• मोरङ । माओवादी केन्द्रको प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले चलिरहेको तीन महिने अभियानमा पार्टीले तोकेको जिम्मेवारी पुरा नगर्ने नेता, कार्यकर्ताहरु घटुवा हुने बताएका छन् । 
    जनतासँग सम्बन्ध थप विस्तार गर्ने उदेश्यले माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान, जनजनमा माओवादी, घरघरमा माओवादी’ अभियान जारी छ । 
    अभियानले प्रदेशभर जनतासँगको नयाँ सम्बन्ध स्थापित हुँदै आएको दाबी गर्दै पार्टीले तोकेको जिम्मेवारी पुरा नगर्ने नेता कार्यकर्ताहरुलाई घटुवा गरिने प्रदेश अध्यक्ष मिक्सोले बताएका हुन् । 
    बुधबार मोरङको पथरीशनिश्चरे नगर समितिको बिस्तारित बैठकमा बोल्दै अध्यक्ष नेम्बाङले खटाएको वडामा नजाने प्रदेश स्तरीय नेताहरुलाई जिम्मेवारी खोस्ने र केन्द्रीय समितिका सदस्यहरुलाई सो हैसियतको बैठकमा सहभागी नगराउने बताए । 
    पार्टीले केन्द्रीय समितिको सदस्यहरुलाई पालिकाको वडा वडामा जिम्मेवारी दिएर अभियान अघि बढाएको छ । प्रदेश समिति पदाधिकारी र सदस्यहरुलाई पनि वडा र टोल, टोलमा जनतासँग सम्बन्ध स्थापित गर्न खटाएको छ । 
    पार्टीमा बस्ने, पद लिने तर जिम्मेवारी पुरा नगरी घरैमा बस्ने, प्रस्न मात्र गरेर बस्ने नेता, कार्यकर्ताहरुलाई पार्टीले कारबाही गर्ने प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ ििमक्सो)ले बताएका हुन् । अधिकांश नेताहरु तोकिएको वडामा गएर काम गरिरहेको कार्यक्षेत्र नजाने नेता, कार्यकर्ताहरुलाई अझै एक पटक अवसर दिने नमान्नेहरुलाई जिम्मेवारीबाट हटाइने मिक्सोले बताएका हुन् । 
    बैठकमा उपस्थित प्रदेश सभाको पूर्ब उपसभामुख तथा पार्टी केन्द्रीय सदस्य सरस्वती पोखरेलले पार्टीको अन्तर विरोधहरुलाई अत्न्य गरेर एक ढिक्का भएर अघि बढुन् पर्ने बताए । पथरीशनिश्चरेमा पार्टीको जग बलियो रहेको बताउदै एक ढिक्का भएर लागे आउने निर्वाचन एक्लै जित्न सक्ने आधार तयार हुने बताए । 
    पार्टीको पथरीशनिश्चरे नगर अध्यक्ष गोबिन्द कटुवालको सभापतित्वमा भएको बैठकमा अभियानको क्रममा हालसम्म भएको क्रियाकलापहरुको वडा तहबाट रिपोर्टिङ तथा समीक्षा भएको थियो । भदौ १६ गते उद्घाटन भएको अभियान ७५३ पालिकाको ६ हजार ७४३ वडामा सञ्चालन भइरहेको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आजदेखि ‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्…

मोरङ । नेकपा (एमालें) पथरीशनिश्चरेको दोस्रो नगर अधिवेशनमा अध्यक्षमा ४ र सचिवमा १० जना आकांक्षी देखि…

मोरङ । साल्पा सिलिचुङमा भौतिक मिर्माण र संरचना निर्माणको नाममा संकलित रकम तथा हिनामिनाबारे किरात राई य…

मोरङ । प्रदेशको नाम कोशी खारेजी गरेर पहिचानको आधारमा पुनः नामकरणको आन्दोलनमा रहेका प्रदेश नं. १ पुनः न…