• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा हुँदै आएको नगरकै ठूलो प्रिमियर लिग क्रिकेट प्रतियोगिताको चौथो संस्करण सुक्रबारबाट सुरु भएको छ । 
    उद्घाटन खेलमा साबिक बिजेता सातबाघलाई ३४ रनले पराजित गर्दै रोयल किङ् दोस्रो चरणमा प्रवेश गरेको छ ।
    टस हारेर ब्याटिङ गरेको रोयल किङले २० ओभरमा ८ बिकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । 
    १ सय ३५ रनको लक्ष्य पाएको सातबाघले १७ ओभर ५ बलमा अल आउट हुँदै १ सय रनमा सिमिति भएको थियो । उद्घाटन खेलको म्यान अफ दि म्याच रोयल किङका खेलाडी शिवन यादब घोषित भए ।
    प्रिमियर लिगको उद्घाटन पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्वापोले गरेका थिए । प्रतियोगिता कार्तिक २५ गतेसम्म चल्नेछ ।

    यी क्लब भिड्दैछन प्रतियोगितामा
    प्रतियोगितामा आइतबारे अस्त्र, बुद्ध युनाइटेड, क्लासिक—११, सात बाघ, बिरेन्द्र नगर (बिएसटी), रोयल किङ्स र गोरखा लिजेन्ड गरी सात वटा टिम यो सिजनमा भिड्दैछन् । 
    विजेता टिमलाई एक लाख ३१ हजार १११, दोस्रो हुने क्लबलाई ७१ हजार १११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका अध्यक्ष बिरोज मगरले बताए । 
    प्रतियोगिता क्रिकेट खेलाडी उत्पादन, खेल क्षेत्रको बिकासको साथै नगरपालिकालाई स्वास्थ्य राख्न आयोजना गर्दै आएको अध्यक्ष मगरले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…