• मोरङ । मोरङको पथरी शनिश्चरे स्थित पथरी जेसीसले  बिहिबार पद हस्तान्तरण, पुरस्कार तथा सम्मान कार्यक्रम गरि पद हस्तान्तरण गरेको छ ।

    आज माेरङ्गकाे  पथरीशनिश्चरे -२ को सिन भिलेज पाटी प्यालेसमा पथरी जेसीसको १२ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह आयोजना गरेको हो।

    समारोहमा वर्ष ०२३ का निवर्तमान अध्यक्ष सुवर्ण खत्रीले वर्ष ०२४ का लागि नवनिर्वाचित अध्यक्ष राजकुमार विश्वकर्मालाई  गोपनीयताको शपथ सहित अध्यक्ष पदको चेन हस्तान्तरण गरेका थिए।
    सोहि समारोहलाई संबोधन गर्दै प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष नवीन पोख्रेलले युवा जनशक्तिलाई सशक्तीकरण गर्दै समाज र राष्ट्रको अझै बढि समृद्धि प्राप्त गर्न नेपाल जेसीजको राष्ट्रिय एजेन्डा रहेको उल्लेख गरे।

    कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो। यसैक्रममा पथरीशनिश्चरे -४ का वडा अध्यक्ष लोकनाथ न्यौपाने , वडा नं १० वडा अध्यक्ष जीवन खतिवडा , समाजसेवी तुलाराम अधिकारी र व्यवसायी राजेन्द्र बस्नेतलाई कदर पत्र सहित दोसल्ला ओढाएर मानार्थ सदस्यको सम्मान गरिएको थियो। त्यस्तै, जेसीस गतिविधिहरुमा विशेष योगदान पुर्याएको भन्दै पत्रकार भूमि प्रसाद पाठकलाई पनि सम्मान- पत्रले सम्मान गरिएको थियो। पथरी जेसीसकी प्रथम लेडिज दुर्गा तिम्सिना,जेसी नगेन्द्र घिमिरे, अमर नेपाली समेत पुरस्कृत भएका थिए।

    आजै निर्वाचन आयुक्तकी सचिव अनु राईले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई नामावली  सार्वजनिक गरेकी थिइन भने सोहि अवसरमा नवनिर्वाचित अध्यक्ष राजकुमार विश्वकर्माले नव निर्वाचित कार्य समितिलाई पूर्णता पनि दिएका थिए ।

    निवर्तमान अध्यक्ष सुवर्ण खत्रीको अध्यक्षता तथा महासचिव अनुज घिमिरेको संचालनमा सम्पन्न भएको कार्यक्रममा संविधानको सभाका सभासद लालबहादुर  सुस्लिङ मगर , पथरीशनिश्चरे नगरका पूर्व मेयर दिलिपकुमार  राई,  समाजसेवी युवराज बास्काेटा, युवा व्यवसायी प्रदीप राई , लगायतको उपस्थिति रहेको थियो।

     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…