मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भइरहेको खेलकुद महोत्सव २०८० को आज (बुधबार) भएको फुटबल खेलमा युनिटी स्पोर्टस् क्लब किर्तिपुर बिजयी भएको छ ।
राइजिङ स्टार फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै युनिटी खेलको सेमिफाइनलमा प्रवेश गरेको हो ।
युनिटीको तर्फबाट निरोज धिमाल एक्लैले २ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच खेल विजेता टिमको रोहन लिम्बू घोषित भए । लिम्बुलाई नगद २ हजार र ट्रफी प्रदान गरिएको थियो ।
पथरी शनिश्चरे नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको भोलि (बिहिबार) कल्याण र देविगन्ज एफ.सी. बीच आयोजक समितिको अध्यक्ष दीपक राईले जानकारी दिए ।