• शुक्रबार, माघ ०५, २०८०-  लेटाङ । सहिद हरि भट्टराई (परिवर्तन) को सालिक नगरप्रमुख भूपेन्द्र लावतीको आदेशमा नगर प्रहरीले हटाएको छ ।

    निर्माण स्थलमा तोडफोड समेत गरेको भन्दै सहिद स्मृति प्रतिष्ठानले खेद प्रकट गरेको हो । शहिद स्मृति प्रतिष्ठान दर्ता गरी लेटाङ–४ मा रहेको बसपार्क छेउको खाली जग्गामा स्तम्भ पार्क निर्माण गर्ने नगर प्रमुखकै सहमतिमा  काम सुरुवात
    गरिएको प्रतिष्ठानका एक सदस्यले बताए  । 

    लेटाङ नगरबाट १० वर्षे जनयुद्दको समयमा १६ जना लेटाङबासीले ज्यान गुमाएका छन  । ईश्वर ढुंगाना(प्रभात), हरि भट्टराई (परिवर्तन), डम्बर चेम्जोङ (अजम्बर) पुष्प भट्टराई (वादल), मेनुका चेम्जोङ (नमुना), डिल्ली पौडेल (दिलीप) लगायत शालिकसहित स्तम्भ राख्ने काम थालनी भएको थियो । सोही क्रममा पार्कमा सहिद हरि भट्टराई (परिवर्तन) को शालिक राखिएको थियो । सो शालिक नगरप्रमुख लावतीलेनै नगरप्रहरी लगाएर हटाएको र निर्माण स्थलमा तोडफोड गरेको भन्दै सहिद स्मृती प्रतिष्ठान त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ । 

    शहिद स्मृति प्रतिष्ठान लेटाङका अध्यक्ष कृष्ण लम्साल (अनन्त) ले शालिक हटाएर बहादुरी देखाएको भन्दै त्यसका परिणाम ठिक नहुने चेतावनी दिनुभएको छ । उहाँले सयौं संघसंस्थाले जग्गा अतिक्रमण गर्दा मौन रहने प्रमुख लावतीले सहिद पार्कमा गिद्धे नजर लगाएको आरोप लगाएको छ ।
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…