• मोरङ । मोरङको पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८० को फुटबलतर्फको खेलमा नोजारिन युथ र सिरिजंङ्गा एफसीवीच उपाधिको लागि भिड्ने भएको छ । 
    आज (शनिबार) भएको अन्तिम सेमी फाइनल खेलमा देविगन्ज एफ.सी.लाई संघर्षपूर्ण जित निकाल्दै फाइनलमा प्रवेश गरेपछि उपाधिको लागि नोजारिन युथ र सिरिजंङ्गा एफसीवीच भिडन्त हुने भएको हो । 
    उपाधिको लागि फाइनल खेल पार्सी (माघ १५) हुने आयोजक पथरीशनिश्चरे नगर खेलकुद समितिको सदस्य सचिव नवीन खुलालले जानकारी दिए । 
    नोजारिन र देविगञ्जवीच खेल अवधिभर एक बराबर गोल भएपछि ट्राइब्रेकरको सहायतामा ३—१ गोल अन्तरले नोजारिन फाइनलमा प्रवेश गरेको हो । खेल अवधि नोजारिनको लागि निक्कै संघर्षपूर्ण रहेको थियो । पहिलो हापको १३ औं मिनेटमा नोजारिन युथ क्लवका दिजिङहाङ राईले उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । 
    त्यसपछि भने देविगञ्जले खेल अवधिभरनै नोजारिनलाई दबाबमा राखेको थियो । कैयौ पटक पोलमा ठोक्एिर त कैयौ पटक विपक्षी नोजारिनको गोल रक्षकले फर्काएको थियो । 
    दोस्रो हापको १३ मिनेटमा देविगञ्जको तर्फबाट सनम धिमालले गोल फर्काउदै बराबरीमा पु¥याएपछि खेल हेर्दा सहज जितहुने दर्शकको अनुमान थियो । 
    दोस्रो हापपछि अधिकांश समय नोजारिन तर्फको मैदानमा गोल रहेपछि गोल प्रहारले भने विपक्षी टिमको जालि चुम्न सकेन । 
    ट्राईब्रेकरमा पनि देविगञ्जका सञ्जय लिम्बूले गरेको पहिलो गोल पोलमा ठोक्किएर अनलक सावित भयो । निरोज परियार (काउली) र क्याप्टेन योगेश लिम्बूले प्रहार गरेको गोल नोजारिनका रक्षक बादल लिम्बूले फर्काएका थिए । 
    नोजारिनको तर्फबाट दिरिङहाङ राई, कमलबहादुर तामाङ र गुञ्जहाङ लिम्बूले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच नोजारिन युथ क्लबका गोल रक्षक बादल लिम्बूले प्राप्त गरेका छन् । 
    देविगञ्जको तर्फबाट मिन धिमाल, शन्तोष न्यौपाने, निरज परियार (काउली), सनम धिमाल लगायत चर्चित खेलाडीहरु मैदानमा उत्रिएका थिए । नोजारिनको तर्फबाट अभिषेक तामाङको नेतृत्वमा, दिरिङहाङ राई लगायत मैदानमा उत्रिएका थिए । 
    आजको खेलहेर्न पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, १ र २ नम्बर वडा अध्यक्षहरु भिमकुमार राई, नैना राई लगायतको उपस्थिति रहेका थिए । 
     

सम्वन्धित समाचार

मिति २०८१ साल भदौ २२ गते सम्पन्न संघीय महिला मञ्च मोरङको जिल्ला अधिवेशनद्वारा निर्वाचित कार्यसमिति ।  …

मोरङ । मोरङको पथरीशनिश्चरे वडा नं. ९, ७ र ४ मा सिंचाई गर्दै आएको शान्तिपथ सिंचाई जल उपभोक्ता संस्थाको छै…

मोरङ । पार्टी विभाजनमा आधा बढी सांसदहरुले छाडेर गएपछि कमजोर जस्तो देखिएका उपेन्द्र यादब संगठन विस्तार गर्…

पहिचानवादी संयुक्त संघर्ष समितिले ‘कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान—२०८१&r…