• खोटाङ । नेपालको पूर्ब प्रधानमन्त्री केपी ओली आज (मंगलबार)देखि करिव पाँच हाजरको प्रहरी घेरा भित्रबाट प्रदेश १ को यात्रा सुरु गरेका छन् । 
    केपी ओलीको छुद्र वचन कै कारण आफ्नै प्रदेश प्रवेश गर्दैगर्दा पाँचौ हजारको प्रहरी स्कटिङ बिन हिड्नु नसक्ने अवस्थामा पुगेको हो ।  
    केपी ओलीको नेतृत्वमा मध्ये पहाडी मार्ग ‘झुलाघाट चिवाभञ्ज्याङ’ यात्रा मंगरबार प्रदेश १ प्रवेश गरेको हो । प्रदेशमा एमालेको पहिलो आम सभा ओखलढुङ्गा जिल्लाको हर्कपुरमा थियो ।
    यात्रा प्रदेश प्रवेश गर्ने दिन मंगलबारदेखि प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले घुर्मी लेगुवा सडक बन्दको आयोजना गरेको थियो । 
    आन्दोलनको नेतृत्व तहमा रहेका किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र यी संस्थाहरुलाई आफ्नो ठान्ने राई, लिम्बू समुदायलाई केपी ओलीले ‘आतंककारी’ भनेको, ताप्लेजुङ घर भएका पूर्ब मन्त्री योगेश भट्टराईले संसदमा साम्प्रदायिक हिसावले अपराधि भनेको र महेश बस्नेतले यही समुदायलाई लक्षित गरेर ‘तिम्रो बाउको विर्ता हो ?’ भनेर प्रस्न गरेको कारण यी तीन भाई विरुद्ध संयुक्त संघर्ष समिति समुदायगत रुपमा आक्रोशित भएको छ । 
    संघर्ष समितिले यी तीन भाईले प्रदेश प्रवेश गर्नुअघि आत्मा आलोचना गर्नुपर्ने, कोशीमा हस्ताक्षर दिने ८२ मध्येको प्रदेश सांसद नहिडाउन गरेको आग्रह प्रति मौन बसेपछि सडक बन्द गरेको थियो । 
    संघर्ष समितिले बन्द आयोजना गरेपछि उदयपुर, ओखलढुङ्गा, खोटाङ, भोजपुरहुँदे लेगुवासम्म ब्यापक प्रहरी परिचालन भएको छ । यी क्षेत्रमा पाँचदेखि सात हजार बढी शसस्त्र र जनपथ प्रहरी परिचालित भएको बुझिएको छ । 
    बन्द सफल बनाउन आयोजक संयुक्त संघर्ष समितिका युवाहरुले ओखलढुङ्गाको हिलेपानी, खोटाङको जयराम घाट, नुनथलाहुदै बिभिन्न स्थानमा सयौ रुखहरु ढालेका थिए । सोमबार राति ढालिएको रुख र ढुङ्गाहरु पञ्छ्याउन प्रहरीलाई मंगलबार करिव २ बजेसम्म लागेको थियो । बन्द घोषणा भएको घुर्मी र लेगुवासम्म प्रहरीको बाहेक दिनभर सडक ठप्प भएको थियो ।
    हर्कपुरमा मन्तब्य सकेपछि हजारौ प्रहरीले स्कटिङमा खोटाङ सदरमुकाम लाँदा पनि विभिन्न स्थानमा ढुङ्गा प्रहार भएको थियो । जयराम घाट पूर्ब र पश्चिममा २०, २५ मिनेटसम्म पर्खेर रोकिँदै हिड्नु परेको थियो । बन्दको अघिल्लो दिनदेखि नै हलेसी, नुनथला, जयरामघाट, हिलेपानी, हर्कपुर लगायतको क्षेत्रमा मात्र चार हजार बढी प्रहरी परिचालन भएको पहिचानको लागि युवाको केन्द्रीय संयोजक भीम राईको अनुमान छ । 
    अवरोधको वीच हजारौको प्रहरी स्कटिङमा मंगलबार साँझ ओलीको टिमलाई प्रहरीले खोटाङ सदरमुकाम दिक्तेल पु¥याएका छन् । बन्दको क्रममा मंगलबार नै खोटाङको हलेसीबाट पूर्ब प्रधानमन्त्री गोपाल किराती लगायत खोटाङ, भोजपुर, उदयपुर र झापाबाट १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  
    झापा दमकमा मुख्यमन्त्री केदार कार्कीलाई कालो झण्डा देखाएको भन्दै संयुक्त संघर्ष समितिको झापा संयोजक पाण्डवलाल चौधरी (विर्तामोड)बाट प्रहरीले गिरफ्तार गरेको छ ।
    संयुक्त संघर्ष समितिले मंगलबार साँझ विज्ञप्ति प्रकाशन गरेर पक्राउ परेका नेता, कार्यकर्ता बिना सर्त नछाडे प्रदेश बन्द गर्ने जनाएको छ । मध्ये पहाडी मार्ग लेगुवा पश्चिम मंसिर २८ गतेदेखि सडक बन्दको घोषणा गरिसकेको छ । 
    स्थिति हेर्दा पूर्ब प्रधानमन्त्री ओलीको यात्रा प्रदेश १ मा रहेसम्म पाँच हजार भन्दा बढी प्रहरी सुरक्षा घेरा भित्रैबाट हुने देखिन्छ । राई, लिम्बूलाई समुदायगत रुपमा गाली गरेकोमा केपी ओलीसहित तीन भाईले आत्मा आलोचना नगरेसम्म र कोशी नाम खारेजी नभएसम्म ८२ जना प्रदेश सांसद हिड्ने कार्यक्रममा कालो झण्डा लगायतको विरोध प्रदर्शन जारी रहने बताइरहेको छ । 


सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेको छ ।&n…

मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, स…

भूमिप्रसाद पाठक निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। आज आईतबार वडा नम्ब…

मोरङ । उद्यौली चाडको अवसरमा किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङको आयोजनामा आइतबार साकेला सि…