• मोरङ । प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिको ध्यान यतिबेला मध्ये पहाडी लोक मार्गमा केन्द्रित हुनेभएको छ । 
    कोशी (कौशिक, एकल गोत्रीय नाम) राख्न मुख्य पहल गर्ने र आन्दोलन एकपछि अर्को चर्किदै जाँदा समस्या समाधानको सट्टा पूर्ब प्रधानमन्त्री केपी ओली, योगेश भट्टराई, महेश बस्नेत तीन भाईले आन्दोलनरत पक्षलाई असभ्य शब्दमा गाली गर्दै आएका छन् । 
     आन्दोलनको मुख्य नेतृत्व राई, लिम्बू, शेर्पा समुदायको साझा संस्था किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल शेर्पा संघ, साझा सामाजिक संस्थाहरु नेपाल आदिबासी जनजाति महासंघ, पहिचान सहितको प्रदेश नं. १ पुन नामाङ्कन अभियान समिति लगायतको रहेको छ । 
    आन्दोलनमा तामाङ, मगर, नेवार, गुरुङ, थारु समुदाय पनि सँगै रहेका छन् । कोशी नाममा हस्ताक्षर दिएपनि नेपाली कांग्रेस, माओवादी केन्द्र पार्टीले गल्ति गरको स्वीकार्दै वातावरण बने पुन विचार गर्ने लिखित रुपमा अभिव्यक्ति दिएका छन् । 
    एमालेका तीन भाई नेता भने ‘नश्लवादी’ नाम कोशी टिकाउनको लागि आन्दोलनरत पक्षलाई साम्प्रदायिक गालि दिदै आएको पहिचानवादी संगठनहरुको ठहर छ । पहिचानको आन्दोलन सुरु भएपछि पूर्ब प्रधानमन्त्री केपी ओलीले आन्दोलनरत राई, लिम्बू, तामाङ, मगर, गुरुङ, थारु, नेवार, शेर्पा समुदायलाई गालि गर्दै ‘आतंककारी’ भनेका थिए । 
    महेश बस्नेतले ‘तिम्रो बाउको विर्ता हो ?’ भनेर असभ्य गाली गरेका थिए । योशेस भट्टराईले सदनमा कौशिक नाम टिकाउन आन्दोलनरत पक्षलाई साम्प्रदायिक भन्दै आक्षेप लगाएका थिए । 
    पार्टी र नेताहरु जिम्मेवार भएर पहिचान स्वीकारेर अघि बढुनुको साटो समस्या चर्काउने, आदिबासी जनजातिहरुलाई एक आपसमा भिडाउने प्रयास गरिरहेकोमा स्वयम एमाले भित्रका पहिचानवादी नेताहरु पनि सन्तुष्ट छैनन् । 
    कोशी नाम खारेज गरेर पहिचानको आधारमा पुन नामाङकनको लागि मंसिर तेस्रो र चौथो साता (मंसिर १४—३०) पहिचान पक्षधरको पूर्ण ध्यान मध्ये पहाडि राज मार्गमा केन्द्रित गर्ने भएको हो । 
    मंसिर १४ गते उदयपुर, ओखलढुङ्गाको सीमानामा पर्ने घुर्मीमा ‘घुर्मी–चिवाभञ्याङ जनजागरण अभियान’को उद्घाटन हुने भएको छ । मंसिर ६ गते विज्ञप्ति प्रकाशन गरेर संयुक्त संघर्ष समितिले घुर्मी कार्यक्रम र अभियान बारे सार्वजनिक गरिसकेको छ । 
    सो दिन एमालेले यही राज मार्गमा पर्ने पश्चिम बैतडी जिल्लाको झुलाघाटबाट ‘झुलाघाट–चिवाभञ्ज्याङः’ यात्राको उद्घाटन गर्दैछ । 
    प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले एमालेको सोही अभियानलाई केन्द्रित गरेर प्रदेश नं. १ प्रवेश गर्ने घुर्मीमा अभियानको उद्घाटन गर्न लागेको बुझिएको छ । 
    कोशी नाम खारेजीको लागि अन्य पार्टीहरु सकारात्मक रहेपनि एमालेका तीन भाई नेताहरु मुख्य बाधक रहेको संयुक्त संघर्ष समितिको बुझाइ छ । त्यसैले प्रदेशको नाम कोशी खारेजी र राई, लिम्बू लगायतका समुदायलाई दिएको गाली बारे माफी नमागेसम्म पूर्ब प्रधानमन्त्री केपी ओली, योगेश भट्टराई, महेश बस्नेत र कोशीमा हस्ताक्षर दिने ८२ मध्येको प्रदेश सभा सदस्यहरुलाई घुर्मी–चिवाभञ्याङसम्मको  अभियानमा सहभागी नगराउन विज्ञप्ति मार्फत एमालेलाई संघर्ष समितिले आग्रह गरेको हो । 
    अटेर गरे जनताले गर्ने प्रतिरोधको जिम्मा स्वयमले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । ‘घुर्मी–चिवाभञ्याङ जनजागरण अभियान’को उद्घाटन व्यापक बनाउन संयुक्त संघर्ष समिति लागिरहेको यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले जानकारी दिए । 
    अभियान उद्घाटनको लागि डकेन्द्रसिंह थेगिम, जीवन हाताचो राई, प्रेम एक्तेन लगायतका सामाजिक संस्थाका अध्यक्षहरु, कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, केपी पालुङ्वाको राष्ट्रिय जनमुक्ति पार्टी, गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ती पार्टी (एकीकृत)का नेता कार्यकर्ताहरु पुग्ने बताइएको छ । नेकपा (एस) र जसपा प्रदेश संसदमा पहिचानको आधारमा पुन नामाङ्नको लागि प्रयास गरिरहेका छन भने सडक आन्दोलनमा सक्रीय रहेका छन् । जसपाको किरात र लिम्बुवान राष्ट्रिय समिति, माओवादी केन्द्रको किरात, लिम्बुवान मुक्ति मोर्चा आन्दोलनमा रहेको छ । 
    सार्वजनिक विज्ञप्तिमार्फत एमालेलाई गरिएको आग्रह अनुसार तीन भाई र ८२ मध्येको प्रदेश सांसद सहभागि नगराउन गरिएको आग्रह अस्वीकार भए सडक बन्द लगायतको कडा कार्यक्रम सार्वजनिक हुनसक्ने किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले चेतावनी दिए । 
    अभियानमा पहिचानको लागि युवाको केन्द्रीय संयोजक भीम राई, सहसंयोजक बिराज लिम्बू लगायतको टोली सक्रीय रहेने बुझिएको छ । 
    अभियान मध्ये पहाडी राजमार्ग अन्तरर्गतको जिल्ला, पालिका र वडासम्म पुग्ने कोशी लेखिएको बोर्ड हटाउन लगाउने नहटाए हटाइदिने, लेटर प्याड र छापसमेत हटाउदै अघि बढ्ने बताइएको छ । 
    पहिचानको आन्दोलन सुरु भएपछि ४२ बर्षिय युवा पदम कुमार लिम्बू ‘लाजेहाङ’को बलिदान भइसकेको छ । प्रहरीको गोलीले गजेन्द्र फागोको खुट्टा गुमेको छ भने यायोक्खाका केन्द्रीय सदस्य समेत रहेका खोटाङका युवा नेता सञ्जयकुमार राई, झापाकी दीक्षा क्षेत्री लगायत प्रहरीको आक्रमणबाट १५० बढी घाइते अवस्थामा छन् । इलाममा आशिष साम्बा लिम्बू झुटा मुद्दामा जेल जीवन बिताइरहेका छन् भने सुनसरीमा १० जना, झापामा ३ र धनकुटामा ३ जनालाई झुटा मुद्दा लगाएको विज्ञप्तिमा उल्लेख छ ।

    पहिचानवादी संगठनको बिभिन्न कार्यक्रमहरु

     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…