• भोजपुर, पहिचावादीको विरोधको बाबजुद संकल्प यात्रामा रहेका पूर्ब प्रधानमन्त्री केपी ओलीलाई आज भोजपुरमा प्रदर्शनकारीले कालो झण्डा देखाएको छ भने धनकुटाको लेगुवामा एक जनाले मुक्का हानेका छन् ।

    पार्टीको भुलाघाट चिवाभन्ज्याङ्ग संकल्प अभियान अन्तर्गत हिजो भोजपुर आएर आज (बिहिवार) पूर्ब लाग्ने क्रममा संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले सदरमुकाममै पहिचान विरोधी केपी ओली मुर्दावाद भन्दै नारा लगाएका थिए । 

    कालो झण्डासहित प्रदर्शन गर्ने ९ जनालाई प्रहरीले पक्रेको छ । भोजपुरदेखि धनकुटा प्रवेश गर्न लाग्दा लेगुवा स्थित लेगुवा स्थित राम वजार आइपुग्दा साधारण ब्यक्तीले ओलीलाई झापड हानेका हुन् । ओलीको टोली बिहिवार करिब १२ बजे लेगुवा आइपुगेका थिए ।

    लेगुवामा आयोजित जेष्ठ नागरिक तथा कर्यकर्तासँगको भेटघाटको लाइन आएका थिए । स्वागतको लाइनमा आएका स्थानीय महेश राईले झापड हानेका थिए । 
    झापड हानेपछी ती ब्याक्तीको हात प्रहरीले समाएपछी अर्को मुक्का हान्न भने पाएनन । मुक्का हान्ने राई ओली विरुद्ध निक्कै आक्रमक देखिन्थे । उनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी राजबाबु महर्जनले जानकारी दिए । ओली लेगुवापछी धनकुटाको पाख्रीबासहुँदै वसन्तपुरको कार्यक्रममा सहभागी भएका थिए ।
    पूर्ब प्रधानमन्त्रील ओली पहिचानवादीको आन्दोलनको कारण सात हजार प्रहरीको घेराभित्रबाट यात्रा गरिरहेका छन ।
    पहिचानको आन्दोलनमा उत्रिएको नेताहरु प्रहरीले पूर्ब संस्कृति मन्त्री गोपाल किरातीसहित खोटाङ, भोजपुर, उदयपुर, संखुवासभा, धनकुटा र झापा गरी ३५ जनालाई नियन्त्रणमा लिएको छ ।  
    आन्दोलनको क्रममा पक्राउ परेका सम्पूर्णको निसर्त रिहाइ लगायतको माग राख्दै मंसीर ३० र पुष १ गते मेची राजमार्ग र तमोर करिडोर बन्दको घोषणा गरेको छ । मध्ये पहाडी राजमार्ग यस अघिदेखि नै बन्द रहेको छ । बन्धी नछाडे प्रदेश १ आम हड्तालको कार्यक्रम ल्याउने संघर्ष समितिले जनाउदै आएको छ ।

    हालसम्म बन्धी बनाइएका नेताहरु ः– 
    खोटाङबाट ः–२०८० मंसीर २६ गते १) पूर्ब संस्कृति मन्त्री गोपाल किराती, २) जसपा नेता, राजेस राई, ३) गन्धमान राई, ४) विजय राई, ५) उदिम राई 

    भोजपुरबाटः–२०८० मंसीर २६ गते ६) बिदुर राई (किराया भोजपुर जिल्ला अध्यक्ष) ७) मीना राई (जसपा प्रदेस सदस्य), ८) दिनेस राई (जसपा जि.सदस्य ÷युवा इन्चार्ज), ९) पनन राई
    उदयपुरको घुर्मीबाटः–२०८० मंसीर २६ गते १०) निशान राई, ११) बिजय थापा, १२) शंखर खत्री 

    झापाको बिर्तामोडबाटः–२०८० मंसीर २६ गते १४) पाण्डव चौधरी (संयुक्त संघर्ष समिति झापा जिल्ला संयोजक)

    लेगुवा घाटबाटः–२०८० मंसीर २७ गते १५) उद्दवमणि राई (किराया धनुकटा अध्यक्ष, १६) कमल तिगेला (कियाचु धनकुटा अध्यक्ष), १७) बिरेन्द्र खारा राई ( संखुवासभा संयुक्त संघर्ष समिति अध्यक्ष) १८) उमा चाम्लिङ राई (किराया संखुवासभा सचिब) १९) जितेन्द्र माङपाङ राई (किराया पाख्रिबास अध्यक्ष) 

    भोजपुरबाटः–२०८० मंसीर २८ गते, केपी ओलीलाई सदरमुकाममा कालो झण्डा प्रदेश गर्ने क्रममा २०) मन्जु राई, (जसाप जिल्ला उपाध्यक्ष), २१) दिनेश राई (किरात फोर्स भोजपुर संयोजक), २२) मणि राई (जिल्ला सदस्य), २३) धिरज राई (जिल्ला सदस्य), २४) धिरेन खिम्बुले राई (समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष), २५) तायाबुङ राई (समाजवादी विद्यार्थी युनियनका जिल्ला सचिव)

    धनकुटा सिदुवाबाटः–२०८० मंसीर २८ गते, २६) शंकरमान खेवा, २७) सुर्य मादेन, २८) नगेन सावा, २९) बोधराज लिम्बू, ३०) उदय लिम्बू सावा ३१) फौद तुम्खेवा, ३२) दीपक लिम्बू, ३३) रुपेश लिम्बू, ३४)योगेन्द्र सावा लिम्बू

    केपी ओलीलाई मुक्का प्रहार गर्ने महेश राई


     

सम्वन्धित समाचार

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…