मोरङ । पहिचान आन्दोलनको क्रममा पक्राउ परेका दुई कार्यकर्तालाई नछाडेको भन्दै तत्काल रिहा नगरे इलाम र धनकुटा जिल्ला बन्द लगायतको कार्यक्रम घोषणा गर्ने संयुक्त संघर्ष समितिले चेतावनी दिएको छ ।
पूर्ब प्रधानमन्त्री केपी ओलीलाई मुक्का हानेको आरोपमा पक्राउ परेको महेश राई र अपराधजन्य उपद्र गरेको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका बुलेट किरातीलाई तत्काल रिहा नगरे धनकुटा र इलाम जिल्ला बन्द गर्ने प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले चेतावनी दिएको छ ।
मध्ये पहाडी लोक मार्ग बन्द (मंसिर २६ देखि पुष १)को क्रममा पक्राउ परेका करिव ७० जना नेता, कार्यकर्ताहरुको रिहाइको माग गर्दै मंसिर ३० र पुष १ गते प्रदेश व्यापी यातायात बन्दको आयोजना गरेको थियो ।
बन्द सफल बनाउन लागेका संयुक्त संघर्ष समिति झापा बुद्धशान्ति गाउँ समिति संयोजक बुलेट किरातीलाई पुस २ गते प्रहरीले पक्राउ गरेर इलाका प्रहरी कार्यालय पशुपतिनगर इलामले अपराध जन्य उपद्रो सम्बन्धी अदालतमा मुद्धा दर्ता गरेको छ ।
केपी ओलीलाई मुक्का हानेको अभियोगमा मंसिर २८ गते पक्राउ परेका महेश राईलाई पनि धनकुटा प्रशासनले अझै छाडेको छैन् ।
पक्राउ परेका कार्यकर्ताहरुलाई प्रशासनले नछाडेपछि प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिका केन्द्रीय नेतृत्वको टोली रिरासतमा रहेका कार्यकर्ताहरुलाई भेटेका थिए । टोलीले इलाम र धनकुटा प्रशासन प्रमुखहरुलाई समेत भेटेर तत्काल आफ्ना कार्यकर्ता नछाडे दुई जिल्ला बन्द लगायतको कार्यक्रम ल्याउने चेतावनी दिएका हुन् ।
केन्द्रीय संघर्ष समितिको कार्यकारी संयोजकको भूमिका निर्वाह गरिरहेका पहिचान सहितको प्रदेश नं. १ पुन नामकरन अभियान समितिको संयोजक डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, उपमहासचिव अर्जुन जम्नेली राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक), अर्थ सचिव दिलु लिङ्देन, राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय अध्यक्ष केपी पालुङ्वा, महासचिव पदम जबेगी, उपमहासचिव विष्णु थाम्देन, प्रेमदिप थाम्सुहाङ लगायतको टोलीले पुस ४ गते धनकुटा र ८ गते इलाम पुगेर सो चेतावनी दिएका हुन् । कार्यकर्ता र पशासनसँगको भेटमा सम्बन्धीत जिल्लाका संघर्ष समिति, यायोक्खा, चुम्लुङका पदाधिकारी र पत्रकारहरुसमेत सँगै रहेका थिए ।
सो टोलीले पुस ८ गते पशुपतिनगर प्रहरी कार्यालयमा रहेका बुलेट किराती र इलाका प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर बिष्णुबहादुर खड्कालाई भेटेर हिरासद भित्रको अवस्था र मुद्धाको प्रकृतिबारे बुझेका थिए ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय इलाम पुगेर प्रहरी प्रमुख एसपी बासुदेब खतिवडा र डीएसपी प्रकश जबेगुसँग भेटर झुटा मुद्धा लगाइएका बुलेट किरातीलाई तत्काल नछाडे जिल्ला बन्द लगायतका कडा आन्दोलन घोषणा गर्ने बताएका थिए । जिल्ला प्रहरी प्रमुख खतिवडाको अनुसार इलाम तारागाउँका अम्बिका निरौलाले संस्थागत रुपमा उजुरी दिएको कारण पक्राउ गरेर भौतिक र प्राविधिक अनुसन्धान भइरहेको बताएका थिए ।
प्रहरी कार्यालयमा केन्द्रीय संयुक्त संघर्ष समितिका कार्यकारी संयोजक डकेन्द्रसिंह थेगिमले बुलेट किरातीलाई बन्दको बेला झापामै जिम्मेवारी दिएकोले इलाममा आएर पिकअप भेन जलाउने कार्य नगरेको भन्दै तत्काल छाड्नुपर्ने बताएका छन् । पराल बोकेको पिकअप भेन आन्दोलनमा घुसपैठ वा पुरानो भएर इन्सुरेन्स दाबि गर्न आफै वा कसैले आगो लगायको हुन सक्ने भन्दै झुटा आरोपमा किरातीलाई फसाउन नपाइने संघर्ष समितिको भनाइ छ ।
त्यसैगरी सो टोलीले पुस ४ गते धनकुटा प्रहरी कार्यालय पुगेर प्रहरी नियन्त्रणमा रहेका महेश राईलाई भेट गरेको थियो । हिरासतमा महेशपछि धनकुटा प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेलसँग भेटेर तत्काल रिहा गर्न माग गरेका थिए ।
डकेन्द्रसिंह थेगिमले धनकुटा प्रजिअ पौडेललाई महेश राईको पूर्ब प्रम ओली माथिको मुक्का पहिचान विरुद्ध बोल्दै आएकोमा स्वतह स्फुर्त र प्रतिनिधि मुलक असन्तुष्टिको रुपमा लिनुपर्ने बताएका थिए । महेशको मुक्काको नैतिक जिम्मेवारी संघर्ष समितिले लिएको भन्दै तत्काल रिहा नगरे कडा आन्दोलनको विकल्प नभएको चेतावनी दिएका थिए ।
महेशलाई नियन्त्रणमा लिएर लामो समय हिरासतमा राख्नु, भिडियोमा देखिएका महेशलाई मरनासन्नहुने गरी कुटपिट गर्ने व्यक्तिहरुलाई पक्राउ नगर्नु, भिडियो खिचेर ‘जड्याहा’ भनेर प्रचार गरेर मान मर्दन गर्नु मानवअधिकार विपरित बिषय भएको संघर्ष समितिका केन्द्रीय कार्यकारी संयोजक डकेन्द्रसिह थेगिमले बताएका छन् ।
प्रहरी नियन्त्रणमा रहेका कार्यकर्ताहरुसँगको भेटपछि चाँडै बस्ने बैठकले आन्दोलनको तयारी गर्ने संघर्ष समितिले जनाएको छ ।
इलाम र धनकुटा भेटघाट