• २०७४ फागुन २२ मंगलवार


    विराटनगर : नेकपा माओवादी केन्द्र निकट लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले प्रदेश १ को नामाकरण किरात–लिम्बुवान–कोच राख्न प्रस्ताव गरेको छ।

    विराटनगरमा सम्पन्न मोर्चाको तेस्रो विस्तारित बैठकले परिवर्तित शक्ति सन्तुलनलाई ध्यानमा राखेर बहुपहिचानमा आधारित प्रदेशको नामांकनमा गर्नुपर्ने निर्णय गरेको हो।

    मोर्चाका अध्यक्ष मुक्सामहाङ मेन्याङ्बोले तत्कालका लागि बहुपहिचानको मान्यता स्वीकार गरिएको बताए।

    मोर्चाले प्रदेशको नामको विषयमा वाम गठवन्धनमा औपचारिक प्रस्ताव लैजाने र छलफल चलाउने बताएको छ।

    प्रदेशको सरकारी कामकाजको भाषा भने सिरिजंगा लिपिमा लिम्बू भाषा नै हुनुपर्ने प्रस्ताव गरेको छ।

    नेपाली, अंग्रेजीलगायत सम्पर्क भाषामा कामकाज हुने भएपनि अन्य भाषाहरूको पनि सम्मान हुनुपर्ने मोर्चाको भनाइ छ।

    माेर्चाले यसअघि पूर्वका नौ जिल्लालाई ऐतिहासिकताको आधारमा प्रदेशको नाम लिम्बुवान हुनुपर्ने वकालत गर्दै आएको थियो।

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…