• मोरङ । किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेन लिम्बूले सुनसरीको इटहरीमा हुनलागेको कोशी नाम खारेजीको संयुक्त एकयबद्धता सभामा जुट्न आव्हान गरेका छन् । 
    अभियानकै क्रममा बुधबार मोरङको पथरीमा आइपुगेका एक्तेनले आफूलाई संघीय गणतन्त्रवादी, प्रदेशको नाम कोशी खारेजीके पक्षमा रहेका र देशलाई समानुपातिक, समावेशी र धर्म निरपेक्षता चाहनेहहरु सम्पूर्णलाई इटहरीमा हुने सभामा सहभागी हुन आव्हान गरेका हुन । 
    तामाङ, मगर, गुरुङ, नेवार, थारु समुदायको साझा सामाजिक संस्थाहरुको नेतृत्व र संयोजनमा कात्तिक १८ गते इटहरी चोकमा संयुक्त एक्यबद्धता सभा हुनलागेको हो । 
    सोही सभालाई प्रभावकारी बनाउने उदेश्यले बुधबार किरात याक्थुङ् चुम्लुङको संघीय अध्यक्ष प्रेम एक्तेन, जनमुक्ति पार्टीको अध्यक्ष केपी पालुङ्वा, किरात राई यायोक्खाको उपमहासचिव अर्जुन जम्नेली राई, मोरङ जिल्ला संघर्ष समितिको अध्यक्ष रामभक्त कुरुम्बाङ, उपाध्यक्ष डम्बर कुरुम्बाङ, सचिव जयराज संयोग लगायतको भेटेर छलफल भएको थियो । 
    प्रदेश नं. १ मा चलिरहेको कोशी नाम खारेजीको आन्दोलनप्रति एक्यबद्धताको साथै अभियानमा सहभागी हुने उदेश्यले इटहरीमा कार्यक्रमको आयोजना गरिएको नेपाल तामाङ घेदुङ संघको केन्द्रीय अध्यक्ष मोहन गोलेले बताए । 
    तामाङले प्रदेश १ मा चलिरहेको आन्दोलन पहिचान अभियानको रुपमा मेचीदेखि महाकालीसम्म जोड्दै तेस्रो जनआन्दोलनमा बिकासहुन सक्ने बताउदै आएका छन् । 
    इटहरी कार्यक्रममा सुनसरी, मोरङ, झापा, धनकुटा र उदयपुरदेखि सहभागिता रहने बताइएको छ । कार्यक्रममा प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिलाई ब्यापक सहभागिता जनाउन आव्हान गरिएको संघर्ष समितिको अर्को घटक संस्था किरात राई यायोक्खाको केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले बताए । 
    प्रदेश नं.१ पुन नामाङ्कन अभियान समितिको अध्यक्ष डकेन्द्रसिंह थेगिम, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च, नागरिक उन्मुक्ति पार्टी (एकीकृत) नेपाल आदिबासी जनजाति महासंघ केन्द्रीय समिति, शेर्पा संघ, राष्ट्रिय जनमुक्ति पार्टी (छ घटक), जनता समाजवादी पार्टीको किरात, लिम्बुवान राष्ट्रिय समितिहरु, माओवादी सम्बद्ध किराती, लिम्बुवान, धिमाल मोर्चाहरु आन्दोलनमा छन् । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…