झापा । कोशी नाम खारेजीको माग गर्दै पहिचानवादी संयुक्त संघर्ष समितिले पूर्बी पहाडी जिल्लाहरुमा सडक बन्द गरेकै दिन तराई झापा दमकमा आजै प्रदेशको मुख्यमन्त्री केदार कार्कीलाई कालो झण्डा प्रदर्शन गर्दै विरोध जनाएको छ ।
मुख्यमन्त्री केदार कार्की एक कार्यक्रममा झापाको दमक पुगेको बेला प्रदेश नं. १ पुन नामाङकन संयुक्त संघर्ष समिति झापा जिल्ला समितिको संक्रियतामा कालो झण्डा प्रदर्शन भएको हो ।
संयुक्त संघर्ष समितिको जिल्ला संयोजक पाण्डवलाल चौधरी, पहिचानको लागि युवा जिल्ला सचिव गौरिमान राई लगायतको नेतृत्वमा कालो झण्डा प्रदर्शन गर्नुको साथै मुख्यमन्त्री चढेको गाडीको शिसामा प्रहार भएको भिडियो सार्वजनिक भएको छ ।
प्रदर्शनकारीहरुले कोशी प्रदेश नाम मान्दैनौ, पहिचान आन्दोलनको सहिद लाजेहाङ अमर रहुन जस्ता नारा जुलुस लगाउदै कालो झण्डा प्रदर्शन गरेका थिए । मुख्यमन्त्री कार्कीलाई मंसिर १९ गते ओखलढुङ्गा पुगेको बेला पनि जिल्ला सदरमुकाममा कालो झण्डा प्रदर्शन भएको थियो ।
कोशी नाममा हस्ताक्षर दिने ८२ मध्येका प्रदेश सांसद र पूर्बका राई, लिम्बू समुदायलाई साम्प्रदायिक रुपमा लागि गरेको भन्दै पूर्ब प्रधानमन्त्री केपी ओली, योगेश भट्टराई र महेश बस्नेत विरुद्ध घुर्मी लेगुवा सडक बन्द भएको छ ।
आन्दोलनको क्रममा आजै खोटाङको हलेसीबाट पूर्ब संस्कृति मन्त्री गोपाल किराती, यायोक्खा भोजपुरको कार्यबाहक अध्यक्ष बिदुर राईलाई घरैबाट लगायत १० जनालाई प्रहरीले पक्रेको छ । पक्राउ परेका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई तत्काल नछाडे आन्दोलन अझ चर्केर जाने चेतावनी दिएको छ ।