• २०७४ फागुन २२ मंगलवार


    विराटनगर : नेकपा माओवादी केन्द्र निकट लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले प्रदेश १ को नामाकरण किरात–लिम्बुवान–कोच राख्न प्रस्ताव गरेको छ।

    विराटनगरमा सम्पन्न मोर्चाको तेस्रो विस्तारित बैठकले परिवर्तित शक्ति सन्तुलनलाई ध्यानमा राखेर बहुपहिचानमा आधारित प्रदेशको नामांकनमा गर्नुपर्ने निर्णय गरेको हो।

    मोर्चाका अध्यक्ष मुक्सामहाङ मेन्याङ्बोले तत्कालका लागि बहुपहिचानको मान्यता स्वीकार गरिएको बताए।

    मोर्चाले प्रदेशको नामको विषयमा वाम गठवन्धनमा औपचारिक प्रस्ताव लैजाने र छलफल चलाउने बताएको छ।

    प्रदेशको सरकारी कामकाजको भाषा भने सिरिजंगा लिपिमा लिम्बू भाषा नै हुनुपर्ने प्रस्ताव गरेको छ।

    नेपाली, अंग्रेजीलगायत सम्पर्क भाषामा कामकाज हुने भएपनि अन्य भाषाहरूको पनि सम्मान हुनुपर्ने मोर्चाको भनाइ छ।

    माेर्चाले यसअघि पूर्वका नौ जिल्लालाई ऐतिहासिकताको आधारमा प्रदेशको नाम लिम्बुवान हुनुपर्ने वकालत गर्दै आएको थियो।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…