• मोरङ । मोरङको पथरीशनिश्चरे—१०, स्थित सिरिजङ्गा स्मृति धार्मिक वन भित्र निर्मित एभेङ लिम्बू परिवारले आफन्तको नाममा निर्माण गरेको सामुदायिक चमेना गृह आज (बिहिबार) हस्तान्तरण गरेको छ ।
    मोरङ उर्लाबारी नगरपालिका—९ का डीबी एभेङ लिम्बूको स्मृतिमा १० लाखको लागतमा निर्मित चमेना गृह आज हस्तान्तरण भएको हो । 
    निर्मित भवनको स्वामित्व लिदै धार्मिक वनले पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्यतामा रिवन काटेर उद्घाटन गरेको छ । 
    सिरिजङ्गा स्मृति धार्मिक वन समितिको अध्यक्ष डम्बर चोङ्वाङ लिम्बूको अध्यक्षतामा भवन उद्घाटन तथा चमेना गृह निर्माण कर्ताहरुलाई सम्मान गरेका थिए । 
    भवन उद्घाटन पश्चात नगर प्रमुख मोहन तुम्बापोले निर्माण गर्ने एभेङ लिम्बू परिवारलाई धन्यावाद दिएका थिए । सामाजिक कार्य गर्नु सम्पति भएर मात्र नहुने मन चाहिने बताएका थिए । कार्यक्रममा डा.डम्बर सङ्बाहाङफे, १० नं. वडा अध्यक्ष जीवन खतिवडा लगायतले शुभकामना दिएका थिए । 
    कार्यक्रममा किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगर अध्यक्ष विक्रम लिम्बू लगायतका अतिथिहरु उपस्थिति रहेको कार्यक्रममा चमेना गृह निर्माण गर्ने सन्चरानी एमेङ लिम्बू लगायत परिवारलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । 
    एभेङ परिवारका सन्चरानी एमेङ लिम्बू, छोराहरु राम एमेङ लिम्बू, छोरीहरु  जयकला साम्बा लिम्बू, रुपा एमेङ लिम्बू, ज्वाई मानबहादुर साम्बा लिम्बूले चमेना गृह निर्माण गरेका हुन् । 
    भवन निर्माण गर्दा लागेको खर्च विवरण धार्मिक वन लेखा समिति संयोजक धनप्रसाद लिम्बूले सार्वजनिक गरेका थिए । धार्मिक वन समिति सचिव मानप्रसाद लिम्बूले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई भोजनसमेत गराएका थिए । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…