• मोरङ । आगामी बेशाखदेखि स्वीमिङ पुल लगायत पर्यटकीय क्षेत्र सञ्चालन सुरु गर्ने लगायतका निर्णय गर्दै मोरङको पथरीशनिश्चरे नगर स्थित हरियाली सामुदायिक वन लिमिटेडको दोस्रो वार्षिक साधारण सभा बुधबार समापन भएको छ ।
    आफ्नै सभा हलमा भएको कार्यक्रम कम्पनीको अध्यक्ष अशोककुमार राईको सभापतित्वमा भएको साधारण सभामा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, ७ नंं वडा अध्यक्ष उद्धप बस्नेत, हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगर, सब डिभिजन वन कार्यालय पथरीका प्रमुख दिवस चौधरी, देविप्रसाद भेटवाल, केशव दाहाल लगायतले शुभकामना दिएका थिए । कार्यक्रम कम्पनीको सदस्य रोहित बास्तोलाले सञ्चालन गरेका थिए ।
    साधारण सभामा अध्यक्ष अशोककुमार राईद्वारा प्रस्तुत प्रगति प्रतिवेदनमा व्यवस्थित पानी पोखरी (स्वीमिङ पुल, वाल÷वयस्क), चेन्जिङ रुम, पानी फिल्टर रुम, शौचालय, चमेना गृह, टिकट काउण्टर, सुरक्षा बीट, सवारी सधान पार्क लगायत तयारी भएको र आगामी २०८१ बैशाख १ गते सांगीतिक, सांस्कृतिक कार्यक्रमसहित उद्घाटन गरिने उल्लेख छ ।
    हरियाली सामुदायिक वन लिमिटेडले २० करोड बढीको लगानीमा नेपालको आकारको बोटिङ पोखरी, स्वीमिङ पुल, गेष्ट हाउससहितको रेष्टुरेन्ट, बाल उद्यम, विज्ञान प्रदर्शनी, यलम्बरको मूर्ति लगायत खुल्ला संग्रहलय, वन भोज स्थल, कार्यक्रम हल लगायतको डीपीआर निर्माण गरेर भौतिक संरचना निर्माण थालेको छ ।
    हरियाली सामुदायिक वन उपभोक्ताको वन क्षेत्रमा उपभोक्ताहरुलाई शेयर सदस्य रहनेगरी पर्यपर्यटनको विकास गर्ने उदेश्यले लिमिटेड दर्ता गरेर काम सुरु भएको हो । कम्पनीमा हाल ८६१ शेयर सदस्य रहेको छ ।
    कम्पनीले शेयर सदस्यहरुबाट संकलित १ करोड ४६ लाख र संघीय सरकारबाट २ करोड ७० लाख गरी जम्मा ४ करोड १६ लाखमा स्मीमिङ पुल, चमेना गृह, पार्किङ लगायत निर्माण सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ । कम्पनी २०७७ सालमा स्थापना गरेर काम सुरु गरेको हो ।


     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…