• मोरङ÷कोशी नाम खारेजी, पहिचानसहित पुन नामाङ्कनको प्रस्तावसहित आन्दोलनको क्रममा पक्राउ परेका पूर्ब मन्त्री गोपाल किराती लगायत ४७ जनालाई प्रहरीले आज (पुस १) साँझ रिहा गरेको छ । 
    मध्ये पहाडी लोकमार्ग र दुई दिन प्रदेश ब्यापी सडक बन्दको क्रममा बिभिन्न संगठनको नेता कार्यकर्ताहरु पक्राउ परेका थिए । पक्राउ परेका नेताहरु बिना सर्त रिहाइ नभए संयुक्त संघर्ष समितिले प्रदेश ब्यापी आम हड्तातको कार्यक्रम ल्याउने चेतावनी दिदै आएका थिए । 
    खोटाङ, भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी, झापा, इलाम, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लाहरुमा पहिचानवादी नेताहरु प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मध्ये ४७ जनालाई प्रहरीले निसर्त रिहाइ गरेको छ । रिहाइ भएको अधिकांश जिल्लामा प्रहरी दमन मुर्दावाद, पहिचानको आन्दोलन जारी छ लगायतको नारा जुलुस र पहिचानवादी नेताहरुलाई स्वागत भएको छ । मध्ये पहाडी लोकमार्ग बन्द र यहाँ भएको क्रियाकलापले पहिचानको आन्दोलनलाई थप उचाइमा पु¥याएको र उत्साह थपिएको संयुक्त संघर्ष समितिको नेतृत्व गरिरहेका पहिचानको आधारमा प्रदेश नं. १ को पुन नामाङ्कन अभियान समितिको अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताएका छन् । 
    संयुक्त संघर्ष समितिको झापा जिल्ला अध्यक्ष पाण्डवलाल चौधरी र केपी ओलीलाई मुक्का हान्ने महेश राईलाई भने रिहा गरेका छैनन् । यी दुवै जनाको बिनासर्त रिहाइ नभए अव आन्दोलन केही दिन धनकुटा र झापा केन्द्रीत हुने संघर्ष समितिले जनाएको छ । 

    बन्धी बनाएर अधिकांश रिहा भएका नेताहरु ः– 
    खोटाङबाट ः–२०८० मंसीर २६ गते १) पूर्ब संस्कृति मन्त्री गोपाल किराती, २) जसपा नेता, राजेस राई, ३) गन्धमान राई, ४) विजय राई, ५) उदिम राई (पुस १ गते साँझ रिहा)

    भोजपुरबाटः–२०८० मंसीर २६ गते ६) बिदुर राई (किराया भोजपुर जिल्ला अध्यक्ष) ७) मीना राई (जसपा प्रदेस सदस्य), ८) दिनेस राई (जसपा जि.सदस्य ÷युवा इन्चार्ज), ९) पनन राई (पुस १ गते साँझ रिहा)

    उदयपुरको घुर्मीबाटः–२०८० मंसीर २६ गते १०) निशान राई, ११) बिजय थापा, १२) शंखर खत्री (पुस १ गते साँझ रिहा)

    झापाको बिर्तामोडबाटः–२०८० मंसीर २६ गते १४) पाण्डव चौधरी (संयुक्त संघर्ष समिति झापा जिल्ला संयोजक) रिहा हुन बाँकी

    लेगुवा घाटबाटः–२०८० मंसीर २७ गते १५) उद्दवमणि राई (किराया धनुकटा अध्यक्ष, १६) कमल तिगेला (कियाचु धनकुटा अध्यक्ष), १७) बिरेन्द्र खारा राई ( संखुवासभा संयुक्त संघर्ष समिति अध्यक्ष) १८) उमा चाम्लिङ राई (किराया संखुवासभा सचिब) १९) जितेन्द्र माङपाङ राई (किराया पाख्रिबास अध्यक्ष) (पुस १ गते साँझ रिहा), महेश राई रिहा हुन बाँकी

    भोजपुरबाटः–२०८० मंसीर २८ गते, केपी ओलीलाई सदरमुकाममा कालो झण्डा प्रदेश गर्ने क्रममा २०) मन्जु राई, (जसाप जिल्ला उपाध्यक्ष), २१) दिनेश राई (किरात फोर्स भोजपुर संयोजक), २२) मणि राई (जिल्ला सदस्य), २३) धिरज राई (जिल्ला सदस्य), २४) धिरेन खिम्बुले राई (समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष), २५) तायाबुङ राई (समाजवादी विद्यार्थी युनियनका जिल्ला सचिव) (पुस १ गते साँझ रिहा)

    सुनसरी धरानबाटः–२०८० मंसीर ३० गते १) सुमन चेम्जोङ, २) करुण राई, ३) शिवाहाङ  राई (सिताराम ), ४), हरि राई, ५ )शम्भु राई ‘पृथक (सोही दिन साँझ रिहा)

    झापा–इलाम सिमाना केर्खाबाट ः–२०८० मंसिर ३० गते १) ध्रुब लावती (पूर्ण)–इलाम चुलाचुली १ बाट  निर्वाचित बर्तमान वार्ड अध्यक्ष, २) नरेन्द्र लेक्वा लिम्बु (सोही साँझ रिहा)

    सुनसरी धरानबाटः–२०८० पुस १ गते १५) सागर धामी, चन्द्रमाया लिम्बु, पदम तमाङ, महेन्द्र गुरुङ, रमेश राई, अमित राई, विष्णु तिगेला, विश सुब्बा इस्बो र टिएन सुब्बा (सोही साँझ रिहा)

    सुनसरी इटहरीबाट ः–२०८० पुस १ गते—ताराबिर राई, आइत लिबाङ लिम्बु, सरिता राई र चन्द्र सम्बाहाम्फे (सोही साँझ रिहा)

     


     

     

सम्वन्धित समाचार

मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, स…

भूमिप्रसाद पाठक निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। आज आईतबार वडा नम्ब…

मोरङ । उद्यौली चाडको अवसरमा किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङको आयोजनामा आइतबार साकेला सि…

मोरङ । नेकपा माओवादी केन्द्रको मोरङ पथरीशनिश्चरे नगर—९ नं. वडा समितिको शनिबार भएको दोस्रो सम्मेलनल…