•  मोरङ । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको दबाबपछि पूर्ब प्रधानमन्त्री केपी ओलीलाई मुक्का हानेको अभियोगमा पक्राउ परेका महेश राईलाई प्रहरीले रिहा गरेको छ । 
    आन्दोलनको क्रममा पक्राउ परेका संयुक्त संघर्ष समितिका नेता, कार्यकर्ताहरु रिहा भएपनि महेश राईलाई प्रहरीले नछाडेपछि संयुक्त संघर्ष समितिले पुष ४ गते प्रशासनसँग भेटेर तत्काल नछाडे धनकुटा जिल्ला बन्दसम्मको चेतावनी दिएका थिए । 
    केन्द्रीय संघर्ष समितिको कार्यकारी संयोजक पहिचान सहितको प्रदेश नं. १ पुन नामकरन अभियान समितिको संयोजक डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, उपमहासचिव अर्जुन जम्नेली राई, राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय अध्यक्ष केपी पालुङ्वा, उपमहासचिव विष्णु थाम्देन, लगायतको टोलीले पुस ४ गते धनकुटा संघर्ष समिति, यायोक्खा, चुम्लुङका पदाधिकारी र पत्रकारहरुसमेत सँगै जिल्ला प्रशासन पुगेका थिए । संघर्ष समितिको दबाबपछि मंसिर २८ गते पक्राउ परेका महेश राईलाई पुष ८ गते  धनकुटा प्रशासनले रिहा गरेको हो । 
     

सम्वन्धित समाचार

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …