• खोटाङ । पहिचानवादी युवाहरुले खोटाङ र भोजपुरको बिभिन्न स्थानमा गएराति पनि ठाउँठाउँमा रुख ढालेर मध्ये पहाडी लोक मार्ग अवरोध गरेका छन् । 
    प्रदेश नं. १ को पुन नामाङकनको सन्दर्भलाई लिएर पूर्ब प्रधानमन्त्री केपी ओलीले राई, लिम्बू समुदायलाई लक्षित गरी असभ्य र साम्प्रदायिक शब्दमा गालि गरेको भन्दै मध्ये पहाडी लोक मार्गको घुर्मी लेगुवा सडक अनिश्चितकालीन बन्दको घोषणा भएको छ । 
    हिजो ओखलढुङ्गाको हर्कपुरमा सभा सकेर ओलीको टोली अवरोधको वीच दिक्तेल पुगेर बसेका थिए । 
    बन्द सफल बनाउन गएराति भोजपुरको पिखुवा, सिर्दली लगायत दर्जन बढी स्थानमा रुख र ढुङ्गाहरु राखेर सडक अवरोध गरेका थिए । दिक्तेलदेखि भोजपुरको सीमाना चखेवासम्म यसैगरी सडक अवरोध भएको छ ।
    पहिचानवादी युवाहरुले सडक अवरोध गरेपनि शसस्त्र र जनपदको ठूलो प्रहरी समूहले रुख कटान गर्ने मेसिन चेन सो नै प्रयोग गरेर अवरोध पञ्छाइ रहेको छ । 
    सडक अवरोधको कारण ओली तोकिएको समयमा भोजपुर पुग्न नसक्ने भएको बुझिएको छ । प्रहरीको घेरा भित्र ओलीको यात्रा हुने भएपनि सार्वजनिक गाडी भने हिजैदेखि ठप्प रहेको छ । 
    ओलीको यात्रामा प्रदेश १ मा पाँचदेखि सात हजारसम्म शसस्त्र र जनपद प्रहरी प्रयोग भइरहेको संघर्ष समितिका नेताहरुको अनुमान छ । हिजो घुर्मीदेखि लेगुवा सडक खण्डको हरेक स्थानमा ठूलो संख्यामा प्रहरी राखिएको थियो । 
    आज दिक्तेलदेखि भोजपुर, लेगुवा, सिदुवाहुँदै बसन्तपुर, जिरिखिम्ति लगायतका स्थालमा छ्याप छ्यापी प्रहरी परिचान भएको छ । 

    पहिचानवादीलाई हिडडुलमा अवरोध 
    पहिचानवादी संगठनका नेताहरलाई भने सहज रुपमा हिडडुल गर्न पनि प्रहरी निगरानी हुने र यात्रा रोक्ने काम भइरहेको संयुक्त संघर्ष समितिका नेता डकेन्द्रसिंह थेगिमले बताए । धरानबाट लेगुवा हिडेको पहिचानवादी युवा समूहको गाडीलाई हिजो अपरान्ह प्रहरीले भेडेटारमा रोकेर फर्काइ दिएको थियो । यात्रा रोकिने भएपछि त्यही नारा जुलुस भएको थियो । 
    टोलीमा किरात याक्थुङ चुम्लुङकी केन्द्रीय महासचिव निरन्ति तुम्बापो समेत रहेका थिए । हिडडुल गर्न रोक लगाएर प्रहरीले संविधान र मानवअधिकारले दिएको अधिकार हनन भएको किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईको भनाइ छ ।
     एउटा संगठनको कार्यकर्ताहरुलाई बसमा हिड्न दिने र पहिचानवादीलाई रोक्ने कार्य पक्षपातपूर्ण भएको किरात याक्थुङ चुम्लुङको केन्द्रीय अध्यक्ष प्रेम एक्तेनको भनाइ छ । 
    आन्दोलनको क्रममा खोटाङ, भोजपुर र उदयपुर गरी १२ जना र हिजै नेपाल आदिबासी जनजाति महासंघ झापाको अध्यक्ष पाण्डवलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेशको मुख्यमन्त्री केदार कार्कीलाई दमकमा कालो झण्डा देखाएको आरोपमा चौधरीलाई विर्तामोड घरैबाट पक्राउ गरेको हो । 
    पक्राउ परेका सम्पूर्णलाई बिनासर्त रिहाइ नभए प्रदेश नै बन्द गर्ने पदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले जनाएको छ । 

    लेगुवा पुर्ब दुई चरणमा सडक बन्द हुने
    लेगुवा पुर्ब मध्ये पहाडी लोक मार्ग दुई चरणमा सडक बन्द हुने भएको छ । संयुक्त संघर्ष समितिले सार्वजनिक गरेको कार्यक्रम अनुसार लेगुवा, सिदुवा, बसन्तपुर, म्याङलुङ, संक्रान्ति, माझीटार क्षेत्र मंसिर २८ र २९ गते दुई दिन सडक बन्द हुने भएको छ । 
    त्यसैगरी मंसिर ३० र पुस १ गते फेदेन, हिल्लीहाङ, थर्पु,देखि चिवाभञ्ज्याङ सडक बन्द हुने कर्यक्रम सार्वजनिक गरेको छ । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेको छ ।&n…

मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, स…

भूमिप्रसाद पाठक निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। आज आईतबार वडा नम्ब…

मोरङ । उद्यौली चाडको अवसरमा किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङको आयोजनामा आइतबार साकेला सि…