• मोरङ । मोरङको पथरीशनिश्चरे रहेको मेइटु पेन्ट्स कम्पनीले आफ्नो ५ औं वार्षिकोत्सव मनाएको छ।

    आज मोरङको पथरीशनिश्चरे  भुल्के सिमसार पर्यटकीय स्थलमा खुसी श्री ट्रेडर्स तथा मेइटु पेन्ट्स कम्पनीद्वारा  आयोजित वनभोज कार्यक्रममा विभिन्न खेलकुदहरूको संचालन गर्दै मनाएको हो।

     आफ्नो कम्पनीमा कार्यरत पेन्टरहरू वीच हण्डिफोर , बल पास , म्युजिक चेयर्स, बेलुन ब्रष्ट, आदि खेलहरूको आयोजना गरिएको थियो भने कम्पनीले आफ्नो व्यापार प्रवर्द्धनका लागि पेन्टर्सलाई बम्पर उपहार प्रदान गरेको थियो। 
    बम्पर उपहार अन्तर्गत पथरीशनिश्चरे -१ का दिपेश लिम्बुले  ३२ इन्चको टिभी उपहार प्राप्त गरेका थिए भने गोलाप्रथा मार्फत उनले  सो पुरस्कार प्राप्त गरेका हुन् । यसैगरी,  पथरीशनिश्चरे -१० का ईमान्युल लिम्बुले टिकटक मार्फत कम्पनीको व्यापार प्रवर्द्धनमा विशिष्ट भूमिका खेले वापत सामसुङ ग्यालेक्सी मोबाईल सेट प्राप्त गरेका थिए, त्यस्तै, पथरीशनिश्चरे- १०कै फणिन्द्र मगरले इलेक्ट्रोनिक हिटर  प्राप्त गरेका थिए। 
    सोहि क्रममा झापा , मोरङ, सुन्सरी, ईलाम लगायतका विभिन्न जिल्लाबाट आएका सबै पेन्टर्सलाई मेइटु पेन्ट्स लेखिएको भेस्ट प्रदान गरिएको थियो।
    सो कम्पनीका प्रतिनिधि तुलसीराम भण्डारी,  मोरङको प्रमुख डिलर एवम् खुशी श्री ट्रेडर्सका प्रोप्राइटर ऋषि चौलागाईं,  वयोवृद्धा नर्वदा चौलागाईं मेची अञ्चल डिस्ट्रिब्युटर  कुशल कट्वाल, दमक डिलरका संचालक भुवन निधी, खुशी श्री ट्रेडर्सकी संचालिका दिपा पराजुली, लगायतले विभिन्न खेलहरू तथा 'लक्की ड्र' मा विजयी पेन्टर्सलाई अबिर, माला र खादा ओढाएर पुरस्कृत गरेका थिए।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…