• मोरङ । मोरङको केराबारी गाउँपालिका स्थित बिभिन्न विद्यालयमा अध्ययनरत  बालबालिकालाई दशैंको टिका लगाइदिएको भन्दै बिभिन्न संगठनहरुले आपत्ति जनाएको छ ।  
    हिन्दू धर्म अनुसार दशैंको टिक दशमीको दिन मात्र लगाउने चलन छ । हिन्दू धर्म अन्तरगत पर्ने दशैं प्रति सद्भाब राखेपनि किरात, इसाई, मुश्लिम, बौद्ध लगायत धर्म मान्ने समुदायले टिका लगाउदैनन् । 
    यद्यपि मोरङ केरबारी गाउँपालिका—७ को सार्वजनिक मा.वि., जनजागरण, कुवापानी आ.वि, मिनिल्याण्ड एकेडेमी लगायतका विद्यालयहरुले दशैंको छुट्टी हुने दिन (दशमी अगाडि) नै बिद्यार्थीहरुलाई रातो टिका लगाएर घर पठाएको भन्दै आपत्ति जनाएका हुन् । 
    गैह हिन्दू समुदायका अबोध बालबालिकालाई दशैंको टिका जबरजस्ति लगाइदिएको भन्दै छ वटा संगठनले सुक्रबार संयुक्त विज्ञप्ति प्रकाशन गरी आपत्ति जनाएको हो । 
    नेपाल आदिबासी जनजाति महासंघ, किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान संघ, नेपाल तामाङ घेदुङ संघ र प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समिति केराबारीले संयुक्त विज्ञप्ति प्रकाशन गरेर कस्ले, कुन धर्म संस्कृति मान्छ नबुझी बालबालिकाहरुलाई दशैंको टिका लगाइदिएको भन्दै विरोध जनाएको हो । 
    नेपाल धर्म निरपेक्ष राज्य भई सक्दा पनि जबर्जस्ति धर्म परिवर्तनको कुत्सित मनसायले बालबालिकालाई टिका लगाइएको विज्ञप्तिमा उल्लेख छ । अबोध नानिहरुलाई दशैंको टिका, जमरा लगाइ दिएर विभिन्न धर्मावलम्बिहरुको धार्मिक स्वतन्तन्त्रा माथि हनन हुनुको साथै आस्थामाथि आघात पु¥याइएको जनाएको छ ।
    दशैं नमानेकै कारण वि.स. १९२४ सालमा धनकुटा जिल्लामा रिदामा राई र रामम्लिहाङ राईलाई झुण्याएर हत्या गरिएको विज्ञप्तिमा उल्लेख छ । जबरजस्ति गर्नु संविधानको मर्म भावना बिपरित भएकोले अहिन्दु जनसमुदायको भावना, चाहाना र अधिकारको सम्मान गर्न विज्ञप्ति मार्फत भनिएको छ । जबरजस्ति टिका लगाइदिएकोमा विद्यालयहरुले सार्वजनिक रुपमा माफि मागेर गल्ति सच्याउन अनुरोध समेत गरेको छ । 
    मोरङ केराबारीमा मात्र नभएर यो बर्ष अन्य बिभिन्न स्थानमा दशमी अघि नै दशैंको टिका लगाएर बालबालिकाहरुलाई घर पठाइएको बुझिएको छ । हिन्दू समुदायको अहिन्दुले, किरात, बौद्ध, इसाई, मुश्लिम धर्म मान्ने समुदायले हिन्दू समुदायको चाडहरुमा एक आपसमा सद्भाम राखिन्दै आएको छ । सुनियोजित रुपमा बिभिन्न बाहानामा झमेला निकाल्न, जबरजस्ति गर्नु हाम्रो होइन । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…