• मोरङ । नेपाल पत्रकार महासंघ मोरङको कार्यबाहक अध्यक्ष मोहन भट्टराईको आयोजनामा आज (शनिबार) शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम समापन भएको छ । 
    मोरङ उर्लाबारीको पर्यटकीय क्षेत्र बाँसेचौरीमा आयोजित कार्यक्रममा प्रेस चौतारी नेपालको केन्द्रीय लेखा आयोगका सदस्य केदार चौहान, फोनिज केन्द्रीय अनुशासन आयोगको संयोजक अर्जुन जम्नेली राई, प्रेस सेन्टरका केन्द्रीय सदस्य भक्तशेर लिम्बू, अम्बिका भण्डारीले महासंघको कार्यबाहक अध्यक्षको जिम्मेवारी लिएकोमा बधाई तथा शुभकामना दिएका थिए । 
    त्यसैगरी सञ्चार क्लव उर्लाबारीका अध्यक्ष कुमार खड्का, प्रेस युनियनका मोरङ जिल्ला सदस्य प्रेम केडी भट्टराई, , समाजवादी प्रेस संगठन मोरङका सहसचिव छबि ढकाल, प्रेस चौतारी मोरङका सदस्य ईश्वर दुलाल, धिमाल पत्रकार सञ्चको केन्द्रीय अध्यक्ष बिजय धिमाल, किरात राई पत्रकार संंघ मोरङको अध्यक्ष बिजय खम्बू, अग्रज पत्रकार घनश्याम भण्डारी लगायतले शुभकामना दिएका थिए ।
    नेपाल पत्रकार महासंघ मोरङको सहसचिव प्रशान्त निरौला, सदस्य नवराज भट्टराई, प्रेस सेन्टर पूर्बी मोरङ शाखाका अध्यक्ष सरोज बस्नेत, मोरङ जिल्ला सचिव हरी अधिकारी लगायतले कार्यबाहक अध्यक्ष मोहन भट्टराईलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । 
    बधाई शुभकामना मन्तब्य पछि कार्यबाहक अध्यक्ष मोहन भट्टराई महासंघको विधान बमोजिम प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस मञ्च लगायत सबै संगठनको जिल्ला, प्रदेश र केन्द्रीय नेताहरुको सहमतिमै आफू कार्यबाहक अध्यक्षको जिम्मेवारी लिएको बताए । छोटो समय (कार्यकाल) बाँकी रहेको कारण उपाध्यक्ष तारा आचार्य लगायत पदाधिकारी सदस्यहरुको सहयोगमा काम गर्ने अध्यक्ष मोहन भट्टराईले बताएका छन् । दशैं, तिहारको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना भएको हो । 
    अधिकांश वक्ताहरुले संस्था सँधै विधि, विधान अनुसार चल्नुपर्ने बताएका थिए । महासंघको निर्वाचित अध्यक्ष संजीव खनाल बैदेशिक रोजगारीमा गएपछि महासंघमा विवाद थियो । 
    महासंघको केन्द्रीय समितिको साथै प्रदेश समितिको अध्यक्ष लिलावल्लब घिमिरे र महासचिव बिबेक गौतम दुबै जनाको हस्ताक्षर सहित विधान अनुसार कार्यबाहकको जिम्मा मोहन भट्टराईलाई दिएको थियो । 

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…