झापा । पक्राउ परेका पहिचानबादी नेता बुलेट किराती (अन्जेश राई)को रिहाइको माग गर्दै आज बिहानैदेखी पहिचानवादी संयुक्त संघर्ष समितिले मेची राजमार्गको विभिन्न स्थानमा टायर बालेर सडक अवरोध गरेका छन ।
किरातीलाई छाड्न पटक पटक आग्रह गर्दा पनि नछाडे पछी पुस १२ गते बिज्ञप्ति प्रकाशन गरेर १८ र १९ गते मेची राजमार्ग बन्दको घोषणा गरेका थिए |
बन्द सफल पार्न झापा स्थित मेची राजमार्गमा पहिचानको लागि युवाको झापा सचिब गौरी राईको नेतृत्वमा बिहानैदेखि टायर बालेर सडक अवरोध गरेका छन । इलाम, पाँचथरको फिदिप ताप्लेजुङको भिबिन्न स्थानमा रुख ढालेर, ढुङ्गाहरु राखेर सडक अवरोध गरेको पहिचानको लागि युवाको केन्द्रीय संयोजक भीम राईले बताए ।
मंसिर ३० र पुस १ गतेको बन्दमा पिकअप भेन आगजनी गरेको अभियोगमा २ गते झापा बुद्धशान्ति गाउँ संघर्ष समिती संयोजन बुलेट किरातीलाई पक्रेर इलामको पशुपतिनगरमा राखेको छ ।