•  मोरङ । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको दबाबपछि पूर्ब प्रधानमन्त्री केपी ओलीलाई मुक्का हानेको अभियोगमा पक्राउ परेका महेश राईलाई प्रहरीले रिहा गरेको छ । 
    आन्दोलनको क्रममा पक्राउ परेका संयुक्त संघर्ष समितिका नेता, कार्यकर्ताहरु रिहा भएपनि महेश राईलाई प्रहरीले नछाडेपछि संयुक्त संघर्ष समितिले पुष ४ गते प्रशासनसँग भेटेर तत्काल नछाडे धनकुटा जिल्ला बन्दसम्मको चेतावनी दिएका थिए । 
    केन्द्रीय संघर्ष समितिको कार्यकारी संयोजक पहिचान सहितको प्रदेश नं. १ पुन नामकरन अभियान समितिको संयोजक डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, उपमहासचिव अर्जुन जम्नेली राई, राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय अध्यक्ष केपी पालुङ्वा, उपमहासचिव विष्णु थाम्देन, लगायतको टोलीले पुस ४ गते धनकुटा संघर्ष समिति, यायोक्खा, चुम्लुङका पदाधिकारी र पत्रकारहरुसमेत सँगै जिल्ला प्रशासन पुगेका थिए । संघर्ष समितिको दबाबपछि मंसिर २८ गते पक्राउ परेका महेश राईलाई पुष ८ गते  धनकुटा प्रशासनले रिहा गरेको हो । 
     

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…