• मोरङ । मोरङको पथरीशनिश्चरे स्थित सिरिजङ्गा स्मृति धार्मिक वनमा यस बर्षको उद्यौली चाड चासोक तङ्नाम शुभकामना आदान प्रदान, खेलकुद प्रतियोगिता तथा सांस्कृतिक मनोञ्जनको साथ भब्य रुपले समापन भएको छ । 

    सिरिजङ्गा स्मृति धार्मिक वन र किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगरको संयुक्त आयोजनामा चार दिनसम्म निरन्तर कार्यक्रम भएको थियो । पुस ७ गते पथरीशनिश्चरे नगरको उपप्रमुख देविमाया काफ्लेद्वारा खेलकुदको उद्घाटन भएको थियो भने १० गते मंगलबार नगर प्रमुख मोहनप्रसाद तुम्बापोको उपस्थितिमा भब्य कार्यक्रम भयो । 
    मंगलबार शुभकामना दिदै नगर प्रमुख मोहनप्रसाद तुम्वापोले विविधता भित्र एकता रहेको बताएका छन् । धार्मिक, सांस्कृतिक एकता कायम राख्न सबै नेपालीको कर्तव्य रहेको बताए । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका नगरप्रमुख तुम्वापोले बहुभाषा, धर्म र बहुसांस्कृति भएको जनाउदै सबै धर्मको समान संरक्षण र प्रवद्र्धनमा लाग्ने बताए । 

    च्याब्रुङ र ढोलको छाला राज्यले व्यवस्था गर्नुपर्छः जम्नेली

    चासोक तङ्नामको शुभकामना दिने क्रममा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले ढोल, च्याबुङ, दमाहा बनाउन अवश्यक पर्ने छाला राज्यले व्यवस्था गर्नुपर्ने बताएका छन् । 
    एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका पार्टीका नेताहरुलाई गोरुकै छालाबाट बनेको ढोल, च्याब्रुङबाट स्वागत हुने गरेपनि ती सांस्कृतिक बाजा बनाउने छाला बोकेर हिड्दा आदिबासी जनजातिको छोराहरु जेल पर्ने गरेको राईको भनाइ थियो । 
    धर्म निरपेक्ष राज्य नेपालमा च्याब्रुङ, ढोल, दमाहा, ढोलाक जस्ता सांस्कृतिक बाजा बनाउन आवश्यक पर्ने छालाको भ्याट र पान नं. सहितको दोकान राज्यले व्यवस्थापन गरिदिनु पर्ने कि कानून पुन निर्माण गरेर खुल्ला गर्नुपर्ने उपमहासचिव राईले बताए । 
    सांस्कृतिक बाजा बनाउन नै समस्या परिरहेको बिषय सबै पार्टीका कार्यकर्ताहरुले आ—आफ्नो पार्टी भित्र छलफल चलाउन र नेतासँग निर्धक्क रुपमा बिषय राखेर कानून परिवर्तन गर्न लाग्नुपर्ने यायोक्खा उपमहासचिव अर्जुन जम्नेली राईले बताए । 
    गोरुको छाला बोकेकै आधारमा कसैलाई पक्राउ नगर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुलाई राईको आग्रह थियो । कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समन्वय समितिको अध्यक्ष देबेन्द्र वनेम लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
    सिरिजंगा स्मृति धार्मिक वन समितिका अध्यक्ष डम्बर चोङ्बाङको अध्यक्षतामा भएको कार्यक्रममा  कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारी, पथरीशनिश्चरे नगर वडा नं–१ का अध्यक्ष भीमकुमार राई, २ का नैना राई, ८ का वडाध्यक्ष नवीनजंग कार्की ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश श्रेष्ठ लगायत उपस्थिति रहेको कार्यक्रम किराँत याक्थुङ चुम्लुङ नगर अध्यक्ष विक्रम लिम्बुले संचालन गरेका थिए । कार्यक्रमलाई सहयोग गर्ने बिभिन्न व्यक्तिहरुलाई कदर पत्र तथा खेल विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । 

    सिरिजंङ्गा स्मृति पुरुष भलिबलको उपाधी बेलबारीलाई

    चासोकको अवसारमा आयोजित सिरिजङ्गा स्मृति पुरुष भलिबलको उपाधी बेलबारी (बी)ले जितेको छ । 
    फाइनल खेलमा सालबारी भलिबल क्लव उर्लाबारीलाई सोझो तीनै सेट जित्दै उपाधि बेलबारी (बी)ले हाता पारेको हो । बेलबारीले उपाधिसँगै ६० हजार नगद, ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गरेका छन् । दोस्रो हुने सालबारी भलिबल क्लवले नगद ४० हजार लगायत पुरस्कार प्राप्त गरेको आयोजक रोशन मादेम्बाले बताए । 
    चासोकको अवसरमा लिम्बू समुदायको मौलिक खेल भाले जुधाईं खेल, छेलो, लङ्जम्प लगायतको आठ वटा लेखकुद कार्यक्रम भएको थियो । 

    सांगीतिक कार्यक्रममा झुमे दर्शक

    दिउसैदेखि केलाङ, यालाङ, हाक्पारे, पालाम गीत तथा सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेर उपस्थिति दर्शकलाई मनोरञ्जन दिइएको थियो । 
    साँझमा गायिक सबिना योङ्हाङ, दीपा सुहाङ्ग, नन्दु गुरुङले गीत सांगीतिक कार्यक्रम मार्फत उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिएको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आजदेखि ‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्…

मोरङ । नेकपा (एमालें) पथरीशनिश्चरेको दोस्रो नगर अधिवेशनमा अध्यक्षमा ४ र सचिवमा १० जना आकांक्षी देखि…

मोरङ । साल्पा सिलिचुङमा भौतिक मिर्माण र संरचना निर्माणको नाममा संकलित रकम तथा हिनामिनाबारे किरात राई य…

मोरङ । प्रदेशको नाम कोशी खारेजी गरेर पहिचानको आधारमा पुनः नामकरणको आन्दोलनमा रहेका प्रदेश नं. १ पुनः न…