• खोटाङ । कोशी नाम खारेजीको लागि सडकमा उत्रियका पूर्ब संस्कृति मन्त्री गोपाल किराती लगायत खोटाङ र भोजपुर जिल्लाबाट दर्जन बढीलाई प्रहरीले आज विहान गिरफ्तार गरेको छ । 
    गोपाल किराती देशभक्त समाजवादी मोर्चाको संयोजक तथा प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिको नेता हुन । किरातीलाई आज करिब साढे ११ बजेत खोटाङको हलेसीबाट प्रहरीले पक्राउ गरेको अर्का नेता रमेश राईले जानकारी दिए । 
    हलेसीबाट आज विहानै राजेश राईलाई पक्राउ गरेको थियो । राजेश राई जसपा नेपालको खोटाङ जिल्ला सचिवालय सदस्य तथा पहिचानको लागि युवाको हलेसी तुवाचुङ नगर समितिको सह संयोजक हुन् । हलेसीबाट गन्धमान राई, बिजय राईसमेत पक्राउ परेका छन ।
    आज विहानै किरात राई यायोक्खा भोजपुर जिल्ला कार्यबाहक अध्यक्ष बिदुर राईलाई घरैबाट र जसपा प्रदेश समिति सदस्य मिना राईको साथै जसपा सम्बद्ध कार्यकर्ताहरु निदेश राई, पावना राईलाई सडकबाट गिरफ्तार गरेको किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष जनक राईले बताए । 
    कोशी नाम खारेजी र ८२ प्लस तीन जनाको विरोधमा प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले आज (मंसीर २६) गतेदेखि उदयुर, ओखलढुङ्गाको सीमाना घुर्मीदेखि भोजपुर धनकुटाको सीमाना लेगुवासम्म मध्ये पहाडी मार्ग आनिश्चितकालीन बन्दको घोषणा गरेको थियो । 
    सडक बन्द सफल पार्न खोटाङको चखेवादेखि जयरामघाटसम्म दर्जनौ स्थानमा रुख ढलेर र ढुङ्गा राखेर अवरोध भएको छ । 
    बन्द उलंघन गरेको भन्दै चखेवा र दिक्तेल वीचमा पर्ने हुर्लुङ भन्ने स्थानमा एउटा मिक्चर (गाडी)मा आगजनी भएको स्थानीयबासीले जानकारी दिए । 
    घुर्मीदेखि चखेवासम्म दुई दिन अघिदेखि नै ब्यापक प्रहरी परिचालन भएको छ । जनपद र शसस्त्र गरेर करिव चार हजार बढी प्रहरी परिचालन गरिएको यायोक्खा एक स्थानीय नेताले बताए । 
    आज विहानै प्रहरीले बिभिन्न स्थानमा बम भेटेको बारे पहिचावादी नेताहरुलाई जिज्ञासा राखेको बुझिएको छ । पहिचानवादी नेताहरुले भने शान्तिपूर्ण आन्दोलन भएकोले अहिले नै बम, बारुद चलाउने बेला नभइ नसकेको तर केपी ओलीको संयन्त्रले नै बम राखेर फसाउने प्रयास गरिएको हुनक्ने बताएका छन् । 

    सडक बन्द 

    बिनासर्त रिहाइ नभए आन्दोलन अझ कडा हुने
    पक्राउ परेका पूर्ब मन्त्री गोपाल किराती लगायत सम्पूर्ण नेता, कार्यकर्ताहरुलाई तत्काल बिना सर्त नछाडे आन्दोलन अझ कडा बनाउदै लाने प्रदेश नं. १ पुन नामाङ संयुक्त संघर्ष समिति अध्यक्षता गर्दै आएका नेता डकेन्द्रसिंह थेगिमले बताए । 
    घुर्मी लेगुवाको सडक खुल्ने वा अनिश्चितकालीन हुने स्थिति हेरेर निर्णय हुने यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले बताए । 
    संयुक्त संघर्ष समितिले लेगुवा पश्चिम मंसिर २८ गतेपछि मध्ये पहाडी मार्ग सडक बन्दको घोषणा गरिसकेको छ ।  
    बन्दको प्रचार प्रसारको लागि २५ गते साँझ खोटाङको हलेसी, भोजपुर सदरमुकाम, धनकुटाको लेगुवा र तेह्रथुमको जिरिखिम्ति लगायतका स्थानहरुमा पहिचानवादी संयुक्त संघर्ष समितिले मशाल जुलुस प्रदर्शन गरेको थियो ।
    संयुक्त संघर्ष समितिले एमालेको झुलाघाट चियाभञ्याङ यात्रामा कोशी नाममा हस्ताक्षर दिने ८२ मध्येका प्रदेश सांसद र राई, लिम्बूलाई सामुदायगत रुपमा आतंककारी, अपराधि भन्ने नेपालको पूर्व प्रधानमन्त्री केपी ओली, पूर्ब मन्त्री योगेश भट्टराई, महेश बस्नेतलाई सहभागी नगराउन आग्रह गरेको थियो । 
    तीन नेताहरुले आत्मा आलोचाना गरेर ८२ सांसदलाई नहिडाउने प्रतिबद्धता गर्न आग्रह गरेपनि सो पार्टीले प्रतिक्रिया नदिएपछि लेगुवा पश्चिम र पूर्ब बिभाजन गरेर घुर्मीदेखि चिवाभञ्याङ सम्म सडक बन्दको घोषणा गरेको हो । संयुक्त संघर्ष समितिले पहिचानको आन्दोलन कुनै पार्टी, जाती विरुद्ध नभएर कोशी खारेजी गरी पहिचानको आधारमा पुन नामाङ्कनको लागि, आत्मा सम्मान र गौरव तथा साझा राष्ट्रियता निर्माणको लागि भन्दै आएको छ । आन्दोलन प्रहरीले जति दमन ग¥यो उति चर्केर जाने किरात याक्थुङ चुम्लुङको अध्यक्ष प्रेम एक्तेनले प्रतिक्रिया दिए ।
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेको छ ।&n…

मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, स…

भूमिप्रसाद पाठक निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। आज आईतबार वडा नम्ब…

मोरङ । उद्यौली चाडको अवसरमा किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङको आयोजनामा आइतबार साकेला सि…