• मोरङ । नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समितिले नगरमा कर्मचारी नियुक्त गर्दा राज्यको समावेशी सिद्धान्त अनुसार नियुक्त गर्न आग्रह गरेको छ । 
    आदिबासी जनजाति महासंघको नगर अध्यक्ष देवेन्द्र वनेम लिम्बूको नेतृत्वमा आइतबार गएको टोलीले कर्मचारी नियुक्त गर्दा समावेशी सिद्धान्त अनुसार नियुक्त गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
    महासंघले ज्ञापन पत्रमा नेपालको संविधान २०७२ भाग ४ राज्यको निर्देशक सिद्धान्त, दफा ५० को उपदफा १, स्थानीय तह अधिकार सूची ८ को १ मा समावेशी सिद्धान्त उल्लेख भएकोले सो बमोजिम कर्मचारी नियुक्त गर्नुपर्ने उल्लेख छ । 
    आदिबासी जनजाति, दलित, मधेशी, महिला, सिमान्तकृत, अल्प संख्याकहरुलाई कोटा प्रणालीको आधारमा कर्मचारी नियुक्त गर्न ज्ञापन पत्र मार्फत माग गरेका छन् । 
    पथरीशनिश्चरे नगरमा प्रशासन, स्वास्थ्य, शिक्षा, सुरक्षा (नगर प्रहरी) लगायतको कर्मचारीहरु नियुक्त गर्दा राज्यको सिद्धान्त अनुसारका ऐन तथा कार्यविधि, नियमहरु बनाउन आदिबासी जनजाति महासंघ नगर समितिले सचेत गराएको हो । 
    पथरीशनिश्चरे नगरमा कर्मचारी नियुक्ति सम्बन्धमा ऐन, कार्यविधि बन्न लाग्दा बैठकमा केही कार्यपालिक सदस्यहरुले समावेशी सिद्धान्तको आधारमा बनाउन प्रस्ताव गर्दा केही सदस्यहरुले विरोध गरेको महासंघका पदाधिकारीहरुले जनाएको छ । 
    राज्यको सिद्धान्त अनुसार नगरको कानुन बनाउन प्रस्ताव गर्दा विरोध गर्ने कार्यपालिका सदस्यहरुले नेपालको वर्तमान राज्यको सिद्धान्त के हुन अध्ययन गर्न अनुरोध गरेका छन् । 
    ज्ञापन पत्र बुझाउन महासंघको अध्यक्ष देवेन्द्र वनेम, उपाध्यक्ष राजेन्द्र गुरुङ, पूर्ब अध्यक्षहरु हेमभक्त तमु, चन्द्र तामाङ, बिभिन्न जातीय संगठनका नेताहरु नगरपालिका पुगेका थिए । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख मोहोन तुम्बपोले यो बिषयमा नगर सभामा छलफल हुने बताए । 

     


     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…