• मोरङ । मोरङको पथरीशनिश्चरेमा माघ ६ देखि सुरुहुने ‘पथरीशनिश्चरे नगर खेलकुद महोत्सव—२०८०’को विभिन्न विधाका करिव ६ सय खेलाडी सहभागी हुने भएकाछन् । 
    आयोजक नगर खेलकुद विकास समिति पथरीशनिश्चरेले आज –बिहिबार) पत्रकार सम्मेलनको आयोजना गरी खेलकुद महोत्सव बारे जानकारी गराएको हो । 
    महोत्सवमा फुटबल (पुरुष, महिला), भलिबल, क्रिकेट, बुद्धिचाल (चेस), कराँते, तेक्वान्दो र मिनि म्याराथुन गरी ७ विधामा प्रतियोगिता हुने नगर खेलकुद विकास समिति पथरीशनिश्चरेका अध्यक्ष दीपक राईले जानकारी दिए । 
    खेलहरु प्रस्तावित पथरी रंगशाला, जिरिखिम्ति खेल मैदान र सिनभिलेज पार्टी प्यालेसमा माघ ६ देखि १५ गतेसम्म महोत्सव हुने नगर खेलकुद विकास समितिका सदस्य सचिव नवीन खुलालले बताए । 
    पुरुष फुटबलमा १० वटा फुटबल क्लव स्तरीयहरु, महिला फुटबल मैत्रीपूर्ण हुने, क्रिकेटमा ९ टिम (वडा स्तरीय), भलिबल पुरुष ७ टिम (वडा स्तरीय) खेल्ने भएका छन् । 
    यस बाहेक खुल्ला बुद्धिचाल (चेस), कराँते, तेक्वान्दो र मिनि म्याराथुन खेल प्रतियोगिता हुने भएको छ । खेल्न चाहने लेखाडीहरुको सूची संकलन भइरहेको र हालसम्म सूचिकृत भएको स्थिति हेर्दा प्रतियोगितामा करिब ६ सय खेलाडी सहभागीहुने आयोजक समितिको सदस्य सुजन बास्तोलाले बताए । 
    पत्रकार सम्मेलनमा आयोजक टाइसिट क्रिकेट
    टाइसिट भलिबलसदस्यहरु लोकसागर साम्बा, साजन मगर, रोशन मादेम्बा लगायतको उस्थिति रहेको थियो । 
    प्रतियोगिताको प्रथम, दास्रोहुनेलाई क्रमस फुटबल पुरुषतर्फ सबैभन्दा बढी नगद पुरस्कार एक लाख र ५० हजार, भलिवल २५ र १५ हजार, क्रिकेटमा २० र १५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ । 
    बुद्धिचालमा प्रथमहुनेलाई १० हजार, कराँते, तेक्वान्दोमा प्रथम हुनेलाई पाँच÷पाँच हजार र मिनि म्याराथुन पुरुष÷महिलालाई क्रमस ६, ४, २ हजार नगदसहित पुरस्कृत हुने भएको छ । बुद्धिचाल र मिनि म्याराथुन दुबै खेलमा सयभन्दा बढी खेलाडी सहभागीहुने आयोजकले जनाएको छ । म्याराथुन महिला÷पुरुष दुबैलाई छुट्टाछुट्टै पुरुस्कारको व्यवस्था गरिने बताइएको छ । 
    खेलकुद महोत्सवको लागि पथरीशनिश्चरे नगरबाट १४ लाख ३१ हजार रुपैयाँबाट समापन गर्ने र कसैले पुरस्कार स्पन्सर गर्न चाहेमा खुल्ला गर्ने बताइएको छ । क्रिकेट १० नं. वडा स्थित जिरिखिम्ति मैदान, बुद्धिचाल (चेस) सिनभिलेज पार्टी प्यालेस र बाँकी सम्पूर्ण खेल प्रस्तावित पथरी रंगशालामा आयोजना हुने आयोजक समितिका सदस्य लोकसागर साम्बाले बताए । कार्यक्रम ८० प्रतिशत तयारी सकिएको बताएका छन् । महोत्सव प्रचार प्रशारको लागि पथरी बजारको पूर्बी, पश्चिम र प्रस्तावित पथरी रंगशाला पस्ने जाँते मोडमा तीन वटा स्वागत गेट निर्माण भएको छ । 
    पथरीमा यस अघि पुरुषतर्फ फुटबलमा गोल्डकप, फुटबलमै दुई बर्ष लिग भएका थिए । क्रिकेटमा लिग र बुद्धिचालमा भने राष्ट्रिय स्तरको सहिद रत्नकुमार वान्तावा बुद्धिचाल राष्ट्रिय प्रतियोगिताहुँदै आएको छ । खेलकुद विकासकै लागि राष्ट्रपति खेल र प्याब्सनले समेत नगर स्तरीय विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको छ । 

    टाइसिट फुटबल


    टाइसिट क्रिकेट


    टाइसिट भलिबल

सम्वन्धित समाचार

मोरङ पथरीशनिश्चरे नगरका दिपेन्द्रराज तिम्सिनाको १२ पुस्तक ’गुमनाम एक इतिहास बिसे नगर्ची’ प्रका…

मोरङ । पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शनिबार साँझ मोरङ पथरीशनिश्चरेको पथरी…

मोरङ । मोरङ पथरीशनिश्चरे नगरपालिका १ नं. वडामा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहले वनको छ जना पू…

मोरङ । माओवादी केन्द्रको मोरङ पथरीशनिश्चरे नगरपालिका ४ नं. वडा समितिको दोस्रो सम्मेलनले अमर बराइलीको अध्य…