• काठमाडौँ, २२ फागुन  । नेपालको पासपोर्ट संसारकै सबैभन्दा खराबको सातौ स्थानमा सूचीकृत भएको छ।

    हेन्ले एण्ड पार्टनरले गरेको एक सर्वेक्षणमा (हेन्ले पासपोर्ट सूचकांकमा) नेपाल अन्तिमबाट सातौँ स्थानमा सूचीकृत भएको हो। विभिन्न देशले जारी गर्ने पासपोर्टको विश्वव्यापी हैसियतको आधारमा २०१८ को फेब्रअरी महिनामा प्राप्त तथ्याकंका आधारमा हेन्ले एण्ड पार्टनरको सर्वेक्षणमा नेपाल ९९ औँ स्थानमा परेको हो।

    यो अंक विश्वका अन्य मुलुकमा भिसारहित प्रवेश गर्ने देशको संख्या भएकोले ३६ वटा देशहरुमा नेपालले यस्तो भिसा पाउँदै आएको बैदेशिक रोजगार विभागले बताएको छ। जम्मा दुई सय पाँच देशको सूचीमा नेपालल अन्तिमबाट सातौँ स्थानमा परेको छ।

    यो सूचीको शीर्ष स्थानमा जापान र सिङ्गापुर रहेका छन्। दुबै देशले एक सय ८० वटा देशमा यस्तो (अन दी अराइभल) भिसा पाउँदै आएका छन्। त्यस्तै दोस्रो स्थानमा रहेको जर्मनीले एक सय ७९ अंक प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेका फ्रान्ससँगै इटाली, स्पेन, डेनमार्क, फिनल्याण्ड, स्वीडेन, दक्षिण कोरिया रहेका छन्।

    यी देशले एक सय ७८ अंक प्राप्त गरेको छन्। चौथोमा एक सय ७७ अंक प्राप्त गरी पोर्तुगल, अष्ट्रिया, संयुक्त अधिराज्य, नर्वे, लक्जेम्बर्ग, नेदरल्याण्ड रहेका छन्।

    क्यानाडा, स्वीट्जरल्याण्ड, आयरल्याण्ड र संयुक्तराज्य एक सय ७६ अंकका साथ पाँचौ स्थानमा रहेका छन् । पासपोर्ट सूचीको पछाडि अफगानिस्तान छ। उसले २४ अंक प्राप्त गरेको छ। इराक पछाडिबाट दोस्रो र सिरिया तेस्रो स्थानमा रहेको छ। यी देशहरुले क्रमशः २७, २८ अंक प्राप्त गरेका छन्।

    पाकिस्तान सूचीमा एक सय दुई स्थानमा छ। उसले ३० अंक प्राप्त गरेको छ। बंगलादेश सूचीको ९७ औँ स्थानमा छ। ३८ अंक प्राप्त गरेको बंगलादेशको पासपोर्ट ९ औँ खराब पासपोर्टमा देखिएको छ। श्रीलंका ४२ अंकका साथ ९४ औँ स्थानमा छ। उसको पासपोर्ट १२ औँ खराब छ।

    भुटानले ५२ अंकका साथ ८५ औँ स्थानमा रहेको छ। भारत ५६ अंकका साथ ८१ औँ स्थानमा रहेको छ। मालदिभ्स पासपोर्ट सूचीमा ५९ औँ स्थानमा परेको छ। चीन ६४ अंकका साथ ७४ औँ स्थानमा, मकाउ एक सय ३२ अंकका साथ ३३ औँ स्थानमा रहँदा हङकङ एक सय ६१ अंकका साथ १६ औँ स्थानमा रहेको उक्त अध्ययनले देखाएको छ। अन्नपूर्ण पोस्ट दैनिकबाट

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…