• मोरङ । पहिचानवादी संयुक्त संघर्ष समितिले आयोजना गरेको यातायात बन्दको क्रममा पक्राउ परेको बुलेट किराती १६ दिनपछि आज इलामबाट रिहा भएका छन् । 
    मंसिर ३० र पुष १ गते प्रदेश नं. १ पुन नामाङकन संयुक्त संघर्ष समितिले आयोजना गरेको बन्दको क्रममा पिकअप भेन जलाएको अभियोगमा इलाम प्रहरीले बुलेटलाई पक्राउ गरेको थियो । किराती संघर्ष समितिको झापा बुद्धशान्ति गाउँ समितिको संयोजक हुन् । उनलाई पुस ३ गते प्रहरीले पक्रेर इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखेको थियो । 
    पटक पटक आग्रह गर्दापनि नछाडिएपछि संयुक्त संघर्ष समितिले पुन १८ र १९ गते मेची राजमार्ग बन्दको गरेको थियो । बन्द सफल बनाउन बिभिन्न स्थानमा कार्यकर्ता सक्रिय भएपछि सडक ठप्प थियो । बुलेट किराती रिहा हुने निश्चित भएपछि आज अपरान्ह २ बजेदेखि विज्ञप्ति प्रकाशन गरेर सडक खुलेको घोषणा गरेको थियो । यद्यपि आज दिनभरी पनि सो सडकमा यातायातका साधनहरु खुलेका थिएनन् । आन्दोलनकारीले आक्रमण गर्ने भएपछि इलामको बिभिन्न स्थानमा प्रहरीले नै यातायात सुरक्षित स्थानमा राख्न सक्रिय रहेको देखिएको बताइएको छ । 
    आन्दोलनको बलमा बुलेट किराती रिहाइ भएपछि संयुक्त संघर्ष समितिका नेता, कार्यकर्ताहरुले खादा, माला लगाएर स्वागत गरेका थिए । 
    उपस्थित नेता, कार्यकर्ताहरुले बुलेट किरातीको रिहाइसँगै कोशी प्रदेश नाम—खारेज गर, पहिचानवादीहरु एक हौ, ८२ प्रदेश सांसद होसियार लगायतका नारा लगाएका थिए । 
    रिहाइपछि इलाम बजारमा नारा जुलुस तथा कोण सभाको आयोजना भएको थियो । सभामा संयुक्त संघर्ष समितिको केन्द्रीय कार्यकारी संयोजक डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, जनता समाजवादी पार्टी इलाम जिल्ला अध्यक्ष छिरिङ तामाङ, पहिचानको लागि युवा झापा जिल्ला सचिव गौरीमान राई लगायतले बालेको थिए । 
    बक्ताहरुले बुलेट किराती रिहाइ भएपछि मंसिर २६ गतेदेखि पुष १ गतेसम्मको बन्दमा पूर्बमन्त्री गोपाल किराती, पूर्ब प्रधानमन्त्री केपी ओलीलाई मुक्का हान्ने महेश राईसहित ७१ जना पक्राउ परेकोमा सबै रिहा भएको बताए । 
    बुलेट किरातीलगायतलाई लगाइएको झुटा मुद्धा तुरुन्त फिर्ता लिन र कोशी नाम खारेजी नगरे निर्णायक आन्दोलन सुरुहुने चेतावनी दिएका छन् ।
    आन्दोनल कुनै पार्टी, जाति विरुद्ध नभएर जनताको साझा नागरिक अन्दोलन भएको बताए । एकल गोत्रीय कोशी नामले प्रदेशबासीको साझा भावनाको प्रतिनिधित्व नगर्ने भएकोले पुन नामकरण अनिवार्य भएको बताएका थिए । आन्दोलन प्रदेशको शान्ति, संमृद्धि, स्थायित्व, नेपाली राष्ट्रियतालाई थप बजबुत बनाउनको लागि भएको बक्ताहरुले बताएका छन् । 
    कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव कृष्णकुमार राई, इलामा जिल्ला अध्यक्ष पुष्पा राई, सचिव रोशन राई, किरात याक्थुङ चुम्लुङ झापा अध्यक्ष सेसेहाङ फ्याक, नेपाल आदिबासी जनजाति महासंघ इलाम जिल्ला सचिव याम बाङ्देल लगायतका नेता, कार्यकर्ताहरु सहभागी रहेका थिए । 

    बुलेट रिहाइको केही तस्वीरहरु

     


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले कुष्ठरोगको उपचारपछि तन्दुरुस्त भएका व्यक्तिहरुलाई उपहार प्रदान गरेक…

मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित सुन्दर बाल बिकास केन्द्रमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई सोमबार…

मोरङ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चा नेपालले…

मोरङ । मोरङको पथरीशनिश्चरे–३ स्थित सुन्दरी चोक नजिकै आइतबारदेखि यले महोत्सव सुरु भएको छ ।  …