• मोरङ । चासोक तङ्नामको अवसरमा मोरङको पथरीशनिश्चरेमा आयोजित सिरिजङ्गा स्मृति बलिबल प्रतियोगिताको लागि बेलबारी (बी) र सालबारी भलिबल प्रतियोगिता उर्लाबारीबीच प्रतिष्पर्धा हुने भएको छ । 
    आज (सोमबार) भएको सेमि फाइलन खेलमा एपीएफ टिमलाई पराजित गर्दै बेलबारी (बी) र बेलबारी (ए)लाई पराजित गर्दै सालबारी उर्लाबारी फाइलमा प्रवेश गरेको हो । 
    एपीएफ टिमलाई बेलबारी (बी)ले ९—२५, २१—२५ र १८—२५ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । एपीएफले भने २४—२६ को एक सेट जितेको थियो । 
    त्यसैगरी बेलबारी (ए)लाई सालबारी उर्लाबारीले सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको फइनल खेल भोली (मंगलबार) बेलबारी (बी) र सालबारी उर्लाबारीवीच प्रतिष्पर्धाहुने आयोजक समितिले जनाएको सदस्य मणि लुङ्फुङ्वा लिम्बूले जनाएको छ । 
    प्रतियोगिताको उपाधि विजेतालाई ६० र दोस्रो हुनेलाई ४० हजार नगद, ट्रफी र प्रमाणपत्रहरु प्रदान गरिने आयोजक समितिको सदस्य लुङ्फुङ्वाले बताए । चासोक तङ्नाम कार्यक्रममा गायिक सबिना योङ्हाङ लगायतका कलाकारहरु आउने भएका छन् । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…