• रिटर्नी सेन्टर नेपाल मोरङको नयाँ कार्यसमिति पदाधिकारी सदस्यहरु

    मोरङ । माओवादी केन्द्र सम्बद्ध रिटर्नी सेन्टर नेपाल मोरङ जिल्ला भेलाबाट राज तिर्वा सर्बसहमत अध्यक्षमा चयन भएका छन् ।
    रिर्टर्नी सेन्टर नेपाल बैदेशिक रोजगारीमा गएर शिप र श्रोतसहित नेपाल फर्कैका नागरिकको संगठन हो । माओवादी केन्द्रको २४ औ भातृ संगठन हो रिर्टर्नी सेन्टर नेपाल ।
    संगठनको प्रथम मोरङ जिल्ला भेला पथरीशनिश्चरे—१ स्थित मनोहर होटल एण्ड पार्कमा शनिबार भएको भेलाले सह संयोजकमा मुन्ना मण्डल, श्याम शर्मा, सचिवमा देबेन्द्र वनेम, कोषाध्यक्षमा बिशाल राउत सर्वसहमत चयन भएका छन् । 
    समितिको सदस्यहरुमा निरजकुमार मण्डल, रचना गुरुङ, लिलाकुमार श्रेष्ठ, मेधराज बराल, विश्वेस्वर मण्डल, रोशन साहा, सुजन चपागाई र पदम अधिकारी रहेका छन् । 
    भेलाले बिभिन्न पालिकाको संयोजक र सचिवको पनि मनोनयन गरेको छ । मोरङ जिल्लाको धनपाल थान गाउँपालिकाको संयोजकमा सुनिल मण्डल, सचिवमा सुमन मण्डल, पथरीशनिश्चरेको संयोजकमा प्रताप लुइटेल, सचिवमा मानबहादुर बस्नेत, रतुवामाइ नपाको संयोजकमा प्रेम राई, सचिवमा रोशन माली, रंगेली नपाको संयोजकमा निरजकुमार मण्डल, सचिवमा देवनारायण मण्डल, उर्लाबारी नपाको संयोजकमा मिलन श्रेष्ठ, सचिवमा जुगल पोदार, सुनबर्षी नपाको संयोजकमा सुफेत राजवंशी, सचिवमा केशव ऋषिदेब र कानेपोखरीको संयोजकमा नवीन झोडाली चयन भएका छन् । 

    एमालेको समर्थनमा केदार कार्की मुख्यमन्त्री बन्नु अप्राकृतिकभएको नेताहरुको दाबी

     


    पार्टी केन्द्रीय सदस्यसमेत रहेका कार्यक्रमको प्रमुख अतिथि सरस्वती पोखरेजले पार्टी संघीयता, गणतन्त्र स्थापि गर्ने पार्टी भएकोले बैदेशिक रोगजारीबाट फर्केका सदस्यहरु अव पार्टीमा सक्रिय भएर लाग्नुपर्ने बताए । 
    संगठनको प्रदेश फ्याक्सन इन्चार्जसमेत रहेका पार्टीको प्रदेश कोषाध्यक्ष गगन पुरीले पार्टीले अव जनताको अवस्था परिवर्तन गर्न नयाँ अजेण्डामा लाग्नु पर्ने बताए । पुरीले पार्टीले अव पूर्ण निशुल्क शिक्षा, स्वास्थ्य, रोजगारको मुद्धा दृढताको साथ उठाए मात्र जनताले पत्याउने बताए । 
    एमालेसँगको संयुक्त सरकारबाट माओवादी केन्द्रलाई फिर्ता बोलाउन कांग्रेस नेता शेखर कोइराला र मुख्यमन्त्री बनेका केदार कार्कीले पनि भूमिका खेलेको भन्दै एमालेको समर्थनमा कार्की मुख्यमन्त्री बन्नु अप्राकृतिक भएको पुरीको तर्क थियो । निकट भविश्यमै पुन कांग्रेस गठबन्धनको सरकार बन्ने गगन पुरीको दाबी थियो । 
    कार्यक्रममा संविधान सभा सदस्य तथा माआवादी केन्द्रका खेखा आयोग सदस्य लालबहादुर मगर, रिर्टनी सेन्टर केन्द्रीय सहसंयोजक डोरबहादुर कार्की, पार्टी मोरङ जिल्ला अध्यक्ष बिजय बिस्वास, रिटनी नेपालको केन्द्रीय सचिव भिमकुमार लकान्द्री, केन्द्रीय सदस्यहरु राम सञ्जेल, परसुराम लुइटेल, प्रदेश सचिव नवीन गुरुङ, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य अर्जुन जम्नेली राई, नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य खेम ढुङ्गेल लगायतले शुभकामना मन्तब्य दिएको कार्यक्रम सुर्यविक्रम याक्खाले सञ्चालन गरेका थिए । 
     

सम्वन्धित समाचार

मोरङ पथरीशनिश्चरे नगरका दिपेन्द्रराज तिम्सिनाको १२ पुस्तक ’गुमनाम एक इतिहास बिसे नगर्ची’ प्रका…

मोरङ । पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शनिबार साँझ मोरङ पथरीशनिश्चरेको पथरी…

मोरङ । मोरङ पथरीशनिश्चरे नगरपालिका १ नं. वडामा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहले वनको छ जना पू…

मोरङ । माओवादी केन्द्रको मोरङ पथरीशनिश्चरे नगरपालिका ४ नं. वडा समितिको दोस्रो सम्मेलनले अमर बराइलीको अध्य…