• मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको शनिबार (२३ मंसिर) भएको निर्वाचनको अध्यक्ष पदमा एमाले निकट उमेद्वार कुलमणी गुरुङ बिजयी भएका छन् ।
    बिजेता गुरुङले ३२० मत प्राप्त गर्दै नेपाली कांग्रेस र नेकपा (एस)को गठबन्धन उमेद्वार ईन्द्रबहादुर राई (आईबी)लाई पराजित गरेका हुन् । आईबी राईले २९६ मत प्राप्त गरेका थिए । २४ मत अन्तरले गुरुङ बिजयी भएका हुन् । 
    अध्यक्ष पदका अर्का उमेद्वार पूर्ण पाख्रिन तामाङले २१८ र हेमभक्त गुरुङ ६९ मत प्राप्त गरेका थिए । पूर्ण पाख्रिन स्वतन्त्र उमेद्वार हुन् ।
    उपाध्यक्ष पदमा एमाले तर्फबाट विद्रोही उमेद्वार नवराज विष्टले २५९ मत ल्याएर बिजयी भएका छन् । पार्टीले उपाध्यक्षमा उठाएको गोपाल तामाङले २३४ मत ल्याएका छन् । उपाध्यक्षकै उमेद्वार तकविर लिम्बूले २२९ र सुनमाया घिसिङले १२१ मत प्राप्त गरेका छन् । 
    सचिवमा ४३१ मत ल्याएर अनिता थापा विजयी भएका हुन् । अर्का उमेद्वार दानबहादुर बोहोराले ३१९ मत पाएका छन् । सहसचिवमा सीता धिमालले ४९१ मत ल्याएर बिजयी भएकी छन् । धिमालको प्रतिद्वन्द्वी केदार श्रेष्ठले २७२ मत ल्याएका हुन् । समितिको कोषाध्यक्षमा रोमान्सी धिमालले ४०२ मत ल्याएर बिजयी भएकी छन् । धिमालले सुभद्रा निरौला खत्रीलाई ६ मतको अन्तरले बिजयी भएकी ह्न । खत्रीले ३९६ मत प्राप्त गरेका थिए । 
    खुल्ला सदस्यहरुमा अमितबहादुर लिम्बू (३८४), सुमन कार्की (३३७), मिलन राई (३१५), चित्रकला राई (२७६), महिला सदस्यहरुमा अम्बिका लिम्बू सर्बाधिक (४९५), सरिता राई फोम्बो (४५५), गोमा खड्का (४२९), बन्दका कटेल (४१०) बिजयी भएका छन् । चार खुल्लामा आठ र चार महिला सदस्यमा छ जनाले चुनाव लडेका थिए । 

    स्वतन्त्र उमेद्वारले ल्याए अधिक मत
    पथरीशनिश्चरे नगर—१ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको १५ औं चुनावी साधारण सभाको निर्वाचनमा स्वतन्त्र उमेद्वारले तुलनात्मक हिसावले उल्लेख्य मत प्राप्त गरेका छन् । 
    कुलमणी गुरुङको नेतृत्वमा एमाले प्यानल र आईबी राईको नेतृत्वमा कांग्रेस र नेकपा (एस)को संयुक्त प्यानल उठाएको थियो । यो संयुक्त प्यानलले राप्रपा समर्थित दानबहादुर बोहोरालाई सचिव पदमा उठाएको थियो । 
    यी दुई प्यानल स्थानीय निर्वाचनको झल्को दिनेगरी मत माग्न हिडेको देखिन्थ्यो । आफ्नो उमेद्वारलाई जिताउन पार्टीका स्थानीय नेता, कार्यकर्ताहरु सक्रिय थिए । 
    अध्यक्ष पदमा पूर्ण पाख्रिन तामाङ स्वतन्त्र रुपमा उठेका थिए । समूहको पूर्ब सदस्य रहेका तामाङले २१८ प्राप्त गरे । जसपा निकट रहेका समूहका निवर्तमान कार्यबाहक अध्यक्ष हेमभक्त गुरङले ६९ मत मात्र प्राप्त गरेका छन् । सदस्यको भन्दा निवर्तमान कार्यबाहक अध्यक्षको प्राप्त मतमा निक्कै ठुलो अन्तर देखियो । 
    एमाले पार्टीबाट स्वीकृती (टिकट) नपाएपछि पार्टीलाई चुनौती दिदै उपाधयक्ष उठेका वनराज मिश्र पार्टीले उठाएका गोपाल तामाङलाई पराजित गर्दै बिजयी भएका छन् । उपाध्यक्षमा कुनै प्यानलमा नपरेका तकवीर लिम्बूले पनि २२९ मत पाएर तेस्रो हुँदा कांग्रेस प्यानबाट उठेकी सुनमाया घिसिङले १२१ मत प्राप्त गरेकी छन् । 
    निर्वाचनलाई प्रतिष्ठको बिषय बनाएर पार्टी नेता÷कार्यकर्ताहरुले दलबलसहित प्रचारप्रशार र खर्च व्यवस्थापनसहित उठेका उमेद्वारको तुलनामा एक्ला एक्ले मत माग्न हिडेका स्वतन्त्र उमेद्वारले ल्याएको मत तुलनात्मक हिसावले अधिक रहेको देखिन्छ । 
    पार्टी नेता, कार्यकर्ता नलाग्ने र प्रतिष्ठाको बिषय नबनाइएको भए स्वतन्त्र उमेद्वारले निक्कै ठूलो मत अन्तरले पछि पार्ने अनुमान गर्न सकिन्छ । स्वतन्त्र उमेद्वारले जित्नु, प्रतिष्पर्धामा आउनुलाई पार्टी र तीनका नेता, कार्यकर्ताहरुको व्यावहारबाट जनतामा वितृष्णा पैदा हुँदै गएको ट्रेन्डकै रुपमा मान्न सकिन्छ । निर्वाचनमा जातीय भावना र निकटताको कुरा थोर बहुत आउने गरेपनि स्वतन्त्र नाममा उठेका सबै उमेद्वारले पार्टीहरुले उठाएको उमेद्वार नजिक, जनिक भोट प्राप्त गर्नु, जित्नुलाई स्वतन्त्रलाई भोट हान्ने प्रवृति वृद्धि भएको बुझिन्छ । 
     

सम्वन्धित समाचार

मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, स…

भूमिप्रसाद पाठक निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। आज आईतबार वडा नम्ब…

मोरङ । उद्यौली चाडको अवसरमा किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङको आयोजनामा आइतबार साकेला सि…

मोरङ । नेकपा माओवादी केन्द्रको मोरङ पथरीशनिश्चरे नगर—९ नं. वडा समितिको शनिबार भएको दोस्रो सम्मेलनल…