मोरङ । मोरङको पथरीशनिश्चरे—२, नं. वडा कार्यालयको आयोजनामा मंसीर ३० गते ‘पथरीशनिश्चरे लोक नृत्य नगर च्याम्पियन—२०८०’ प्रतियोगिता हुने भएको छ ।
नेपाली लोक संगीत र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता हुन लागेको वडा अध्यक्ष नैना राईले बताए ।
प्रतियोगितामा पथरीशनिश्चरे नगरमा रहेका बिद्यालय, संस्थाहरु, डान्स सेन्टरहरु, क्लबहरु सहभागी हुने बताइएको छ । प्रतियोगितामा ८ जनासम्म कलाकार समूह हुनुपर्ने आयोजक वडा कार्यालयले जनाएको छ ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने कलाकार टिमलाई क्रमस नगद २० हजार, १५ र १० हजार नगद ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ ।