• मोरङ । एकल गोत्रीय आधारमा राखिएको कोशी नाम खारेजीको विरोध गर्दै आज साँझ खोटाङको हलेसी, भोजपुर सदरमुकाम र तेह्रथुमको जिरिखिम्ति लगायतका स्थानहरुमा पहिचानवादी संयुक्त संघर्ष समितिले भब्य मशाल जुलुस प्रदर्शन गरेको छ ।
    कोशी नाममा हस्ताक्षर दिने ८२ प्रदेश सांसद र राई, लिम्बूलाई सामुदायगत रुपमा आतंककारी, अपराधि भन्ने नेपालको पूर्व प्रधानमन्त्री केपी ओली, पूर्ब मन्त्री योगेश भट्टराई, महेश बस्नेत विरद्ध समेत प्रदर्शन गरिएको पहिचानको लागि युवाको केन्द्रीय संयोजक भीम राईले बताए । 
    भोली (मंसिर २६) गते एमालेको झुलाघाट चिवाभञ्याङ यात्रा १ नं. प्रदेश छिर्ने दिन हो । यो यात्रामा राई, लिम्बू लगायतलाई साम्प्रदायिक रुपमा गालि गर्ने, एक आपसमा भिडाउन खोजेको भन्दै तीन जनाले आत्मा आलोचना गर्न र ८२ मध्येको सांसद अभियानमा कोशी नाम खारेजी नभएसम्म यो प्रदेशमा नहिडाउन संयुक्त संघर्ष समितिले आग्रह गरेको थियो । 
    तीन भाईले आत्म आलोचना गरे वा यो यात्र प्रदेशमा आइपुग्दा नहिडाउने प्रतिबद्धता भए कुनै अवरोध नहुने संयुक्त संघर्ष समितिको संकेत थियो । पहिचानको आन्दोलन एमाले लगायतको पार्टी विरुद्ध नभएको कारण तीन भाई र प्रदेश सांसद नआए अवरोध नहुने भनेपनि एमालेबाट कुनै प्रतिकृया नआएपछि भोली मंसीर २६ गतेदेखि अनिश्चितकालीन सडक बन्दको घोषणा गरेको हो । 
    संयुक्त संघर्ष समितिले मंसिर १९ गते कांग्रेसबाट मुख्यमन्त्री बनेका केदार कार्की, कांग्रेस पार्टीका संसदीय दलका नेता उद्धप थापालाई ओखलढुङ्गा जिल्ला सदरमुकाममा कालो झण्डा प्रदर्शन गरेको थियो । माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्र आङ्बोलाई तेह्रथुममा आक्रमण गर्दा उनी चढेको काडी क्षती समेत भएको थियो । 
    प्रदेशको नाम कोशी खारेजी र पहिचानको आधारमा नाम राख्न एमालेबाट तत्कालीन मुख्यमन्त्री भएका हिक्मत कार्कीको मुख्य पहल भएको थियो । 
    एमाले, कांग्रेस, माओवादी केन्द्र सबै दल मिलेर कोशी नाम राखिएपनि पहिचानको आन्दोलन शसक्त हुँदै गएपछि माओवादी केन्द्र र कांग्रेस पार्टीले कोशी नाम राखेर गल्ति भएको भन्दै वातावरण बने पुन नामकरणको लागि तयार भएको वक्तव्य दिएको छ । 
    प्रदेशको पहिलो पार्टी एमालेका अध्यक्ष केपी ओली, योगेश भट्टराई, महेश बस्नेत भने प्रदेश १ मा एमाले राई र पहिचानवादी राई, एमाले लिम्बू र पहिचानवादी लिम्बू एक आपसमा भिडाउन प्रयास गरिरहेको बुझिन्छ । 
    पूर्ब प्रधानमन्त्री तथा स्थापित पार्टीको नेता भएर समस्या समाधान प्रयास गर्नुपर्नेमा केपी ओली आन्दोलनरत शक्तिलाई उल्टै गालि गलैज गर्दै आक्रोशित बनाउने र साम्प्रदायिक हिंसा गराउन उद्धत रहेको संयुक्त ंसंघर्ष समितिको बुझाइ छ । 
    कोशी नाम खारेजी आन्दोलन हिमाल, पहाड, तराईको गाउँ गाउँमा शसक्त बन्दै गएको छ । समस्या समाधान नभएसम्म तीन भाईको साटो अन्य नेताहरु आए कुनै स्थानमा अवरोध नहुने संघर्ष समितिले पटक पटक भनेपनि ओली निहुँ खोज्न कै लागि हिड्ने गरेको यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले बताए । 
    केपी ओली, योगेश भट्टराई, महेश बस्नेत र ८२ मध्येको प्रदेस सांसद यात्रामा नहिडाउने प्रतिबद्धता भए आफूहरु एमालेको यात्रालाई स्वागत गर्न तयार रहेको किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेनले बताउदै आएका थिए । 
    केपी ओली जानि जानि भिडाउने प्रयास भए जनताले डटेर प्रतिरोध गर्ने पहिचान सहितको प्रदेश नं. १ पुन नामाङ्कन अभियान समितिको अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए । थेगिमले सचेत एमाले कार्यकर्ताहरु पहिचानवादी विरुद्ध नभएर ओलीलाई पहिचानको आधारमा नाम राख्दा एमालेलाई के घाटा हुन्छ भनेर सोध्नु पर्ने बताएका छन् । 
    आन्दोलनमा ४२ बर्षिय युवा पदम लिम्बू (लाजेहाङ)को मृत्यु भइसकेको छ भने गजेन्द्र फागोको घुट्टामा गोली लागेर उपचारत छन् । १५० बढी घाइते भएका छन भने २५ बढीलाई झुटा मुद्धा लगाइएको र इलाममा आशिस लिम्बू थुनामै रहेको संघर्ष समितिको रेकर्ड छ । 
     


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेको छ ।&n…

मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, स…

भूमिप्रसाद पाठक निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। आज आईतबार वडा नम्ब…

मोरङ । उद्यौली चाडको अवसरमा किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङको आयोजनामा आइतबार साकेला सि…