• मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माविमा आगामी मंसिर २९ गते फुड फेष्टिबल हुने भएको छ ।
    विद्यार्थीको अतिरिक्त क्रियाकलाप वृद्धि गर्ने विद्यालयको बार्षिक कार्यतालिका अनुसार फुड फेष्टिबल हुन लागेको हो । 
    विद्यालयको आयोजनामा हुने फेष्टिबलमा बिभिन्न संकायमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुले १३ वटा स्टल राख्ने सहायक प्रधानाध्यपक विना राईले जानकारी दिए । 
    स्टकलहरुमा कक्षा १२ अध्ययनरत विद्यार्थीहरुले भक्का, चट्नी, सेल रोटी आलु दम, खिर आलु टमटर, पकौडा, माछा फ्राई, सेकुवा, उसिनेको मकै अचार, मकै भट्मास गुद्रुकको अचार लगायतका परिकार बनाउन तयारी भइरहेको बुझिएको छ । 
    विद्यालयमा विज्ञान, शिक्षा, व्यवस्थापन, कानुन, फाइन आर्ट, मानविकी संकायमा अध्ययन अध्यापन हुँदै आएको छ । यी संकायहरुमा १३ वटा कक्षा सञ्चालन हुने भएको कारण हरेक कक्षालाई एउटा स्टलको तयारी भएको सहायक प्रधानाध्यापक राईले जानकारी दिए । 
    हरेक कक्षालाई एउटा समूह बनाएर उनीहरुकै लगानीमा विक्री भएको रकम समेत विद्यार्थीहरुले नै लाने बताइएको छ । फेष्टिबल बिहान ७ बजेदेखि दिउसो २ बजेसम्म हुने र स्टल तथा खानाको परिकारको गाइड गर्न हरेक समूहमा दुई जना शिक्षालाई जिम्मा दिइएको छ । फेष्टिबलमा जंङ्ग फुट रहित परिकार बनाइने बताइएको छ । 
    विद्यार्थीहरुका लागि व्यवहारिक शिक्षा सिकाइ र अतिरिक्त प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले फेस्टिबल, खेलकुद, स्थापना दिवस लगायतको कार्यक्रम गर्दै आएको विद्यालयका प्रधानाध्यापक अर्जुन बुढाथोकीले बताए । प्रदेश सरकारले नमुना घोषणा गरेको पञ्चायत माविमा करिव चार हजार विद्यार्थी अध्ययनरत रहेका छन् । 
     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…