• मोरङ । मोरङको पथरीशनिश्चरेमा जारी ‘पथरीशनिश्चरे नगर खेलकुद महोत्सव—२०८०’को बुद्धिचाल (चेस)तर्फ तीन जनाको कडा प्रतिष्पर्धा भइरहेको छ । 
    महोत्सवमा नगरपालिकामा रहेका १०२ जना बुद्धिचाल खेलाडी सहभागी छन् । पाँचौ राउण्डको खेलमा लोकसागर साम्बा, अमिर राई र निलम बस्नेत समान ५÷५ अंकको साथ कडा प्रतिष्पर्धा गरिरहेका छन् । माइन गेम भनेर चिनिने बुद्धिचाल खेलको सम्बा र राई पूर्ब मोरङ जिल्ला च्याम्पियन हुन् । तुल्सी भण्डारी ४.५ अंकको साथ चौथो स्थानमा रहेका छन् । 
    स्वीस लिग अन्तरर्गत भइरहेको फिडे रेटिङ टुर्नामेन्ट ९ राउण्ड खेलाइने पथरीशनिश्चरे नगर खेलकुद समितिका सदस्य समेत रहेका खेलाडी लोकसागर साम्बाले बताए । साम्बासँगै प्रतिष्पर्धामा रहेका अमिर राई फ्रेण्डसिप चेस क्लवका अध्यक्ष र निलम बस्नेत सोही क्लवका पदााधिकारी हुन् । 
    प्रतियोगितामा अन्य ११ जना ४ अंकको साथ खेलिरहेका छन् । स्वीस लिग अनुसार जित्ने खेलाडीले एक र बराबरहुँदा आधा अंक जोडिने गर्दछ । पुरा राउण्ड खेल्दा सबैभन्दा बढी अंक ल्याउने प्रथम, क्रमस कम अंक ल्याउने दोस्रो, तेस्रो र बराबर भए खेल अवधिभरहुने प्रोगेशिप (बिकास)को आधारमा विजेता छनोट हुने आरबिटर (निर्णयक) डम्बर बाछना राईले बताए । प्रतियोगितामा सातौसम्म हुने खेलाडीहरुको लागि नगदसहित पुस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ । 
    त्यसैगरी महिला, अन्डर १४, विद्यालय लगायतमा पुरस्कार र प्रमाणपत्रको व्यवस्थापन गरिएको नगर खेलकुद समितिको संयोजक दीपक राईले बताए । पथरीशनिश्चरे नगरमा बार्षिक रुपमा राष्ट्रिय स्तरको प्रतियोगिता हुँदै आएको छ । 
    महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, कराँते, तेक्वान्दो र मिनि म्याराथुन गरी ७ विधामा प्रतियोगिता भइरहेको छ ।


    पाँचौ राउण्डपुस्दाको नजिता र छैटौ चरणको पेयरिङ


     

सम्वन्धित समाचार

पथरी । एभरेष्ट अंग्रेजी बोडिङ स्कुल मोरङको पथरी शनिश्चरे नगर स्तरीय अन्तर विद्यालय हिज्जे प्रतियोगितामा प्रथम…

मोरङ । नेपालमा मिस ग्लोब जितेर विश्व सुन्दरी प्रतियोगिता भिड्न जाँदै गरकी मोरङ पथरीशनिश्चरे नगरकी रिजु भट्…

मोरङ । तालिम प्राप्त कुकुरहरु प्रयोग गरेर मोरङको पथरी बजारमा अबैध लागु औषध खोजि गर्ने क्रममा एक जना पक्रा…

मोरङ । द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा मोरङको पथरीशनिश्चरेमा भएको ‘प्रथम पथरीशनिश्चरे पञ्जा …