशनिश्चरेको पथरी…