• मोरङ । धनकुटाको चौबिसे गाउँपालिका—६ का तीन जना पहिचानवादी नेताहरुलाई आज (बिहिबार) प्रहरीले पक्राउ गरेको ।
    पक्राउ पर्नेहरुमा मनकुमार याम्फू, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बु रहेका छन् । उनीहरुलाई प्रहरीले घरैबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
    प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले आजै विज्ञप्ति प्रकाशन गरेर आफ्ना कार्यकर्ताहरु पक्राउ गरेको प्रति घोर भ्रत्सना गर्दै तत्काल बिना सर्त रिहाइको माग गरेको छ । कार्यकर्ता तत्काल नछाडे धनकुटा घेराबन्दी लगायतको सशक्त आन्दोलन हुने चेतावनी दिएको छ ।  
    केपी ओलीको निर्देशनमा क्षितिज थेबेले पहिचानवादी आन्दोलनकारी हरुलाई जथाभावी गालि गलौज गरेको भन्दै थेबे आउने कार्यक्रममा २०८० भदौ ८ गते धनकुटाको चौबिसेमा कालो झण्डासहित विरोध प्रदर्शन भएको थियो । सोही बिषयलाई लिएर छ जना विरुद्ध मुद्धा दर्ता भएको थियो । सोही मुद्धाको बिषयलाई लिएर प्रहरीले पक्राउ गरेको बुझिएको छ । 
    पक्राउ परेको तीनै जनालाई रिहाइ र छ जनाकै मुद्धा खारेजी हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ । 
    त्यो बेला थेबेसँगै महेश बस्नेत आएपनि बस्नेत विरुद्ध नारा लागेको थिएन् । भदौ २३ गते सुनसरीको धरानमा भएको एक सार्वजनिक कार्यक्रममा महेश बस्नेतले ‘राई—लिम्बू’ समुदायलाई लक्षित गर्दै यो भूमि तिम्रो बाउको बिर्ता हो कि आमाको दाइजो ? भनेर बोलेपछि बस्नेत विरुद्ध पनि कालो झण्डा प्रदर्शन सुरु भएको हो । 
    बस्नेत सहभागी हुने प्रचार भएपछि आज (बिहिबार) झापाको अर्जुनधारामा कालो झण्डासहित विरोध प्रदर्शन हुने संयुक्त संघर्ष समिति झापा र पहिचानको लागि युवा झापाले बुधबार नै विज्ञप्ति प्रकाशन गरेर सार्वजनिक गरेका थिए । 
    ‘प्रदेशबासीलाई उत्तेजित पार्ने, साम्प्रदायिक हिंसा भड्काउन उद्धत महेश बस्नेत अर्जुनधारा आएर आन्दोलनरत पक्षलाई थप आक्रोशित पारेको संयुक्त संघर्ष समितिको गम्भीर ध्यान आकर्षण भएको छ ।’ संयुक्त संघर्ष समितिमा भिनिएको छ  ‘केपी ओली र महेश बस्नेतको अभिब्यक्ति सुन्दा राई, लिम्बू लगायतका आदिबासी जनजातिवीच नै एक आपसमा भिडन्त गराउन चाहेको देखिएकोले सचेतताको साथ आन्दोलनमा लाग्न विज्ञप्ति मार्फत सबैमा अनुरोध गर्दछौ ।’ 
    बिहिबार महेश बस्नेत सहभागी कार्यक्रममा कलो झण्डासहित विरोध प्रदर्शनको साथै दर्जन बढी गाडीमा तोडफोड भएको थियो । 
    शान्तिपूर्ण आन्दोलनको लागि थप तयारीमा लाग्न आव्हान गर्दै प्रदेश १ भरी कोशी लेखिएको बोर्ड, ब्यानर हटाउन, लेटरहेड र छाप नचलाउन कर्मचारीहरुलाई अनुरोध गरेको छ । जबरजस्ति गरिए आन्दोलनकारीले हटाइदिने समेत विज्ञप्तिमा उल्लेख छ । 
    आजै संयुक्त संघर्ष समितिका अध्यक्ष पाण्डपलाल चौधरीले विज्ञप्ति प्रकाशन गरेर शान्तिपूर्ण रुपमा प्रदर्शन सफल भएको र आफ्नो संगठनको तर्फबाट अराजक, उछृङ्खल क्रियाकलाप नभएको जनाएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…