• मोरङ । समुदायलाई नै विभेद भएपछि मोरङको पथरीशनिश्चरे—१० जिरिखिम्तीमा आज (बुधबार) संयुक्त संघर्ष समितिले विरोध प्रदर्शन गरेको छ । 
    २०८० जेठ ६ देखि १३ गतेसम्म जिरिखिम्तिका शान्ति सुवेदीको घरमा पुराण लगाउदा रिता दियाली (बिक)लाई मण्डपमा पुजा गर्न नपाएपछि मुद्धा प्रहरीहुँदै अदालत पुगेको थियो । 
    पुजा गर्न नपाएको बिषयमा उजुरी गरेको भन्दै जिरिखिम्तीमा रहेका २५ घर दलित घरपरिवारलाई गैर दलितहरुले पुराण, बिहे लगायतका धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यमा सात महिना अघिदेखि निम्तो दिन छाडेका थिए । समुदायलाई नै बहिस्करणमा पारिएको बिषय बिभिन्न सञ्चार माध्यमबाट बारिहिएपछि प्रदेशभरका दलित समुदाय थप आक्रमक बन्दै आएका छन् । 
    यसै क्रममा २०८० पुष २ गते पथरी बहुमुखी क्याम्पसको हलमा भेला भएर दलित समुदायको सर्वपक्षीय भेलाले गोपाल लकान्द्रीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरेर संघर्ष सुरु गरेका हुन् । संघर्ष समितिमा एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एस) पार्टीका दलितनेता, कार्यकर्ताहरु, दलित सेवा संघ लगायतका संगठनहरु रहेका छन् । 
    सोही संघर्ष समितिले आज (पुष ११ गते) जिरिखिम्तिमा प्लेकार्ड र नारा जुलुससहित गाउँ परिक्रमा, कोणसभा गरेर विभेद विरुद्ध प्रदर्शन गरेका छन् । नारा जुलुससहित विरोध प्रदर्शन तथा कोणसभापछि पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोलाई ज्ञापन पत्र, दिवेदन र इलाका प्रहरी कार्यालय पथरीलाई बोधार्थ दिएका छन् । 

    संघर्ष समितिको संयोजक गोपाल लकान्द्रीको नेतृत्वमा निस्केको जुलुसपछि सहसंयोजक लक्ष्मण गुरागाईले घट्नाको सन्दर्भमा बिषय राखेका थिए ।
    कोणसभामा नेपाल दलित संघ प्रदेश समिति सचिव अमर बराइली, नेपाल दलित मुक्ति मोर्चा प्रदेश अध्यक्ष हुकुम नेपाली, केन्द्रीय स्थायी समिति सदस्य खड्ग परियार, नेपाल दलित मुक्ति समाजका केन्द्रीय सचिव कृष्णकुमारी बिक, दलित सेवा संघका राम परियार, दलित एकता समाजका नारायण बिक, दलित महिला उत्थान समाजकी मीना सिन्चौरी, संघीय लोकतान्त्रिक मञ्चका भीमलाल बिक लगायतले बोलेका थिए । कार्यक्रम नरेश घतातीले सञ्चालन र ज्ञापन पत्रहरु वाचन गरेर सुनाएका थिए । 
    कोणसभापछि पथरीशनिश्चरे नगर कार्यालय परिसरमा आएर केही बेर नारा लगाएपछि नगर प्रमुख मोहन तुम्बापोको टेबलमा पुगेर ज्ञापन पत्र वाचत पश्चात बुझाएका थिए । ज्ञपान पत्रमा दलित समुदायलाई नै बहिस्कार गर्न नेतृत्व गर्ने व्यक्तिहरुलाई कारबारी गर्नुपर्ने उल्लेख छ । ज्ञापन पत्रसँगै दलित समुदायलाई नै बहिस्कार गर्नुपर्छ भनेर मिटिङ बैठकनै आयोजना गरी योजना बनाउनेहरु भनेर चार र बहिस्कार गर्न उक्साउने भन्दै सात गरी ११ जनाको नाम समेत उल्लेख गरेर कारबाही गर्न माग गरेका छन् । 

    समस्या समाधानको लागि पहल गर्ने नगर प्रमुखको प्रतिबद्धता

    ज्ञापन पत्र बुझेपछि पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले दलितहरुलाई सामुदायिक रुपमा बहिस्कार गरिएको भन्ने हल्लाले नगरलाई नै बेइजत भइरहेको बताए । यो बिषय सुनेदेखिनै समाधानको लागि पहल गरिरहेको भन्दै समस्या समाधानको लागि तत्काल पहल थाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
    यो शताब्दीमा छुवाछुत जस्तो बिषयलाई लिएर कसैले कसैलाई बहिस्कार गर्न नहुने बताउदै आफू जतिसक्दो चाँडो छलफलको वातावरण तयार पार्ने प्रतिबद्धता व्यक्त गरे । सबै पक्ष सकारात्मक रुपमा प्रस्तुत भए समाधान हुने र कसैले अहंकार गरेमा कानुनी बाटो खुल्ला रहने बताएका छन् । 

    उजुरी आए कारबाही अघि बढ्छः प्रहरी प्रमुख

    दलित समुदाय नगरपालिका पछि इलाका प्रहरी कार्यालय पथरीमा आएर नगरमा दिएको ज्ञापन पत्रको बोधार्थ दिएका छन् । 
    ज्ञापन पत्र वाचन गरेर बुझाएपछि पहिलो चरणको आन्दोलन स्वरुप नगरपालिका, प्रहरी कार्यालय आएको र केही समयपछि किटानी जाहेरी दिने बताए । किटानी जाहेरी दिएपछि सामाजिक बहिस्कार जस्तो जघन्य अपराध गर्ने व्यक्तिहरुलाई कारबाही प्रकृया अघि बढाइदिनु पर्ने बताएका छन् । 
    ज्ञापन पत्र र पीडिक भनिएका ११ जना नामसहितको निवेदन लिदै इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी गणेशबहादुर प्रधानले छुवाछुत सम्बन्धी मुद्धालाई राज्यले गम्भीर रुपमा लिदै आएको बताए । दलित सम्बन्धी मुद्धा हेर्न जिल्ला प्रहरी कार्यालयमा दलित सेल नै हुने गरेको भन्दै प्रमाणसहित किटानी जाहेरी आए कारबाही प्रकृया अघि बढ्ने प्रहरी प्रमुख प्रधानले बताएका छन् ।

सम्वन्धित समाचार

मोरङ । ताप्लेजुङ्गको मुक्कुम्लुङ÷पाथीभरामा केवलकार विरुद्ध आन्दोलनकारीलाई गोली हान्न आदेश दिने प्रमु…

मोरङ । नेकपा .(माओवादी केन्द्रं)का संघीय सांसद दुर्गा राईले आज (.मंगलबारं) ताप्लेजुङमा प्रहरीको गोली लाग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर १० नं. वडामा रहेको आधारभूत विद्यालयको ३६ औं स्थापना दिवस अक्षकोष दाताहरु…

मोरङ । ताप्लेजुङको मुक्कुम्लुङ÷पाथीभारामा केवलकार विरुद्ध संघर्ष गर्दै आएका युवाहरुमाथि प्रहरीले गो…