• मोरङ । नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समितिले नगरमा कर्मचारी नियुक्त गर्दा राज्यको समावेशी सिद्धान्त अनुसार नियुक्त गर्न आग्रह गरेको छ । 
    आदिबासी जनजाति महासंघको नगर अध्यक्ष देवेन्द्र वनेम लिम्बूको नेतृत्वमा आइतबार गएको टोलीले कर्मचारी नियुक्त गर्दा समावेशी सिद्धान्त अनुसार नियुक्त गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
    महासंघले ज्ञापन पत्रमा नेपालको संविधान २०७२ भाग ४ राज्यको निर्देशक सिद्धान्त, दफा ५० को उपदफा १, स्थानीय तह अधिकार सूची ८ को १ मा समावेशी सिद्धान्त उल्लेख भएकोले सो बमोजिम कर्मचारी नियुक्त गर्नुपर्ने उल्लेख छ । 
    आदिबासी जनजाति, दलित, मधेशी, महिला, सिमान्तकृत, अल्प संख्याकहरुलाई कोटा प्रणालीको आधारमा कर्मचारी नियुक्त गर्न ज्ञापन पत्र मार्फत माग गरेका छन् । 
    पथरीशनिश्चरे नगरमा प्रशासन, स्वास्थ्य, शिक्षा, सुरक्षा (नगर प्रहरी) लगायतको कर्मचारीहरु नियुक्त गर्दा राज्यको सिद्धान्त अनुसारका ऐन तथा कार्यविधि, नियमहरु बनाउन आदिबासी जनजाति महासंघ नगर समितिले सचेत गराएको हो । 
    पथरीशनिश्चरे नगरमा कर्मचारी नियुक्ति सम्बन्धमा ऐन, कार्यविधि बन्न लाग्दा बैठकमा केही कार्यपालिक सदस्यहरुले समावेशी सिद्धान्तको आधारमा बनाउन प्रस्ताव गर्दा केही सदस्यहरुले विरोध गरेको महासंघका पदाधिकारीहरुले जनाएको छ । 
    राज्यको सिद्धान्त अनुसार नगरको कानुन बनाउन प्रस्ताव गर्दा विरोध गर्ने कार्यपालिका सदस्यहरुले नेपालको वर्तमान राज्यको सिद्धान्त के हुन अध्ययन गर्न अनुरोध गरेका छन् । 
    ज्ञापन पत्र बुझाउन महासंघको अध्यक्ष देवेन्द्र वनेम, उपाध्यक्ष राजेन्द्र गुरुङ, पूर्ब अध्यक्षहरु हेमभक्त तमु, चन्द्र तामाङ, बिभिन्न जातीय संगठनका नेताहरु नगरपालिका पुगेका थिए । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख मोहोन तुम्बपोले यो बिषयमा नगर सभामा छलफल हुने बताए । 

     


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…