• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा प्रशसकीय अधिकृतको रुपमा उपसचिब शशि राई आएपछि कर्मचारी प्रशासन र कार्यालय व्यवस्थापनमा परिवर्तन देखिएको छ । 
    संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयबाट उपसचिव शशि राई पथरीशनिश्चरे नगरपालिका आएपछि कर्मचारी समयमा कार्यालय आउने र जाने, सरकारी पोसाक अनिवार्य लगाउनु पर्ने, अनडे«समा आए उपयुक्त कारण दिनुपर्ने भएको छ । नगरमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको हाजिर खाता प्रशासकीय अधिकृतको कार्यकक्षमा राखिएको छ । यस अघि यस्तो थिएन । 
    नगरमा संकलन हुने कर जनताको सूचनाको लागि बोर्डमा लेखेर सार्वजनिक गर्ने परम्पराको सुरु भएको छ । सेवाग्रहीहरुको काम छिटो छरितो ढंगले हुन थालेको बुझिएको छ ।
    यस अघि चिया र नास्ताको लागि मासिक ६० हजारदेखि एक लाखसम्मको बिल उठ्ने गरेको थियो । आफू आएको पहिलो महिनामै ६८ हजारको बिल आएपछि चिया पकाउने ब्यबस्था नगर भित्रे गरिएको प्रमुख प्रशासकीय अधिकृत शशि राईले बताए । नगरको पुरानो कर्मचारीहरुबाटै चिया पकाउने ब्यबस्था गरेपछि बार्षिक १०, १२ लाख जति खर्च कटौती हुने भएको छ ।  
    सुक्रबार प्रमुख प्रशासकीय अधिकृत शशि राईको आयोजनामा पत्रकारहरुसँग परिचयत्मक कार्यक्रम भएको थियो । 
    परिचयको क्रममा पत्रकारहरुले कर्मचारी, शिक्षा, स्वास्थ्य, बिकास निर्माण, खरिद सम्बन्धीहुँदै आएको बिक्रिती नियन्त्रण बारे सुझाव दिएका थिए । पत्रकारहरुले पथरीशनिश्चरेमा अनलाइनको माध्यमबाट कर तिर्ने व्यवस्था मिलाउन समेत सुझाव दिएका थिए ।
    सञ्चारकर्मीहरुको सुझाव पछि आफू कर्मचारी प्रशासन र आफ्नो क्षेत्राधिकार भित्रको बिषय मात्र जिम्मेवार हुने बताए । आफू सेवा भावले लाग्ने, मातहतको कर्मचारीहरुलाई सोही अनुसार नेतृत्व गर्ने उपसचिव राईले बताए ।  
    पथरीशनिश्चरे नगरपालिको टेन्डर र खरिद प्रकृयाबाट गुणस्तर नघट्नेगरी पालिका बासीहरुको हितलाई ध्यान राखेर काम गर्ने राई प्रतिबद्धता ब्यक्त गरे । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरीमा देशभरबाट तेक्वण्दो खेलाडीहरु खेल प्रतिष्पर्धाको लागि आउने भएका हुन्  नेपा…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आजदेखि ‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्…

मोरङ । नेकपा (एमालें) पथरीशनिश्चरेको दोस्रो नगर अधिवेशनमा अध्यक्षमा ४ र सचिवमा १० जना आकांक्षी देखि…

मोरङ । साल्पा सिलिचुङमा भौतिक मिर्माण र संरचना निर्माणको नाममा संकलित रकम तथा हिनामिनाबारे किरात राई य…