• मोरङ । मोरङको पथरीशनिश्चरे स्थित सिरिजङ्गा स्मृति धार्मिक वनमा हुने चासोक तङ्नाम कार्यक्रममा गायिक सबिना योङ्हाङ लगायतका कलाकारहरु आउने भएका छन् । 
    किरात याक्थुङ चुम्लुङ र सिरिजंङ्गा स्मृति धार्मिक वन समूह पथरीशनिश्चरेको संयुक्त आयोजनामा हुने कार्यक्रममा दीपा सुहाङ्ग, नन्दु गुरुङ, रबिन कन्दङ्वा लगायतका गायक कलाहरु र सांस्कृतिक झाँकी च्याब्रुङ नाच प्रदर्शन हुने आयोजक समितिका संयोजक डम्बर चोङ्बाङ्ग लिम्बूले जानकारी दिए । चासोक तङ्नाम कार्यक्रम पथरीशनिश्चरे नगरको प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा हुने भएको छ ।
    यलेतङ्बे ५०८३ (२०८०)को चासोक तङ्नाम कार्यक्रम पुस  गतेदेखि चार दिनसम्म हुने भएको हो । तङ्नामको अवसरमा भलिबल, धनुष काँड हान्ने, छेलो, भाले जुधाई, डोरी तान्ने, लङ जम्प लगायतको प्रतियोगिता हुने आयोजक समितिका सदस्य सचिव विक्रम लिम्बूले बताए । 
    चासोक तङ्नामको अवसरमा सिरिजंङ्गा स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि विजेतालाई ६० र दोस्रो हुनेलाई ४० हजार नगद, ट्रफी र प्रमाणपत्रहरु प्रदान गरिने आयोजक समितिको सदस्य मणि लुङ्फुङ्वा लिम्बूले बताए । कार्यक्रममा बिभिन्न फेदाङ्मा (धामी)को उपस्थितिमा प्रकृतिको पुजा, आफन्त भेटघाट, केलाङ, यालाङ, हक्पारे, ख्याली, पालाम गीत तथा नाचेर मनोरञ्जनको साथ मनाइने आयोजक समिति सदस्य मानप्रसाद लिम्बुले बताए । 
    चासोक तङ्नाम बारे आज (मंगलबार) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा केशव कुरुङ्बाङ, गणेश थक्लुङ, रोशन मादेम्बा, जोन सुब्बा लगायतका युवाहरु उपस्थित रहेका थिए । 
     

सम्वन्धित समाचार

सुनसरी । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समितिले मंगलबार धरानमा पहिचान पत्रका…

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को २६ औं स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमिति मोरङ…

मोरङ । बिसे नगर्चीको कविता र कृति माथि चर्चा पृथ्वीनारायण शाहको सल्लाहकार बिसे नगर्चीको बिषयमा शुक्रबार प…

मोरङ । राष्ट्रिय परीक्षा बोर्डद्वारा भर्खरै प्रकाशित कक्षा १२ को परीक्षामा बोर्ड टप गरेको दावि गर्दै मोरङको पथ…