गायन प्रतियोगिता भ्वाइस अफ नेपालको पाँचौ सिजन चलिरहेको छ । विनोद राईको जब प्रस्तुति सुरु हुन्छ कोचहरु कि त एकोहोरिएर हेरिरहेका हुन्छन, होइन भने संगीतको भाकामा टाउको, हात गोडा लगायतका अंगहरुले मज्जा लिइरहेका देखिन्छन् ।
ब्लाइण्ड राउण्डमा ‘माया गर्ने मायालुलाई..., आफ्नै गीतबाट हमिङ पछि ‘छालहरु ओ छालहरु...., बोलको गीत सुरु गर्दै कोच प्रमोद खरेलले बज गरिहाले । त्यसपछि मिलन नेवार, राजेशपायल राई अनि उदय सोताङ चारै जनाको कुर्सी घुम्यो ।
राजेश पायल र उदय सोताङको चेयर एक साथ ब्लक (प्रतियोगिले रोज्न नपाउने) भएको देखियो । प्रतिष्पर्धीले रोज्न नपाउने गरी चेयर ब्लकमा परेपछि राजेशपायलले चर्को असन्तुष्ट जनाए पनि कार्यक्रमको नियम अनुसार मान्नै प¥यो ।
चारै जनाको चेयर टन हुनु र कोचहरुबाटै एकले अर्काको कुर्सी ब्लक गरागर गर्नुले सबैको उत्तिकै रोजाइमा थिए विनोद ।
गीत सांगीतलाई बुझेका, दशक अघिदेखि साधनामा लागेका विनोद राईले ब्लाइण्ड राउण्डमा मिलन नेवारको टिम रोजे । यही टिमबाट ब्यटल, लाइभ राउण्डहुँदै भोटिङको टप—८ मा परिसकोका छन विनोद ।
ब्याटल राउण्डमा ‘सायद तिमी मलाई माया गर्छौ..., बोलको गीत गाउँदा कोच मिलनको मात्र होइन राजेशपायल राई लगायतका कोचहरुको मन जित्न सफल भएका थिए ।
भ्वाइसको मञ्चमा विनोदले ‘सान्नानीले झुक्यायो मलाई..., ‘बसेपछि माया पिरिम..., ‘कहिले काँही म हाँस्छु..., ‘तिमिलाई कुनै पल नभेटौ...., लगायतका गीत गाएर कोचहरुको मात्र होइन नेपाली भाषाको गीत संगीतलाई माया गर्ने विश्वभर रहेका दर्शक श्रोताको मन जित्दै आएका छन् विनोदले । आधुनिक, क्लासिकल र लोक प्याटनका गीत औधी रुचाउने विनोद पप, रक सबै प्रकारको गीत गाउन सक्ने भर्साटाइल गायक हुन् ।
यस्तो छ विनोदले भ्वाइस जित्ने आधार
पूर्बी नेपालको इलाममा जन्म र गीत संगीतको हिसाबले मोरङ पथरीशनिश्चरे मुख्य कर्म थालो हो विनोदको । माध्यमकि तह पार गर्दै पथरीशनिश्चरे स्थित पथरी बहुमुखी क्याम्पसमा उच्च शिक्षा पढेका विनोद राईले संगीत पथरी सिकेका थिए ।
यहीबाट गीति एल्बम ‘पारा’ निकालेका विनोदले यस अघि दुई वटा रियलिटी सो मा ‘टप सिक्स’सम्म पुगेका थिए । राष्ट्र ब्यापी रियलिटी सो मा आफ्नै बुतामा कार्यक्रमको बेष्ट पपुलर च्वाइस अवार्डसम्म त्यहीबेला जितेका थिए ।
भ्वाइस अफ नेपालको पाँचौ सिजनमा कोच, दर्शक श्रोताको मन जित्दै आएका विनोद यो पटक टाइटल जित्ने निश्चित जस्तो देखिएका छन् ।
गीत संगीतको कर्मथलो मोरङ पथरीशनिश्चरे, जन्म थालो इलाम, नेपालको संघीय राजधानी काठमार्डौ र अमेरिका, अष्ट्रेलिया, बेलायत, हङकङ, दुवाई, कोरिया, साउदी अरब, भुटान, भारत लगायतका देशहरुमा विनोद जिताउन अभियान चलिरहेको छ ।
बिभिन्न देशमा रहेका सिर्जनशील आम भुटानी शरणार्थीहरु सँग राम्रो सम्बन्ध रहेको कारणले पनि भोट अन्य प्रतिष्पर्धीभन्दा बढी आउने दाबी छ ।
गायन कला, स्वरको हिसाबले उत्कृष्ट र भोटको हिसावले पनि फेन फलोअर विश्वब्यापी रुपमा क्रियाशील रहेकोले यो पटक विनोदको भ्वाइसको टाइटल जित्ने निश्चित जस्तै भएको हो ।
गायक विनोद आफै केही बर्षदेखि अमेरिका बस्दै आएको, पथरीमा रहँदा साँगै गीत, संगीत सिकेका साथिहरु र नेपाल लगायत बिभिन्न देशमा रहेका सांगीतका फेनहरुले विनोद जिताउ अभियान चलाएर भोट गरिरहेकाले भ्वाइस अफ नेपालको टाइटल जित्ने आधार बलियो भएको हो ।
पुष १० गते किराती समुदायको उद्यौली चासोक, साकेला लगायतका कार्यक्रममा देश नेपाल र प्रदेशभर विनोदको प्रचारप्रशार साथै भोटिङ अभियान चल्यो ।
पथरीमा विनोद जिताऔ अभियान
भ्वाइस अफ नेपाल टप एटमा पुगेका विनोद राईलाई जिताउन कर्मथलो मोरङ पथरीशनिश्चरेमा ब्यापक अभियान चलिरहेको छ । पथरीशनिश्चरेमा पत्रकार सन्तोष राई संयोजक, नाट्या कलाकार तथा निर्देशक जीवन बराल सहसंयोजक, विनोदको भाई पुष्षराज राई आर्थिक संयोजक, सदस्यहरु पत्रकार भूमिप्रसाद पाठक, ईश्वर दुलाल, प्रेम भट्टराई, करण धिताल, संगीता राई, छबि ढकाल, पूर्ब जनप्रतिनिधि परशुराम न्यौपाने रहेको विनोद राई जिताउ अभियान चलिरहेको छ । उद्योग वाणिज्य संघको पूर्ब महासचिव अशोक साम्पाङ राई, गायक नन्दु गुरुङ, अमिर राई लगायतको टोली दैनिक रुपमा प्रचार प्रशारको साथै भोटिङ अभियान चलाइरहेका छन् ।
विनोद राई जिताउन पथरी बहुमुखी क्याम्प प्रमुख शान्तिराम तिम्सिना, पुर्ब प्रमुख चेतन पौडेल, स्ववियु सभापति केशर राई लगायत विद्यार्थीहरु, पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकी, पथरी उद्योग वाणिज्य संघको पूर्ब अध्यक्ष धनकुमार तामाङ, सामाजिक तथा राजनीतिज्ञ प्रदिपकुमार राई, एभरेष्ट बोर्डिङ स्कुलका निर्देशक रबिन कन्दङ्वा, पथरी प्याब्सनको अध्यक्ष सुरेन्द्र लिम्बू लगायतले सुमधुर स्वर भएका प्रतिभा विनोद राईलाई जिताउनको लागि खल्ति एप्स मार्फत भोट गर्न आम नेपाली भाषिहरुमा अपिल गरेका छन् । स्वर, साधना, इमान, श्रोता दर्शकको मायाको साथै गीत संगीत र साहित्यकार हरुसँग टाइटल जित्ने मुख्य आधार भएको विनोदको भनाइ छ ।
भोट हान्न चाहनेहरुले खल्ति एप्स डाउनलोड गरी आईडी बनाएपछि भोटिङ, भोट, टिम मिलनपछि विनोद राईको फोटोमा क्लिक गर्ने त्यसपछि कति भोट हान्ने हो छानेर भोट गर्न गायक विनोद राईको अनुरोध छ ।
विनोद जिताऔ अभियानको झलक