• मोरङ ।  प्रधानमन्त्री केपी ओलीको मध्ये पहाडी संकल्प यात्रा प्रदेश नं. १ आइपुग्दा कार्यक्रमसँग प्रत्यक्ष जोडिएका दुई युवाको हनाहकमा मृत्यु भएको छ । 
    पाँचथरमा ४५ वर्षीय प्रेम संग्रौला र संखुवासभामा कान्छा लामा भनेर चिनिने ३९ वर्षका फुर्पु छिरिङ लामा रहेका छन् । 
    पाँचथरको फेदेनमा मंसिर ३० गते आयोजित एमाले सभाबाट फर्किने क्रममा हिलिहाङ गाउँपालिका–५ का प्रेम संग्रौलाको मृत्यु भएको हो ।
    सभा सकिएपछि टिपरको डालोमा बसेर घर फर्किदा फिदिम–४ जोरसाल बजार नजिकै खसेर संग्रोलाको घट्ना स्थलमै मृत्यु भएको हो । संग्रौला परिवारले क्षतिपूर्तिको माग गर्दै शव उठाउन नमानेको बुझिएको छ । क्षतिपूर्ति एमालेले दिनुपर्ने माग गर्दै आएका छन् । 
    त्यसैगरी तेह्रथुमको बसन्तपुरमा मंसिर २८ गते भएको सभामा हिडेका संखुवासभा भोटखोला गाउँपालिका—२ का ३९ वर्षका फुर्पु छिरिङ लामा (कान्छा)को मोटरसाइकल दुर्घट्नामा परि मत्यु भएको छ । 
    लामा भोटखोलाबाट खाँदबारी आउँदै गर्दा मकालु गाउँपालिका स्थित फ्याक्सिन्दा उकालोमा (हेदाङ्ना मुनी) आइपुग्दा मोटरसाईकल दुर्घटना भएर मृत्यू भएको हो । मृतक लामा केपी ओलीको पूर्वपश्चिम संकल्प यात्राको संखुवासभाबाट स्वयंसेवकको रुपमा परिचालित थिए ।
    प्रदेश नं. १ पुन नामाङकन संयुक्त संघर्ष समितिले दुबै दुर्घट्ना पूर्ब प्रधानमन्त्री ओलीले हटको कारण भएकोले जिम्मेवारी लिएर लामा र संग्रोला परिवारलाई क्षतिपूर्ति दिन सचेत गराएको छ । 
    संयुक्त संघर्ष समितिद्वारा आज (२ पुष)मा प्रकाशित विज्ञप्तिमा भनिएको छ ‘जनताको भावना विपरित, राज्य शक्ति र श्रोतको ब्यापक दुरुपयोग गर्दै स्वयम दाजुभाईलाई एक आपसमा भिडाउने उदेश्यको साथ केपी अ‍ेलीको ‘कथित संकल्प यात्रा’को क्रममा संखुवासभाका कान्छा लामा र पाँचथरका प्रेम संग्रौलाको मृत्यु हुन पुगेको छ ।’
    ‘मृत्युको कारण केपी ओल, योगेश भट्टराई र महेश बस्नेत गुट हुन ।’ विज्ञप्तिमा थप भनिएको छ ‘दुबै घट्नाको केपी ओली गुटबाट जिम्मेवारी लिदै मृतक पीडित परिवारलाई आवश्यक क्षतिपूर्ति दिनु पर्दछ, परिवारको माग प्रति हाम्रो समर्थन छ ।’
    ओलीले २०८० मंसिर १७ देखि पुस १ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म “समृद्धिका लागि संकल्प यात्रा” नामको १७ दिने यात्रा गरेका थिए । संकल्प यात्रा प्रदेश १ मा आइपुग्दा शव यात्रामा परिणत भएको पहिचानवादी नेताहरुको भनाइ छ । दुई युवाका मृत्यु भएपनि मृतक युवाहरु बारे एक वचन नबोली ओली यात्रा सफलताको जबरजस्त प्रचार गर्दै हेलिकप्टर चढेर फर्केका छन् । 
    ओली प्रदेश नं. १ प्रवेश गर्नुअघि पहिचानवादी संयुक्त संघर्ष समितिले राई, लिम्बू समुदायलाई साम्प्रदायिक रुपमा गालि गरेकोमा आत्मा आलोचना गर्न, ८२ मध्येका प्रदेश सांसद यात्रामा नहिडाउन आग्रह गरेको थियो । आफूहरुले गरेको आग्रह स्वीकार भए यात्रा टोलीलाई स्वागत गर्ने समेत पहिचानवादी नेताहरुले बताएका थिए । 
    पहिचानवादी संघर्ष समितिको आग्रहलाई बेवास्ता गरेपछि सयौं स्थानमा रुख ढालेर सकड अवरोध गर्नुको साथै ठाउँठाउँमा कालो झण्डा प्रदर्शन र लेगुवामा महेश राईबाट मुक्कासमेत प्रहार भएको थियो । 
    सडकबाट चिवाभञ्ज्याङ पुग्न संभव नभएपछि फेदेनबाट हेलिकप्टर चढेर जानु परेको थियो । दशौं हजार प्रहरीको सुरक्षा घेरावीच भएको यात्रामा पनि जनताले स्वागत गर्नुपर्नेमा ठाउँठाउँमा सडक अवरोध, कालो झण्डा प्रदर्शन, मुक्का प्रहार, दुई युवाले ज्यान गुमाउनु, ७० जना बढी पहिचानवादी नेता बन्धी बनाएर गरेको यात्रा निराशाजनक, निष्प्रभावि भएको संयुक्त संघर्ष समितिको संयोजक डकेन्द्रसिंह थेगिमको भनाइ छ । 
    ओलीको यात्राले दुई युवाको प्राण लिनुको साथै जनताको भावना माथि कुल्चिन प्रयास बाहेक केही उपलब्धी नभएको उल्टो राज्यको श्रोत साधनमाथि दोहन÷दुरुपयोग भएको किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईको भनाइ छ ।   
     

सम्वन्धित समाचार

मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, स…

भूमिप्रसाद पाठक निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। आज आईतबार वडा नम्ब…

मोरङ । उद्यौली चाडको अवसरमा किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङको आयोजनामा आइतबार साकेला सि…

मोरङ । नेकपा माओवादी केन्द्रको मोरङ पथरीशनिश्चरे नगर—९ नं. वडा समितिको शनिबार भएको दोस्रो सम्मेलनल…